CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पैसा ए पैसा : कसरि हुन्छ पैसा , के पैसा

पैसा ए पैसा : कसरि हुन्छ पैसा , के पैसा


हिजोआज पैसाको महत्व निकै बढेको छ। जीवन चलाउनका लागि आधारभूत आवश्यकता बनेको पैसाबिना मानवका व्यावहारिक सम्बन्धहरू पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपले प्रभावित हुन्छन्। वैवाहिक सम्बन्ध पनि पैसासित धेरै हदसम्म निर्भर रहने सम्बन्ध हो जुन मानवको जीवनभरि रहन्छ। आर्थिक पक्षले श्रीमान्-श्रीमती तथा पारिवारिक सम्बन्धलाई निकै प्रभावित गर्छ। प्रेम हाम्रो वैवाहिक सम्बन्धलाई सुमधुर
बनाउने कुची हो भने पारिवारिक वातावरण सुखमय बनाउन पैसा तथा त्यसको समुचित व्यवस्थापन निकै आवश्यक छ। फिल्मी जीवनमा जस्तो केही समयमै जीवनमा ठूलो परिवर्तन आउनु असम्भवप्राय: छ तर श्रीमान्-श्रीमतीले लगनशील भएर दिनरात परिश्रम गरे आर्थिक पक्षबाट पनि सुखी बन्न सकिन्छ। आफ्नो आर्थिक स्थितिको आँकलन, परिवारको खर्च कटौती, शारीरिक तथा मानसिक आँकलन, क्षमताको मूल्यांकन, समुचित बजेट निर्माण आदि आर्थिक व्यवस्थापनका महत्वपूर्ण कडी हुन्। यसका साथै श्रीमान्-श्रीमती मानसिक रूपबाट पनि परिपक्व हुनु नितान्त आवश्यक छ। उनीहरूले दिगो सम्बन्धका लागि आवश्यकता तथा विलासिताबीचको अन्तर छुट्याउन सक्नुपर्छ।



अनिवार्य खर्च : आवश्यकताअन्तर्गत लिइने खर्चलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ। जस्तै भाडा तिर्नु, बालबालिकाको फिस तिर्नु, धितो राखिएको कुनै सामान निखन्नु, इन्स्योरेन्सको किस्ता तिर्नु, अटो लोनको किस्ता भुक्तानी गर्नु आदिलाई सधैं प्राथमिकतामा राख्नुपर्छ। यसका अतिरिक्त आफ्ना आधारभूत आवश्यकता खाना, नाना, वासस्थान, शिक्षा आदिलाई पनि विशेष प्राथमिकतामा राख्नुपर्छ। परिवारमा ३० हजार आय छ भने सानो परिवारलाई आफ्नो आवश्यकता पूरा गर्न कम्तीमा १८ हजार रूपैंयाँ खर्च आवश्यक हुन्छ। यस्तो स्थितिमा १२ हजार अन्य आवश्यकता तथा विलासितामा खर्च गर्न सकिन्छ। आवश्यक भनी छुट्याइएको खर्चमध्ये कुनै-कुनै घटाएर पनि आफ्नो त्यो महिना चलाउन सकिन्छ। आर्थिक स्थिति कुनै महिना नराम्रो छ भने त्यो महिना फिल्म, क्लब, रेस्टुराँ, मोजमस्ती तथा कुनै नयाँ सामान जोड्ने गल्ती गर्नु हुँदैन। विलासिताअन्तर्गत महँगा उपहार खरिद तथा विदेश भ्रमणलाई पनि स्थगित गर्नुपर्छ।



साझेदारीको दर्जा : विवाह एउटा रोमाञ्चक गठबन्धन हो। यो गठबन्धनलाई आर्थिक रूपले रमाइलो बनाउन सके जीवन रमाइलो गरी बित्छ। पत्रपत्रिकामा हरेक दिन विभिन्न लगानीका विज्ञापन आउँछन्। सुरुमा हेर्दा त्यसका लागि लिइएको ऋण सजिलै तिर्न सकिन्छ जस्तो देखिन्छ तर जब ब्याजको दरमा पेनाल्टी लाग्दै जान्छ तब समस्या जटिल हुनपुग्छ। यसले जीवनमा आर्थिक संकट ल्याउन सक्छ। त्यसैले विवाहपछि श्रीमान्-श्रीमतीले समझदारीपूर्वक काम लिनुपर्छ। निर्णय दुवैको राय-सल्लाहमा लिनुपर्छ। पैसाका बारेमा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :



पकेट खर्च निर्धारण : श्रीमान्-श्रीमती दुवैले आफ्नो पकेट खर्च निर्धारण गर्नुपर्छ। यसले आपसी विवाद तथा तनाव कम गर्छ।



गोपनीयता शेयर गर्ने : विवाह पहिले शिक्षा तथा जागिरको सिलसिलामा संघसंस्था तथा बैंकमा कुनै ऋण लिइएको भए दुवैलाई थाहा हुनुपर्छ। यसलाई आफ्नो विवाहमा जम्मा भएको रकमबाट पनि चुक्ता गर्न सकिन्छ।



आपत्कालीन बचत : भविष्यको लेखाजोखा कसैले गर्न सक्दैन। भविष्यमा आउन सक्ने भवितव्यका लागि केही रकम बचत गरेर राख्नुपर्छ। बिरामी, दुर्घटना वा कसैको मृत्युले आर्थिक संकट निम्त्याउन सक्छ। यस्तो अवस्थाका लागि केही रकम बचत

गरेर राख्नुपर्छ।



जीवन बीमा : समयमै आर्थिक स्थितिमा सुधार ल्याउन तथा त्यसलाई व्यवस्थित गर्न श्रीमान्-श्रीमतीले जीवन बीमा गराउनुपर्छ। किनभने दम्पतीमध्येबाट कसैको मृत्यृु हुन सक्छ। त्यस्तो भए जीवन बीमाले जीवनसाथीलाई निकै सहयोग गर्छ।
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis