नेपालमा क्यासिनोको शुरुवात होटल सोल्टीमा रहेको क्यासिनो नेपालबाट भयो ।
त्यति वेलादेखि नंै नेपालीहरुका लागि प्रवेशमा बन्देज लगाएको क्यासिनोमा
राजपरिवारका ब्यक्तिहरु जाने र तिनका शक्तिका आधारमा आफ्नो पहुँच बनाएका
सिमित ब्यक्ति सहज प्रवेशको अवस्था थियो । त्यतिवेला पनि सुरक्षा निकायका
उच्च पदमा रहेका, सिधै
राजदरवारसंग पहँुच भएका र दोहोरो नागरिकता भएका
नेपालीहरु क्यासिनो जाने चलन थियो । तर जब नेपालमा ०४६ सालको परिवर्तन भयो
त्यसपछि नेपालमा अरु क्यासिनोको पनि जन्म भयो । राजनीतिक परिवर्तन संगै
राजनीतिक पार्टी सम्बद्ध ब्यक्तिहरु पनि क्यासिनो जान थाले । आफ्नो शक्तिका
भरमा राजनीतिक पार्टीका ब्यक्तिको प्रवेश र प्रशासनसम्बद्ध व्यक्तिको
प्रवेशले क्यासिनोमा नेपालीको प्रवेशलाई नजिरको रुपमा लिएर अन्य पैशावाल
व्यक्तिहरु सहज रुपमा क्यासिनो जान थाले । यति सम्म भयो– कि ०४६ साल पछि
नेपालका क्यासिनोहरुमा बिदेशी जत्तिकै नेपाली पनि जान थाले । मापदण्ड पुरा
नगरे पनि क्यासिनो अनुमति दिईन थालियो र आफ्ना कार्यकर्ता भर्ना गर्नेदेखी
कमिशनका आधारमा लाईसेन्स दिन थाले पछि नेपालमा क्यासिनोको संख्या लगभग
दर्जन पुग्यो । कर्मचारीको भर्ना प्रकृया सिधै राजनितिक दवाव र भनसुनका
आधारमा हुन थालेपछि गुणस्तरिय सेवा बिदेशीले पाउन छाडे र क्यासिनोमा खेल्न
आउने बिदेशी ग्राहकहरुले आफ्नो गन्तव्य अन्त बनाए । त्यसपछि लुकि छिपी सबै
क्यासिनोहरुले नेपालीलाई प्रवेश दिन थाले । यसैबिचमा ०६२–०६३ को आन्दोलन
भयो । यो संगै माओवादी ट्रेड युनियन गठन भए । शुरुमा माओवादी ट्रेड
युनियनले यस क्षेत्रमा मजदुरमाथि भएका बिभेद, शोषण र बिकृतिहरुमाथि एकै साथ
प्रहार ग¥यो र मजदुरका सेवा सुबिधामा व्यापक बृद्धि पनि भयो । समय बित्दै
जाँदा यसलाई आर्थिक लाभ र कार्यकर्ता भर्ति केन्द्रका रुपमा जसरी हिजो
अरुले गरेका थिए त्यसरी नै माओवादीले पनि ग¥यो । राजनीतिक शक्तिका रुपमा
क्यासिनो मजदुरले माओवादीको ट्रेड युनियनलाई राम्रो सहयोग र साथ दियो । यो
देखेर अन्य पार्टीहरुले पनि यहाँ ट्रेड युनियन बनाउन थाले । त्यो केवल
राजनितिक प्रतिषोधका लागि थियो, र बने पनि । फलस्वरुप धेरै चोटी
क्यासिनोहरुमा झडप पनि भए, जसका कारण क्यासिनोको माहौल झन बिग्रदै गयो ।
यसरी क्यासिनोमा अनुशासनहिनता बढ्न थाल्यो र व्यापार घटन थाल्यो । त्यसपछि
राजनितिको केन्द्र बिन्दु नैं क्यासिनो बन्न पुग्यो । यहा सम्म की, सदनका
भाषणमा नेताहरु क्यासिनोमाथि खनिन थाले । पर्यटन बिकाशमा महत्वपुर्ण टेवा
पु¥याउन सक्ने क्यासिनो राजनीतिक प्रतिष्ठाको बिषय बन्यो । सबै अपराध र सबै
नराम्रा कामहरु क्यासिनो तिर सोझिन थाले । दिन प्रतिदिन राजनीतीको शिकार
बनेको क्यासिनोमाथि झन् संकट त्यति वेला आयो जव पहिलो पटक बामदेव गौतम
गृहमन्त्रि भए । तीनलाई पार्टीको दवाव आयो कि क्यासिनोमा हस्तक्षेप गरियोस्
। हुन त त्यसपछिका गृहमन्त्री भिम रावले पनि क्यासिनो व्यबस्थापकहरुसंग
आर्थिक र रोजगारीका लागी प्रस्ताव राखेदेखि नैँ राजनीतिक दवावमा
क्यासिनोहरु परिसकेका थिए । त्यसपछि पनि जसो तसो चलेका क्यासिनो बामदेवका
लागी प्रतिष्ठाको बिषय बने र उनले लगातार यसमाथि प्रहार गरिरहे । आजित
बनेका क्यासिनोका सबै मजदुरले आन्दोलन शुरु गरे र सरकार क्यासिनो सञ्चालनका
लागी नियमावली बनाउन सहमत भयो । आन्दोलन फिर्ता भयो, यसपछि मजदुरमाथि
व्यबस्थापनले झेल गरे । तीनले यसलाई गम्भिर रुपमा लिनुको साटो आल टाल गर्दै
टारे र यसले हल निकाल्न सकेन । क्यासिनोमा सेवा शुल्कको अवधारणा
मजदुरहरुका लागि सकारात्मक र ब्यवस्थापनका लागि टाउको दुखाईको बिषय बन्न
पुग्यो । कारण थियो– पारदर्शी आम्दानी हुने र त्यसले उच्च पदमा काम गर्ने र
ब्यवस्थापनलाई समस्या पर्ने देखेर तथा सरकारी निकायले बेलाबेलामा लिने
आर्थिक लाभमा धक्का पुग्ने देखेर त्यसलाई दुवै पक्षले आलटाल गरि
कार्यान्वयका लागी चासो राखेनन् । यसरी क्यासिनोमा बादल मडारिन थाल्यो ।
त्यत्रो आन्दोलनका बेला बामदेव आफंै गृहमन्त्री थिए र क्यासिनो भेनस खोल्न
अनुमति व्यवसायीहरुले पाए । तत्कालका लागी संरचना र कर्मचारी तयार भईसकेका
थिए तर अनुमति पाएकोे थिएन । तत्काल त्यसलाई नखोल्न अहिलेको
ब्यवस्थापनसमक्ष मजदुरहरुले प्रस्ताव राखेका थिए । बरु त्यहाँको जनशक्ति र
पुर्वाधारलाई अन्य क्यासिनोमा लगानी गर्ने भन्ने प्रस्ताव राखिएको थियो ।
तर अहिले मजदुर राजनीतिलाई दोष दिने ब्यवस्थापकले यो कुरा मानेन् र अन्तत ः
क्यासिनो भेनसको जन्म भयो । यसरी थप मजदुरको भविष्य जोखिममा प¥यो ।
सरकारको स्पष्ट नीति नभएको क्यासिनोहरुमा अस्वस्थ प्रतिस्पर्धाले झन् भयावह
अवस्था सृजना ग¥यो । एउटा नियममा चल्नु पर्नेमा क्यासिनोपिच्छे फरक फरक
नियम र सेवासुबिधामा एकरुपता भएन । बीचमा एनआरसीमार्फत् सञ्चालित
क्यासिनोका मालिक राकेश वाधवाको व्यक्तिगत लहडले झन् संकटमा परे क्यासिनो ।
राकेश बाधवाले क्यासिनोबाट हात झिके पछि किशोर सिलवाल एक्ला क्यासिनोका
हस्ती बने तर तिनले कहिले पनि यसलाई उद्योगको रुपमा बुझ्न चाहेनन् । समय
सापेक्ष यसलाई परिमार्जन पनि गर्न चाहेनन् । अहिले फेरी बामदेव गृहमन्त्री
भए पश्चात क्यासिनोहरुका वारे सरकारी निकाय र अन्य क्षेत्रवाट पनि चासो
व्यक्त भएको छ । जुन कारणले अहिले क्यासिनोमा संकट देखा परेको छ, संकटका
कारक र यसलाई नियमन गर्ने सरकार र ब्यवसायी नंै हुन् । लगभग ४ दशक भन्दा
बढी काम गरेका कर्मचारी यस क्षेत्रमा छन् । यिनलाई सहि व्यबस्थापन गर्नु
आजको आवश्यकता हो । यिनले नेपाल सरकारलाई आफ्नो खाईपाई आएको सेवा सुबिधावाट
कर तिरेकै छन् र यिनको जागीर खाने अधिकारमा कसैले बन्देज लगाउनु न्याय
संगत हुँदैन । यसको समाधानका लागी लाईसेन्स होल्डर होटलले पहल गर्ने हो या
सरकारले सञ्चालकको सम्पत्ति जफत गरेर कर्मचारीहरुलाई ब्यबस्थापन गर्न
जिम्मा दिने हो ? यसबारेमा सबैले गम्भिर बन्नु आवश्यक छ । अहिलेको अवस्थामा
यत्तिका मजदुरहरुको रोजी रोटीसंग खेलवाड गरिनु अवश्य पनि उपयुक्त र नीति
संगत मान्न सकिन्न । अहिले बिगतलाई बिर्सैर सबै मजदुर कर्मचारी र
व्यवस्थापकले समाधानसहित सरकार समक्ष गएर वार्ता गरि निकाश निकाल्नु पर्ने
समय आएको छ । विधि र ब्यवशायको दीर्घकालिन समाधान सहित सम्वन्धित निकायसंग
चाँडोभन्दा चाँडो छलफल चलाउन ढिला गर्नु हुन्न ।
साभार : विक्ली नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !