CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » तीन फिट पानीमा डुुबेको थियो टाइटानिक

तीन फिट पानीमा डुुबेको थियो टाइटानिक

1(एजेन्सी)–डाइरेक्टर जेम्स क्यामरुनको सबैभन्दा राम्रो फिल्महरुमध्ये ‘टाइटानिक’ ले लगभग १७ वर्ष पूरा गर्न लागेको छ । यो फिल्म सन् १९९७ नोभेम्बर १ मा रिलिज भएको थियो । फिल्मले कमाईको अलावा निकै धेरै अवार्डहरु पनि संकलन गर्न सफल भएको थियो । कहिले नडुुब्ने दाबी गरिएको यो जहाज डुुबेको कथालाई आधार मानेर बनाइएको यो फिल्मको बजेट त्यहि बेलामा करिब १,२५० करोड रुपैँया थियो जबकि
यसबाट १४ हजार करोड रुपैँयाको कमाई भएको बताइन्छ ।

१५ अप्रिलबाट टाइटानिक डुुबेको १०२ वर्ष पुुगेको छ । यो जहाजसँग जोडिएको थुप्रै तथ्य यसको अवशेषबाट पत्ता लागेको छ ।
टाइटानिकका तथ्यहरु
3
१. स्टुडियो यो फिल्ममा ज्याकको भूमिकाका लागि म्याथ्युु म्याकोनाँघेलाई लिन चाहन्थे तर जेम्स क्यामरुन यो रोलको लागि लियोनार्दोे डाइक्याप्रियोलाई मनपराइ सकेका थिए ।

२. ‘रोज’ को वृद्धावस्थाको भूमिका निर्वाह गर्ने ग्लोरिया स्टोअर्ट फिल्ममा काम गर्ने एकमात्र यस्ती व्यक्ति थिइन् जो १९१२ मा पनि जिउँदै थिइन् जब टाइटानिक डुुबेको थियो ।
5
३. जुन महासागरलाई तपाईंहरुले फिल्ममा देख्नुुभयो त्यसलाई शुटिङको लागि मात्र तीन फिट गहिरो बनाइएको थियो ।

2

४. केट विन्सलेट ती कलाकारहरुमध्ये एक थिइन्, जसले पानीमा दृश्यको शुटिङको बेला वेटसूट लगाएकी थिइनन् । पछि यहि कारणले गर्दा उनलाई निमोनिया पनि भएको थियो ।

५. सन् १९१०– १२ मा टाइटानिक बनाउनका लागि लगभग ७.५ मिलियन डलर लागेको थियो जुन १९९७ मा लगभग १५० मिलियन डलरको बराबर थियो ।

६. थिएटरमा देखाइरहेका बेला भिडियोमा रिलिज भएको पहिलो फिल्म टाइटानिक नै थियो ।

43

७. फिल्ममा बूूढी रोजसँग एउटा प्यामेरियन कुकुर देखाइएको छ । वास्तविक दुर्घटनामा पनि जहाजमा तीनवटा कुकुरहरु थिए जसमध्ये एउटा प्यामेरियन नै बचेको थियो ।

८. ज्याकको स्केचबुकको सबै चित्रहरु जेम्स क्यामरुन आफैँले बनाएका थिए । यहाँसम्म कि फिल्ममा रोजको स्केच बनाइरहेको बेलामा पनि क्यामरुनको हात देखाइएको छ ।

4
7
९. फिल्ममा जब सबै कोठाहरुमा पानी भरिन्छ तब एउटा रुमको बेडमा एक वृद्ध जोडिहरु आखिरी समयमा एक–अर्काको अंगालोमा बाँधिएको देखाइएको छ । यी दुबै खासमा न्यूूयोर्कको मेसी डिपार्टमेन्ट स्टोरका मालिक इडा र इसिडोर स्ट्रस थिए जो यो वास्तविक दुर्घटनामा मारिएका थिए ।

2यो पनि पत्ता लागेको छ कि इडालाई त्यस समयमा एक लाइफबोटमा बस्नको लागि अफर गरिएको थियो जसलाई इडाले आफू आफ्नो श्रीमानसँगै जहाजमा बस्ने भन्दै अफर अस्विकार गरेकी थिइन् । फिल्म बनाउने क्रममा पनि एक दृश्य शूट गरिएको थियो । जसमा इडा भन्छिन्, ‘जसरी हामी सँगै बाँचिरहेका छौँ त्यसरी नै हामी साथमा मर्छौँ पनि ।’ यद्यपी, फिल्मको अन्तिम भर्जनमा यो सिन काटिएको थियो ।

5

१०. रोजको भूमिकाको लागि ग्वाइनेथ प्याल्ट्रो पहिलो रोजाई थिइन् ।

११. जब केट विन्सलेटलाई आफू लियोनार्दोको अगाडि नाङ्गो हुनुपर्छ भन्ने थाहा भयो तब लियोनार्दोसँगको पहिलो भेटमा नै उनी नाङ्गो भएकी थिइन् ता कि शुटिङको दौरान सहज महसुस गर्न सकून् ।

१२. फिल्मको पूरै सेट हाइड्रोलिक ज्याकमा बनाइएको थियो जसलाई ६ डिग्रीसम्म टेढो बनाउन सकिन्थ्यो ।

6

१३. टाइटानिको सेटमा लियोनार्दोको पाल्तु छेपारोमाथि ट्रक चढेको थियो तर पछि त्यसलाई उपचार गरेर ठिक बनाइएको थियो ।

१४. फिल्ममा ग्रान्ड स्टेयरकेस रुममा पानी भरिने एउटा दृश्य छ । यो दृश्यलाई शुट गर्नका लागि फिल्ममेकर्सहरुसँग केवल एक मात्र मौका थियो । किनभने यति पानीले पूरै सेटको साजसज्जा नष्ट हुने थियो ।

१५. इन्जिन रुमलाई विशाल देखाउनका लागि इन्जिन रुमको दृश्यमा काम गर्ने स्टंटम्यान केवल ५ फुट अग्ला राखिएका थिए ।

7

१६. फिल्मको नाम पहिला ‘टाइटानिक’ को सट्टा ‘प्लानेट आइस’ राखिएको थियो ।

१७. फिल्मको पूरै स्क्रिप्ट लेखिसकेपछि जेम्स क्यामरुनलाई टाइटानिकमा वास्तविक रुपमा जे. डसन नामको व्यक्ति मरेका थिए भन्ने थाहा भयो ।

१८. शुुटिङमा जहाजको साज सज्जाको सबै सामान ‘वाइट स्टार लाइन’ कम्पनीका मानिसहरुको रेखदेखमा थियो । यो त्यहि कम्पनी थियो जसले वास्तविक रुपमा नै टाइटानिकको निर्माण र त्यसको रेखदेख गरेको थियो ।

8

१९. फिल्ममा जहाज डुबिसकेपछि रोजले जुन काठको फ्ल्याकको साहारा लिएकी थिइन्, त्यो त्यस्तै एक असली कलाकृतिको हिस्सा थियो जुन वास्तविक दुर्घटना पछि भेट्टाइयो र त्यसलाई अहिले पनि नोवा स्कटियाको हेलिफिक्सस्थित ‘मेरीटाइम म्युजियम अफ द एट्लान्टिक’ मा समावेश गरिएको छ ।

२०. फिल्ममा रोजको तस्बिर बनाउनुुभन्दा पहिले ज्याक भन्छन्, ‘लाई अन द्याट बेड, वो…आई मिन काउच’ । वास्तवमा स्क्रिप्टका अनुसार उनलाई भन्नु थियो, ‘लाई वन द्याट काउच’, तर क्यामरुनलाई लियोनार्दोको यो गल्ती यति धेरै मनपर्यो कि यहि शटलाई ओके गरे ।

9

२१. जेम्स क्यामरुन फिल्ममा कुनै पनि गीत राख्न चाँहदैन थे । यद्यपी, पछि फिल्मको गीत ‘माई हार्ट विल गो अन’ सधैँको लागि सम्झिने खालको भयो । यो गीतलाई गायिका सिलोन डियोनले गाएकी थिइन् ।

२२. थिएटरमा यो फिल्म यति चल्यो कि यसको रिल पूरै घस्रियो । पछि प्यारामाउन्ट पिक्चर्सले अर्को रिल पठाउनुपर्यो ।

२३. जेम्स क्यामरुनद्वारा निर्देशित ‘टाइटानिक’ पहिलो यस्तो फिल्म हो जसमा परमाणु हतियारको प्रयोग कहिँ कतै गरिएको थिएन ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis