CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » आयल निगमका तीन हाकिमको धन्दा नै असुली

आयल निगमका तीन हाकिमको धन्दा नै असुली

काठमाडौं। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको एक सातासम्म मूल्य नघटाई करोडौं रुपैयाँ अनियमितता गरेको भेद खुलेको छ। स्वचालित मूल्य प्रणाली कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट र उनका निकट दुई निर्देशकका लागि कमाइको दह्रो स्रोत भएको निगम स्रोतले बतायो। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेको एक हप्तापछि मात्र निगमले नेपालमा तेलको भाउ घटाएको निगम
स्रोतले बतायो। स्रँेतका अनुसार, तेलको भाउ नघटाउँदा दैनिक एक करोड रुपैयाँ कमिसन आयल निगमलाई प्राप्त भएको र सो कमिसन कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट, अर्थ, प्रशासन तथा प्रवक्ता तीनवटै जिम्मेवारी सम्हालेका मुकुन्द घिमिरे, बितरण विभाग प्रमुख वीरेन्द्र गोइतले भागशान्ति गर्ने गरेको आरोप कर्मचारीहरूकै रहेको छ। कार्यकारी निर्देशक भट्टले दुई महिनाअघि मात्र मुकुन्द घिमिरेलाई प्रशासन प्रमुखको जिम्मेवारीबाट अलग गरेका थिए। तर, आफैंले अक्षम भनेर जिम्मेवारीबाट हटाएका घिमिरेलाई उनले पुनः सोही जिम्मेवारी दिएका छन्। उद्योग मन्त्रालयको खानी विभागको उपसचिवबाट निगमको कार्यकारी निर्देशक भएका केमिकल इन्जीनीयर भट्टले विशाल ओझालाई आन्तरिक लेखापरीक्षणमा फालेर पुनः घिमिरेलाई ल्याएको आरोप छ । निगमका कसैलाई एउटै पनि जिम्मेवारी दिइएको छैन भने घिमिरेलाई चाहिं अर्थ, प्रशासन र प्रवक्ता तीन वटा जिम्मेवारी दिइएको छ। थानकोट, अमलेखगंज, बिराटनगर जस्ता आयल निगमका कुबेत भनेर चिनिने डिपोका प्रमुख भइसकेका हुन् घिमिरे। उनी अहिले निगममा छायाँ एमडीका रुपमा चिनिन्छन्। निगममा अकूत सम्पत्ति आर्जन गर्ने घिमिरेको सम्पत्तिका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जानुपर्ने निगमका कर्मचारीहरू बताउँछन्। घिमिरेभन्दा बरिष्ठ रविन शर्मा, दिनेश यादव, सीताराम पोखरेललाई निगमबाट बाहिरका डिपोमा पठाएर केन्द्रमा कार्यकारी निर्देशक भट्ट, घिमिरे र गोइतको तीन सदस्यीय टोलीको धनार्जनमा हालीमुहाली चल्दैआएको समाचार छ। निगममा उज्ज्वल भविष्य बोकेका इन्जीनीयर सुशील भट्टराईलाई अख्तियारले निलम्बन गरेपछि तीनजनाको बोलवाला चल्नेगरेको छ। कुनै पनि समस्यासंग जुध्न र सामना गर्न नसक्ने कार्यकारी निर्देशक भट्ट कार्यालय समयमा कहिल्यै अफिसमा नबस्ने अनेक बहानामा नआउने र कार्यालय समय सकिएपछि निगममा आउने गरेको रहस्य कर्मचारीहरूले खोज्दैछन्। बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष नारायणगोपाल मलेगो तथा सहसचिव तथा बोर्ड सदस्य दीपक सुवेदीले निगमको अनियमिततामा चासो नदिएको गुनासो कर्मचारीको छ। स्वचालित मूल्यको कमिसन सचिव मलेगो र सहसचिव सुवेदीसम्म पुगेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा नघटाइएको चर्चा पनि निगममा हुने गरेको छ।
– साँघु संवाददाता
source :http://sanghu.weeklynepal.com/2014/11/11/article-item41415696510/
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis