CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » पारसले फेसबुक मा यस्तो लेखे

पारसले फेसबुक मा यस्तो लेखे

काठमाडौँ : लागू पदार्थसहित बैँककमा चौथो पटक पक्राउ परेका  पूर्व युवराज पारस शाहले आफूलाई आफ्नै महिला साथीले पक्राउ गराएको बताएका छन्।

मंगलबार शेख अन्दाजको सेल्फी पोस्ट गर्नुअघि उनले फेसबुकमा पोस्ट गरेको लामो स्टाटसमा भनेका छन्,  साथीहरुले बुझ्नुपर्छ, म मूर्ख होइन, यो खेल खेल्न मसँग मुटु छ। परिवार र राष्ट्रको लागि म आफ्नो
जीवनलाई दाउमा राख्दैछु।
अंग्रेजीका लेखिएको सो लामो स्टाटसको नेपाली भावानुवाद
 मलाई लाग्छ मैले पछिल्लोपटक फेसबुकमा सेप्टेम्बर १४ मा पोष्ट गरेको थिएँ । त्यसपछि के भयो, के चक्कर चल्यो, मेरो परिवार, साथी सबैले पत्याउनै मुस्किल छ । पछिल्लो दुई महिनादेखि लागूपदार्थको हिंसात्मक शृङ्खला चले । एक पछि अर्को गिरफ्तारी, जेल, दण्ड, गणना गर्न नसकिने यस्तै शृङ्खलाहरु ।

यदि तपाइँले सम्झनुभयो भने, मैले सम्झेको छु, म कुन खेल खेल्दैछु भन्ने बताएको थिएँ, र यो दोस्रो पटक मैले यो खेल खेल्नु पर्‍यो। पछिल्लो पटक मैले खेलेको खेल हारें, र मैले मूल्य चुकाएँ। मेरो जीवनसँग, मलाई विश्वास छ, तपाइँले फेसबुकमा लेखेको यो सबै सम्झिरहनुभएको छ।

यदि म गलत छैन भनें, यो सेप्टेम्बर ११ को घट्ना हो। मैले त्यतिबेला भनेको थिएँ, मेरा साथीहरु मलाई अक्टोबर ६ सम्म सहन गर्नुस्, जुन मेरो अदालतको तारेखको दिन थियो। मैले सबैलाई भनेको थिएँ, समयले सबै बताउनेछ।

सेप्टेम्बरको मध्यदेखि अन्तिमसम्म मेरी बहिनी र मेरो नजिकको साथी यहीँ थियौं, उनीहरु घर गए, उनीहरुसँगै थाइल्याण्डमा बस्ने धेरै नेपाली आफ्नो देशको महत्वपूर्ण चाड मनाउन गए।

मैले गुनासो गरेको होइन, सबै दशैंका लागि आफ्नो घर गए, जानुपर्दथ्यो। त्यतिबैलै मैले एउटा समाचार पाएँ, मेरो बुबालाई हर्टअट्याक भयो। त्यसपछि मैले बहिनीलाई थप एक दिनका लागि बैंककमा कुर्न भनेँ, त्यतिबेलासम्म मैले हर्टअट्याकको गम्भिरता जानिसकेको थिएँ। यो माइनर अट्याक थियो। दोस्रो दिन बहिनी र मेरो साथी काठमाडौं गए। मलाई उनीहरुले भाइटिकामा आउने वचन दिएका थिए, यो २५ सेम्टेम्बरको कुरा थियो।

६ अक्टोबर आयो, म बैंकक गएँ, मुद्दा लड्नका लागि। जब म बैंकक पुगें, नेपालीसँग बिहे गरेकी मेरी थाई बहिनी आङ मलाई लिन विमानस्थलमा आइन्। हामी अदालततर्फ लाग्यौं।

अदालतमा म एक्लो नेपाली थिएँ। मेरो दुईवटा थाई कानून व्यवसायी, मेरी थाई बहिनी, उनी मसँग यस कारण आएकी थिइन्, म अदालतमा एक्लै जाँदै थिएँ। उनलाई मेरो अदालती लडाईंका विषयमा कुनै जानकारी नै थिएन, मुद्दा कसरी अगाडि बढाउने कुनै योजना नै थिएन।

दुई वकिलहरु थाई बोल्थे, उनीहरु अंग्रेजी बोल्दैन थिए। मेरी थाई बहिनी बिचरा, उनी बीचमा थिइन्, उनलाई यो मुद्दाबारे केही जानकारी थिएन। किनभने म उनीसँग मेरो वकिलसँग भन्दा बढी कुरा गर्थेँ। न्यायाधीशले पनि उनलाई बोलाउँथे र उनीसँग कुरा गर्दै भन्थे कि यदि मैले मुद्दा लडिराखेँ भने मेरै लागि खतरनाक हुनसक्छ, त्यसैले आरोपहरु स्वीकार्नु उचित हुन्छ। त्यसैले अदालतको सल्लाहमा मैले त्यो स्वीकारेँ। गह्रुँगो मन र अदालतको निर्णयबाट असन्तुष्ट भए पनि मैले स्वीकारेँ। यो ६ अक्टोबरको कुरा थियो। त्यही साँझ बैँककको एउटा होटलबाट मैले अदालतको फैसला फेसबुकमा पोस्ट गरेको थिएँ।

७ अक्टोबर उनको (मेरी महिला) को जन्मदिन थियो। पार्टी थियो। फैसलाबाट असन्तुष्ट थिएँ। सोचेँ, यसले मेरो नाम र मेरो परिवारको नाम र देशको नाम नराम्रो हुन दिँदैन। र मसित प्रमाण छ। यो षड्यन्त्र हो भनेर प्रमाणित गर्न जरुरी छ।

यी महिलालाई मैले चिनेको चार वर्ष भइसक्यो। यो देशको कानुन मलाई थाहा छ।

अक्टोबर सातको रातदेखि आठको बिहानसम्म रातभर मेरी महिलासँग झगडा भयो। मध्याह्न १२ बजे उनको भतिजले उनकै नगरमा मलाई गिरफ्तार गर्न लगाइन्। धेरै कुरा म भन्न चाहन्नँ किनभने मुद्दा अझै जारी छ।

कानुनअनुसार गिरफ्तार गराउन सहयोग गर्नेले जरिवानाको ३० प्रतिशत रकम पाउँछ। मेरो परिवार र साथीहरुले बुझ्नुपर्छ, म मूर्ख होइन, यो खेल खेल्न मसँग मुटु छ। परिवार र राष्ट्रको लागि म आफ्नो जीवनलाई दाउमा राख्दैछु।

साभार : पहिलो पोस्ट 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis