CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » मिश्रित रसका खबर : पेटी पण्डितको भागबन्डा :पत्रकारलाई आरक्षण !

मिश्रित रसका खबर : पेटी पण्डितको भागबन्डा :पत्रकारलाई आरक्षण !

मिश्रित रसका खबर : 


अखबारमा थरीथरीका समाचार भेटिन्छन्। कुनैले हँसाउँछन्, कुनैले झस्काउँछन् त कुनैले भावुक बनाउँछन्। अद्भुत, रौद्र, हास्य, वीर, शृंगार आदि रसवाला समाचारको भीडमा कुनै कुनै मिश्रति रसका पनि हुन्छन्। पढ्दा एक प्रकारको अनुभूति हुन्छ भने त्यसको गहिराइ र उचाइ नाप्दा अर्कैर् प्रकारको। नपत्याए, अघिल्लो साता सार्वजनिक भएको भ्रष्टाचारसम्बन्धी समाचारको प्रसंग जोडौँ। 

देशको कार्यकारी प्रमुख रहने स्थान अर्थात् प्रधानमन्त्री निवासको शौचालय बनाउँदा आर्थिक चलखेल भएछ। ठेकेदारको चिलिमचट कर्म उपराष्ट्रपति निवासको भवनको छत र
जनकपुरमा राष्ट्रपतिको घर पुग्ने बाटो बनाउँदा पनि देखिएछ। झट्ट पढ्दा यो समाचारले हास्यानुभूति गरायो। खान पल्केकाहरूले छत र शौचालयका इँटा, बालुवा र गिट्टीमा समेत मह देख्दा हाँसो उठ्यो। अनि, यसो सोचेर ल्याउँदा उदेक लाग्न थाल्यो। कारण ः देशका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको समीपमा भ्रष्टहरू हाँसीखेली छिर्छन्, छिर्के हान्छन् र दाम कुम्ल्याउँछन् भने दूरदराजका योजना/परयिोजनामा कस्तो हुँदो हो ? केही किलो चामलका लागि सदरमुकाममा साता बिताउनुपर्ने जुम्ला-हुम्लामा कस्तो हुँदो हो ? जुवा खेलेर जितेजस्तो सित्तँैमा पाएको ठानिने दाताहरूको पैसामा कति घोपला हुँदो हो ? पार्टी कार्यकर्ता पाल्न बनाइएका सरकारी कार्यक्रमहरूमा कति हिनामिना हुँदो हो ? शौचालय र छतको आलोकमै सही, उभिएर गम्नुपर्दा रमाइलोले होइन, चिन्ताले थचक्कै पार्ने रहेछ। 

पेटी पण्डितको भागबन्डा

व्यवसायीहरूको सिन्डीकेटले उपभोक्ता थला पारेको थाहा थियो। अझ यातायात व्यवसायीले त क्षेत्र र रुटका आधारमा गर्नुसम्म दादागिरी गररिहेका छन्, ठाउँठाउँमा। कतिसम्म भने धार्मिक सिन्डीकेट पनि यसपटक जनैपूणिर्माका दिन पशुपति परसिरमा देखियो। घरमा आफूलाई धागो बाँध्न कोही आफन्तजन नआउने राजधानीवासी पशुपति पुगेर पेटी पण्डितसँग रक्षाबन्धन लिँदा गोत्र जानेर पो जानुपर्ने रहेछ। पशुपति विकास कोषकै ब्यानर प्रयोग गरेर पेटी पुजारीहरूले त गोत्रका आधारमा पो भक्तजनको भागबन्डा गरेका रहेछन्। जस्तो ः आत्रेय गोत्रका भक्तजनका लागि पौडेल थर भएका एक पुजारी सपरविार एक ठाउँमा देखिन्थे भने कौडिन्य गोत्रका लागि आचार्य र न्यौपाने थर भएका अर्को ठाउँमा। यसै गरी वशिष्ठ, अगस्ति, कौशिक र भारद्वाजजस्ता गोत्रधारी पण्डित/पुजारीहरूले कतिसम्म गरेको देखियो भने गोत्र अनुसारका भक्तलाई बोलाउँदै श्रीमान्-श्रीमतीले धागो लगाइदिने र छोराछोरीले पैसा सम्हाल्ने। ठाउँ-ठाउँमा यस्तो दृश्य देखिएपछि रमाइलो होइन, दिक्कै लाग्यो। भगवान् सबैका हुन्, तीर्थस्थल सबैका लागि हो भने पशुपतिनाथजस्तो स्थानमा पेटी पण्डितले गोत्रका आधारमा भक्तजनमाथि भागबन्डा गर्नु राम्रो हो त ? गजब नेपालमा अजब चाला भनेको यही होला। 
 
पत्रकारलाई आरक्षण !

अपांगता भएका व्यक्ति, महिला र वृद्धवृद्धासम्मलाई त ठीकै हो तर राजधानीको चक्रपथमा चल्ने एउटा सार्वजनिक यातायातमा पत्रकारलाई पनि आरक्षण सिट छुट्याइएको देख्दा छक्क परयिो। हतारको यात्रा भएको हुनाले त्यस दिन गाडीका सहयोगीसँग यति मात्र सोधेको थिएँ, "ए भाइ ! पत्रकारलाई किन सिट छुट्याएको हँ ?" उसले ठट्टेउली शैलीमा भन्यो, "हामी बस्नलाई छुट्याएको दाइ !" 

त्यसको एकाध महिनापछि मित्र मिलन बगालेले पत्रकारलाई आरक्षण सिट छुट्याएको तस्बिर नै ट्वीटरमा पोस्ट गरेपछि सोचेँ, साँच्ची बा२ख ५०८७ नम्बरका गाडी मालिकले किन यसो गरे होलान् ? पत्रकारसम्बद्ध संघ-संगठनले सवारी पार्किङ, यातायात शुल्क, स्वास्थ्य बिमा र अन्य सेवासुविधाका विषयमा बेलाबेलामा आवाज उठाएको त थाहा छ तर सार्वजनिक यातायातमा सिटै आरक्षण खोजेको थाहा छैन। यस विषयमा कुरा हुँदा पत्रकार महासंघका केही नेताहरूसमेत आश्चर्यमा परे। 

एक दिन फेर ित्यो गाडी भेटियो। चालकलाई सोधियो, "गुरुजी किन पत्रकारलाई आरक्षण सिट छुट्याएको हँ ?" स्टेरङि घुमाउँदै उनले भने, "यो कुरो मलाई थाहा छैन। हाम्रो मालिकलाई पनि थाहा छैन रे !"

साभार : नेपाल 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis