यात्रुवाहक डुँगा दुर्घटनापछि भैरहेको सरकारको चर्को आलोचनाकामाझ दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजीनामा दिएका छन्।
अप्रिल १६ तारीखमा ४ सय ७६ जना चढेको सिवोल नामक डुँगा दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा पल्टिएको थियो। एउटा टापुमा छुट्टी मनाउन गइरहेका शिक्षक र विद्यार्थीहरु समेत चढेको उक्त डुँगाको भग्नावशेषबाट गोताखोरहरुले १ सय ८३ वटा शवहरु निकालेका छन्।
हराइरहेका दर्जनौं अरुहरुको खोजीका लागि थप केही हप्ता लाग्ने तट रक्षक सेवाका अधिकारकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
सालिन रुपमा प्रस्तुत भएका प्रधामन्त्री जंगले एउटा संक्षिप्त घोषणा गर्दै भने, “म पहिले नै राजीनामा गर्न चाहन्थे तर परिस्थितिलाई काबुमा लिनु मेरो पहिलो प्राथमिक्ता थियो र त्यसरी छाड्नु अघि सहयोग गरेर जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने मलाई लाग्यो।”
उनले प्रशासन संयन्त्रको थप बोझ नबन्न आफूले राजीनामा दिने निर्णय गरेको बताए।
साभार : सेतोपाटी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !