CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » भ्रष्टाचारीको दोहोलो

भ्रष्टाचारीको दोहोलो

'सरुवा, बढुवा वा अरू कुनै काम गराउन नोटका बन्डल बि्रफकेसमा कोचेर कुनै कर्मचारी मकहाँ आयो भने त्यही बि्रफकेसले हानेर त्यसको टाउको फुटाइदिन्छु।' हाम्रा सामान्य प्रशासन मन्त्रीज्यूको असामान्य अठोट हो यो। त्यस्ता कर्मचारीको टाउको फुटाउँदा कुनै मानव अधिकारवादी आफूसँग झगडा गर्न नआओस् भनेर पनि उनले अगि्रम चेतावनी दिएका छन्। मानव अधिकारकर्मीलाई मात्र होइन, उनले फौजदारी कानुनलाई पनि कडा चुनौती खडा गरेका छन्। कदाचित् त्यसरी बि्रफकेसले हान्दा टाउको फुटेर त्यो कर्मचारी ठहरै भयो भने प्रहरीले मन्त्रीलाई
हतकडी सोझ्याउन पाउँछ त ? पाउँदैन।

उहिले पृथ्वीनारायण शाहले घूस खाने र खुवाउने दुवै राष्ट्रका शत्रु हुन्, तिनीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्नू भन्ने आदेश जारी गरेका थिए रे। कानुन अनुसार कारबाही गर्ने त्यो त सामन्ती युगको कुरा थियो। अबको कुरा बेग्लै। प्रजातन्त्र, लोकतन्त्र हुँदै हामी गणतन्त्रमा पुगिसक्यौँ। त्यसैले हामीले त्यो सामन्ती युगलाई उछिनेर मध्ययुगतिरका बर्बर मौखिक कानुनहरूको अनुसरण गर्नैपर्छ, नत्र भ्रष्टाचार समाप्त हुँदैन।

घूस खुवाउने फटाहाले बि्रफकेसको सट्टा झोलामा नगद बोकेर आयो अथवा चेक बोकेर आयो अथवा बैंक खातामा पैसा जम्मा गरििदयो भने त लालबाबुका बाबुको पनि के लाग्ला र ? तर, प्लास्टिकको कडा खालको बि्रफकेसमा नोट बोकेर मन्त्रीज्यूका अगाडि आयो भने त्यसको चाहिँ दोहोलो हुने भयो। लौ अब कुनै दुस्साहसी राष्ट्रसेवक सरुवा वा बढुवा माग्दै बि्रफकेस बोकेर पण्डितजीकहाँ जाओस् त ?

केही वर्षअघि एक जना मन्त्रीले कर्मचारीलाई शौचालयमा थुनेर सजाय दिएका थिए। हाम्रा वर्तमान मन्त्रीज्यूले पनि उनको पदचापलाई पछ्याउँदै भ्रष्टाचार न्यूनीकरणका नयाँ नयाँ आइडियाहरू अविष्कार गररिहेका छन्। मन्त्रीज्यूले यस्ता मौलिक र दिव्य कानुनहरू अझै धेरै बनाउनुपर्छ। भ्रष्टाचारलाई शून्य बनाउनुपर्छ। भ्रष्ट राष्ट्रसेवकहरूलाई खोलामा बगाउने, टाउको फुटाउने घोषणाहरू उनले गरसिके। अब यसपछिका गोष्ठी एवं कार्यक्रमहरूमा मन्त्रीले के भनेर तहल्का मच्चाउने त ? त्यसका लागि अझै जोडदार र गणतान्त्रिक दण्ड विधिहरू सुझावका लागि प्रस्तुत छन्।

ट्वाइलेटमा थुन्दा, खोलामा बगाउँदा वा टाउको फुटाउँदा पनि भ्रष्टाचारीहरूले बि्रफकेस बोकेर शक्तिकेन्द्रमा दाँत ङच्ियाउन छाडेनन् भने तिनीहरूका दाँत फुकालेर हातमा राखिदिने, बंगारा झारेर पातमा राखिदिने। तिनीहरूको जिब्रो काटिदिने, ढुंगाले हानेर ढाड खुस्काइदिने, घुँडा फुकालिदिने, कपालमा समातेर उचाल्दै पछार्दै गर्ने, गाला चड्काउने, कान उखेल्ने। तैपनि, टेरेन भने कालो मोसो दलेर ठेला गाडामा नगर परत्रिmमा गराउने। दिसा कोच्याउने।

त्यति गर्दा पनि भएन भने टुप्पीमा समातेर ढुंगामा टाउको ठोक्काउने, निधारमा हम्मरले हान्ने, नाक भाँचिदिने, मुंग्राले हानेर करङ खुस्काइदिने, चिर्पटले हिर्काएर ठाउँका ठाउँ खुत्रुक्कै पार्ने, पुल्ठो बालेर पछाडिपट्ट िझोसिदिने, तिघ्राको मासु हँसियाले तासिदिने।

मन्त्रीज्यूले भनेजस्तै भ्रष्टाचारीहरू साह्रै ज्याद्रा हुन्छन्। तिनीहरूलाई अझै कडा दण्ड दिनुपर्‍यो भने कराइमा तेल उमालेर डुबाइदिने। भुत्ते चुलेसीले रेटेर दुई फ्याक पारििदने। काँडाले जीउ कोतरेर खुर्सानी र अमिलो दल्ने। त्यति गर्दा पनि भएन भने खाडल खनेर जिउँदै पुरििदने।

अर्थोक केे के गर्दा भ्रष्टाचार समाप्त हुन्छ, तपाईं पनि केही लोकतान्त्रिक उपायहरू बताइदिनूस् न मन्त्रीज्यूलाई। मैले मात्रै कति बुद्धि लडाउनु !
साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis