CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » फेसबुककी साथी ‘स्वास्नी हुँ’ भन्दै घरमै आई ....

फेसबुककी साथी ‘स्वास्नी हुँ’ भन्दै घरमै आई ....

काठमाण्डौ । फेसबुकमा राम्रो अनुहार परेकी केटी देख्नासाथ साथी बनाउने र च्याट गर्न तम्सिइहाल्ने युवाहरु धेरै छन् । च्याट त हो नी भन्दै सुरु गरेको मित्रता कतिपयले बिहेमै परिणत पनि गरेका छन् ।
राजीखुसीले भए त ठिकै हो, तर तपाईले एकदुईपटक च्याट गरेकी यस्तै फेसबुक साथी तिम्री पत्नी हुँ भन्दै घरमै पुगे के गर्ने ?
यस्तै परिबन्दमा परेका छन धनकुटाका हेमकर्ण कोइराला । चार
बर्षअघि रोजगारीका शिलशिलामा कतार पुगेका बैनाबुधुक-८ धनकुटाका हेमकर्ण अहिले सामाजिक फन्दामा परेका छन् । चार महिनाअघि फेसबुकमा भेटिएकी २२ बषिर्या सविता अधिकारी आफू कोइरालाको पत्नी भएको दावी गर्दै उनको घर आएर बसेपछि हेमकर्ण अनौठो संकटमा परेको मंगलबारको नागरिक दैनिकले छापेको छ ।
काठमाण्डौमा टेम्पो चालक रहेकी अधिकारीले कोइरालासँग फेसबुकबाटै लभ परेको र आफुलाई पत्नी बनाउने आश्वासन दिएको दावी गरेकी छिन् । पछिल्लो समय कोइराला बेपत्ता भएकाले सोधखोज गर्दै उनको घरमै आइपुगेको अधिकारीको भनाई छ । महिलाहरुको भावनामा खेलवाड गरेको भन्दै उनले श्रीमती नबनाएसम्म घर नफर्किने अडान लिइरहेकी छिन् । कोइरालाले बाचाअनुसार सिन्दुर नहालेसम्म आफ्नो ठेगानासमेत नबताउने अड्डी लिएकी छिन् ।
सविताले धनकुटा प्रहरी र मानवअधिकारकर्मीलाई सुनाइरहँदा तीन दिन अघिमात्र घर आइपुगेका हेमकर्ण सवितासँग लभ नपरेको र बिहे गर्छु भनेर आश्वासन पनि नदिएको दावी गर्दै थिए । आफु कतारमा रहँदै सविता नामकी केटी घर आएर बसेको थाहा पाएपछि हतार हतार फर्किएको बताए । हेमकर्णले भने- मैले बिहे गर्ने कुरा त परै जाओस्, चिनेको समेत छैन । अनि कसरी श्रीमती बनाउनू ?’
फेसबुकमा सविताले नै रिक्वेष्ट पठाएको र सामान्य परिचयमात्र भएको हेमकर्ण बताउँछन् । आफु र आफ्नो परिवारलाई बदनाम गर्न मात्र सबिताले यस्तो हर्कत गरेको कोइरालाले बताए ।
हेमकर्णले श्रीमतीका रुपमा स्वीकार नगरेपछि उनले सदरमुकाम आएर प्रहरी र मानवअधिकारकर्मी गुहारेकी छिन् । महिला मानवअधिकार संजालले सोमबार कोइरालाको परिवारलाई बोलाएर छलफलसमेत गर्‍यो । हेमकर्णका दाजु टीकाले महिलाले सबिताको पक्ष लिएर झुक्काउन खोजेको गुनासो गरे । अहिले सबिता मानवअधिकार संजालको संरक्षणमा छिन् ।

Share this article :

1 comment:

  1. Baccarat | Live dealer games - FEBCASINO.COM
    Online Baccarat - Live 제왕 카지노 Dealer Games, Live Betting, and more! Join FEBCASINO today for a chance to play your favorite 온카지노 casino games and win 바카라 big in free

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis