CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेतालाई ऋषि धमला धङधङ्गी

नेतालाई ऋषि धमला धङधङ्गी

काठमाडौं। तिहार सकिएपछि सिंहदरवारमा भेट भएका तीन दलका शीर्षनेताहरूबीच संविधानमा सहमति जुटाउने भन्दा कसको नाच राम्रो भन्ने बहस चलेको छ। कुरा एक डेढ साताअघि कै भएपनि नेताहरू बैठकभित्र कस्ता कस्ता कुरा गरेर रमाइलो मान्छन् भन्ने दृष्टान्त हो यो। पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका शीर्षनेताहरू न्याय प्रणाली र निर्वाचन प्रणालीबारे छलफल गर्न कात्तिक ११ विहान सिंहदरवारमा भेला भएका
थिए।
सिंहदरवारस्थित संसद सचिवालयको राज्य व्यवस्था समितिको बैठक हलमा प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई पर्खिदै गर्दा नेताहरूले तिहारमा कसले नाचेको राम्रो भन्ने प्रसंग निस्किएको थियो। एमाले नेता माधवकुमार नेपालले कांग्रेस नेता शेरबहादुर देउवाले रिपोर्टर्स क्लबको देउसीमा छमछमी नाचेको खुब सुहाएको बताएका थिए। जवाफमा देउवाले भने–कहाँ हुनु, म त नाच्न गाउन नजान्ने मान्छे त्यो ऋषि धमलाले तानेर नचाइहाल्यो। उनले आफूले भन्दा प्रचण्डले नाचेको राम्रो थियो भन्दै प्रसंग अन्तै मोडे। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि प्रचण्डजी राम्रो नाच्नुहुँदोरहेछ भन्दै धमलासँगै कम्मर मर्काएको प्रसंग झिके।
बैठकको संयोजन गरिरहेका संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आफू नाच्न नजान्ने मान्छे भए पनि अरु नेताहरूको नाचको प्रशंसा गरेका थिए। सबैभन्दा राम्रो नाच चाहिँ प्रचण्ड र गृहमन्त्री बामदेव गौतमको रहेको समीक्षा भएको थियो।
बैठकपछि संसद सचिवालयको चमेनागृहमा खाना खान गएका पूर्व प्रधानमन्त्री माधव नेपालले ऋषि धमलालाई बोलाउँदै ‘क्या हो, तपाईंको देउसी भैलोको निकै चर्चा भयो नि’ भन्दै बधाई दिएका थिए।
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis