CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बैँकले यसरी ठग्यो मलाई, तपाईँहरु पनि सावधान हुनुस्

बैँकले यसरी ठग्यो मलाई, तपाईँहरु पनि सावधान हुनुस्

1000-500-भोगिन्द्र भण्डारी-
म गौशालामा रहेको मनी एक्सचेन्ज चलाउँछु। आइतबार दिउँसो २ बजेतिर कृषि विकास बैँकको ठमेल शाखाबाट रकम झिकेँ। एभरेस्ट बैँकको टेकु शाखाको ट्याग रहेको नोटको बन्डलमा स्टिच लगाइएको र रबरले समेत बेरेको हुनाले विश्वासमा परी मैले काउन्टरमा चेक गर्न जरुरी ठानिनँ। कार्यालयमा आएपछि हेर्दा त झसङ्ग भएँ। हजार रुपैयाँको बन्डलको बीचमा पाँच सय रुपैयाँको नोट यसरी घुसाइएको थियो।
हत्त न पत्त मैले कृषि विकास बैँकमा फोन गरेँ। उहाँहरुले हेरौँ न त भन्नुभयो।
दौडीदौडी बैँक पुगेँ। लगेर देखाएँ। उहाँहरु पनि अचम्ममा पर्नुभयो। तर रकम नपाइने बताउनु भयो।
1000-500
1000-500-1
गर्ने के। त्यही भएर नोटको बन्डलमा ट्याग रहेको एभरेस्ट बैँङ्कलाई फोन गरेँ। त्यहाँबाट चाहिँ त्यो हाम्रो बैँकको कर्मचारीको काम होइन भन्न थाले।
‘हाम्रो छाप कसैले युज गरेर अरु कसैले गरेको होला। त्यो सेतो ट्याग भएको पैसा हामीले राष्ट्र बैँक पठाउने हो, अरु थाहा भएन’ भनेर भन्न थालेपछि त्यता जानुभन्दा नजानु नै बेस लाग्यो मलाई।
साथीभाइहरुसँग कुरा गर्दा यस्तै केस अरुतिर परेको अरु धेरैले पनि रकम फिर्ता दिँदैनन् भन्न थाले। त्यही भएर पनि चुप बस्नुको विकल्प देखिनँ।
हुनत गल्ती मेरो पनि हो। मैले काउन्टरमा पैसा बुझ्दा नै नोट चेक गर्नुपर्थ्यो। तर बैँकको ट्याग र स्टिच भएकोले विश्वासमा परियो। कलियुगमा कसैको विश्वास गर्नु हुँदैन भनेको हो रहेछ। तर के पैसा जस्तो मामिलामा यसरी अरुलाई झुक्याउन, ठग्न मिल्छ बैँकजस्तो संवेदनशील संस्थाले? दोष कसको हो यो मलाई थाहा भएन। तर मर्का हामी ग्राहकलाई पर्‍यो नि। यो कुरा सार्वजनिक गरेर म सबैलाई सावधान गराउन चाहन्छु। बैँकको काउन्टरबाट हिँडेपछि उनीहरुले जिम्मा नलिने रे। त्यसैले यी बैँकहरुको विश्वासमा पर्नुभन्दा रकम बुझ्ने बित्तिकै चेक गरिहाल्नुस्। यहाँ कसैको भर नहुने रहेछ।

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis