CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बबरमहल दुर्घटना : कारण पत्ता लाग्यो

बबरमहल दुर्घटना : कारण पत्ता लाग्यो

काठमाडौँ : बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतअगाडि बस पल्टिएर तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटना हुुनुको कारण चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा हाँक्नु रहेको निश्कर्ष प्रहरी अनुसन्धानले निकालेको छ।


गएको असोज २७ गते धुलिखेलबाट काठमाडौँ आउँदै गरेको बा१ख ८६७७ नम्बरको मिनिबस पल्टिँदा बा ६२ प ३६९८, बा ३६ प २३७६, बा ३७ प ७६३, बा ५६ प ३५३८ नम्बरका मोटरसाइकल पनि किचिएका थिए।  मृत्यु हुने मोटरसाइकलमा सवारहरु थिए। 

घटनालगत्तै फरार रहेका बसका चालक चन्द्रबहादुर तामाङलाई भोलिपल्ट प्रहरीले हिरासतमा राखेको थियो।

घटनाबारे प्रहरीले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिसकेको छ।

मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाइरहेको बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको भन्दै चालकको लापरवाहीलाई घटनाको कारणका रुपमा अभियोग लगाइएको छ। 

अभियोग पत्रमा चालक तामाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र दफा १६२(१) अनुरूप१० वर्षको जेल सजायको मागदाबी गरिएको छ। 

सो दफामा लापरबाहीले ज्यान गएको अवस्थामा दुईदेखि अधिकतम १० वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ।

घटनामा आठ जना घाइते भएका थिए। 

दुर्घटनामा मृत्यु हुनेमा महाबौद्धमा जुत्ता व्यापार गर्दै आएका महोत्तरीका तिलकप्रसाद गौतम र उनका भाइ रुद्रप्रसाद गौतम थिए। उनीहरु पसल बन्द गरेर कोटेश्वरस्थित डेरा फर्कँदै थिए। त्यस्तै मृत्यु हुने अर्का बारा घर भएका मकडल मिया ठकुरायन थिइन्। 

साभार : पहिलो पोस्ट 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis