CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मोबाइलमा युवतीसित गफ गर्ने प्रस्ताव आयो? सावधान ! फंस्नु होला है ...

मोबाइलमा युवतीसित गफ गर्ने प्रस्ताव आयो? सावधान ! फंस्नु होला है ...

aa
विगत केही दिनदेखि नेपाल टेलिकमका मोबाइलहरुमा यस्ता एसएमएसहरु आइरहेका छन्-
“002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
“आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!”
“आफ्नो बाँकी मनलाई भेट्नुहोस्।”
“अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्!”
सावधान, झुक्किएर पनि ती नम्बरमा फोन नगर्नुहोस्। कसले
गरिरहेको छ यस्तो मेसेज? किन आउँदैछ यस्ता मेसेज? कसरी रोक्न सकिन्छ यसलाई? नेपाल टेलिकम यस्तो भन्छ-

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +2431330761 वा यस्तै नम्बरबाट विभिन्न प्रकारका SMS आएको पाइएको छ। कम्पनीले यो Fake SMS भएको जानकारी दिइसकेको छ।
यो नेपाल टेलिकम तथा टेलिकमको Value Added Service Provider को सेवासँग सम्बन्धित छैन। यो नम्बरमा झुक्किएर पनि कल नगर्नु होला।
कम्पनी यस किसिमका Fake SMS नियन्त्रणमा लागेको छ। यदि तपाइँ वा तपाइँको साथीको कुनै नम्बरमा यस्तो SMS आएको छ भने SMS आएको उक्त नम्बर हामीलाई ntc.news@ntc.net.np मा Mail गरी जानकारी दिनुहुन अनुरोध छ। Fake SMS आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ। - साभार : माई संसार 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis