अहिले संसारमा इबोला भाइरसको आतंक छ। विकसित राष्ट्रहरूसमेत यसबाट त्रस्त छन्। तिनीहरू इबोलाबाट आतंकित हुनु स्वाभाविकै हो किनभने विकसित राष्ट्रका जनता साह्रै नाजुक हुन्छन्। गतिलो खानै पाउँदैनन्। तिनीहरू भाइरस त के भुसुना र भँगेरासँग पनि डराउँछन्। तर, हामी वीर नेपाली जाति त्यस्ता इबोला सिबोलासँग डराउँदैनाँै। सञ्चारमाध्यमले इबोलाबारे डरलाग्दा समाचार प्रसार गरेकाले मात्रै हामीले कान ठड्याएका हौँ। हामी समाचारले चलमलाएका हौँ, इबोलाले होइन।
हामीलाई जगाउने, उठाउने वा कुदाउने कुनै महामारी, घटना, दुर्घटना वा समस्याले होइन, समाचारले हो। देशमा बाढीपहिरोको प्रकोप छ भनेर सञ्चारमाध्यमले हल्ला गरेपछि हामी हिजोआज निकै दौडधूपमा छौँ। सरकार, मन्त्री, नेता, एनजीओ, आईएनजीओ सबै अहिले प्रकोप पीडितहरूको उद्धारमा खटिएका छौँ। समाचारमा आफ्नो नाम उद्धारक वा समाजसेवीमा छपाउन तँछाड-मछाड गररिहेका छौँ। समाचारमा बाढीपहिरो आउन छाड्छ अनि हामी सुनकोसीको नयाँ तालमा डुंगा चलाउन थाल्नेछौँ।
तरकारीमा अत्यधिक विषको प्रयोग भन्ने समाचार दुई-चार वर्ष बिराएर आइरहन्छ। भर्खरै पनि आयो। समाचार आएपछि हामी छानेर तरकारी खान थाल्छौँ। विक्रेताहरू पनि डराई डराई बेच्छन्। सरकारी निकायहरू पनि ताहुर र माहुर गर्दै गौँडा ढुक्न थाल्छन्। अबचाहिँ सधैँका लागि विषालु तरकारी खान नपाइने भयो भन्ठान्यो, समाचार आउन छाडेपछि जस्ताको तस्तै।
इबोला भाइरसको कुरा पनि त्यस्तै। सञ्चारमाध्यमले हल्ला गरुन्जेल सरकारका निकायहरू अपि|mकै पुगेर इबोलाको सातो खालान् झैँ गर्छन्, समाचार आउन छाडेपछि सिरक ओढेर सुत्छन्।
हामी जनता पनि के कम, मजाले सुतिदिन्छौँ। समाचारमै इबोला बन्द भएपछि हामी किन डराउने ? बर्ड फ्लु, स्वाइन फ्लु, इबोलाजस्त्ाा महामारीबाट हामी त प्रुफ। कहीँकतैबाट त्यो इबोला भन्ने आतंक हाम्रो राजधानीम्ाा छिरहिाल्यो भने पनि बाँच्ने होइन। उपत्यकाको चर्को धूवाँ, धूलो, हिलो र दुर्गन्धले त्यसको घाँटी अँठ्याएर सिध्याउनेछ। हाम्रो शरीरमा छिर्न खोज्यो भने रगतमा पुग्न नपाउँदै ठहरै।
हामीले उहिल्यैदेखि भुँडीमा हुल्ने गरेका अनेक खाद्य तथा अखाद्य पदार्थका प्रभावले हामी प्राकृतिक रूपमै भाइरस प्रुफ छौँ। जन्मैदेखि विष हालेका तरकारी, फलफूल र अन्नपात खाएर हामी विष नलाग्ने भएका छौँ। हामी म्याद नाघेका, ढुसी परेका वा एउटा रोग लाग्दा अर्कै रोगको औषधी खाएर र नक्कली डाक्टरहरूसँग उपचार गराएर आश्चर्यजनक ढंगले बाँचेका जाति। हामीले जुत्ता, मोजा र आन्द्राभुँडीबाट बनेको मदिरा पनि पचाएका छौँ। ढल मिसिएको खानेपानी हाम्रो परम्परागत पेय पदार्थ। सरकारले यी सबै कुराको संरक्षण र व्यवस्थापन गरेर यस्त्ाा बलिया जनता निर्माण गरेको छ, कुनै महामारीले छुनै सक्दैन।
त्यसैले सरकार, दल वा नेताहरूले यस्ता सानातिना महामारीको चिन्ता गरेर समय नष्ट गर्नुभन्दा आफ्ना नियमित कार्यमा लाग्नु राम्रो हुन्छ। जस्तै ः सभासद्, राजदूत, महाप्रबन्धक, आयुक्त, न्यायाधीशलगायत धेरै ठाउँका धेरै मालदार पदहरू खाली छन्। त्यसमा भागबन्डा गर्न गाँड कोराकोर गरे हुन्छ। झाडापखाला, फ्लु, इबोलाजस्ता फोहरी रोगव्याधका पछि लागेर सरकारले टाउको दुखाउनु पर्दैन। संविधान बनाउने काममा व्यस्त छौँ भन्दा पनि हामी पत्याइहाल्छौँ क्यारे!
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !