CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कोहिनुरलाई साढे पाँच करोड

कोहिनुरलाई साढे पाँच करोड

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरलाई दर्शकले कति धेरै माया गरेछन् भने रिलिजको तीन साता बित्नै लाग्दा पनि व्यापार ओरालो लागेको छैन। झन्डै साढे पाँच करोड रुपियाँ संकलन गरेर यसले नेपाली फिल्मको इतिहासमा सर्वाधिक सफल सिनेमाको रेकर्ड बनाइसकेको छ। मोफसलका हलमा माग अझ बढेको वितरकहरू बताउँछन्। कोहिनुरप्रतिको यो क्रेज रििलजका क्रममा रहेका फिल्म निर्मातालाई भने टाउको दुखाइको विषय बनेको छ। यही फिल्मका कारण अन्तिम समयमा सम्बोधनको रििलज रोकियो, ६ भदौमा रििलज भएका दुई फिल्म ठूली र ताण्डवको व्यापार कमजोर रह्यो। १३ भदौमा रििलज भएको प्रतीक्षित फिल्म उत्सवलाई पनि कोहिनुरले सताएको छ। कतिसम्म भने यही फिल्मको बढ्दो लोकपि्रयताका कारण २० भदौमा रििलज
हुने तयारीमा रहेका दुई फिल्म बिर्खेलाई चिन्छस् र स्टुपिड मनका निर्माताहरू क्रमशः सुवास थापा र नीरज बराल पनि द्विविधामा परेका छन्। कोहिनुरको दबदबा कायमै रहेकाले हल नपाउने र पाएका हलमा पनि दर्शकको खडेरी हुने सम्भावना भएकाले दुवै निर्माता फिल्म रििलज गर्ने कि नगर्ने अलमलमा छन्। साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis