बेलायती शाही परविारका आफन्त पर्ने एक साथीले मलाई बाल्यकालको रोचक घटना सुनाए। १० वर्षको हुँदा आमालाई बाटोमा खेलौना किनिदिन आग्रह गरेछन्। खेलौनाको मूल्य ५० सेन्ट थियो। आमाले किनिदिइनन्। बरू भनिन्, 'यो तिमी आफ्नै पैसाले किन्नेछौ।' घर पुगेपछि आमाले कार धुन लगाइन्। अर्को दिन अफर गरनि्, 'हिजो दुई घन्टामा धोएको कार एक घन्टामा सके पैसा दोब्बर।'
आमाले त्यस्तै कामका लागि छिमेकीसँग चिनजान गराइदिइन्। १४ वर्ष लागेपछि साथीले रेस्टुराँमा भाँडा माझ्न थालेछन्। म्यानेजरलाई लागेछ, गाडी धुन सक्नेले पक्कै भाँडा माझ्न सक्दो हो। खासमा मेरो साथीलाई ती कुनै काम मन पर्दैनथ्यो, न त परविारले आर्थिक भार कम गर्न नै उनलाई काममा पठाएको
थियो। सानै उमेरमा काम वा पैसाको मूल्य बुझाउन गरेको त्यो लगानी उनको जीवनको आधारका रूपमा रहिरह्यो।आमाले त्यस्तै कामका लागि छिमेकीसँग चिनजान गराइदिइन्। १४ वर्ष लागेपछि साथीले रेस्टुराँमा भाँडा माझ्न थालेछन्। म्यानेजरलाई लागेछ, गाडी धुन सक्नेले पक्कै भाँडा माझ्न सक्दो हो। खासमा मेरो साथीलाई ती कुनै काम मन पर्दैनथ्यो, न त परविारले आर्थिक भार कम गर्न नै उनलाई काममा पठाएको
हामीकहाँ भने परविेश उल्टो छ। पाँच वर्ष नाघेको बच्चालाई काखमा बोकेर चम्चाले खुवाइरहेका हुन्छौँ। अलिकति पैसा वा पहुँचवाल छौँ भने कोसँग खेल्न हुने, कोसँग नहुने भन्दै वर्ग विभाजन गरहिाल्छौँ। जति कुरा साधारण देखिन्छन्, त्यसमै धेरै मिहिनेत परेको हुन्छ। हामी 'डाउन टु अर्थ' -व्यावहारकिता)लाई कमजोरी ठान्छौँ। किनभने, हाम्रा आदर्श आफ्नो क्षमता र विज्ञताभन्दा पनि शक्तिको नांगो प्रयोगमा विश्वास राख्छन्।
हाम्रो संस्कारको प्रतिविम्ब कुनै पसलमा गएर दुई रुपियाँको सलाई र बियरको एक कार्टुन किन्नेलाई हेर्दा छुट्टन्िछ। पसलेले सलाई किन्नेको मुखमा समेत हेर्दैन। होटल म्यानेजमेन्ट कलेजमा मैले थुप्रै त्यस्ता अभिभावकको सामना गरेको छु, जो आफ्ना सन्तानले धेरै कमाओस् भन्ने सोच्छन् तर त्यस प्राप्तिको बाटोका लागि तयार पार्दैनन्।
संसारका कहलिएका स्टार होटलमा अधिकांश सिनियर एचआर म्यानेजर रुम एटेन्डेन्टबाटै करअिरमा छिरेका हुन्छन्, एक्जुकेटिभ सेफ डिस वासरबाट। आजको जमानामा अभ्यास र अनुभवबिना प्रमाणपत्रको मूल्य भनेको नगन्य हो। हरेक उद्योगले क्षमता भएको मानिस खोज्छ, डिग्रीधारी होइन। सीधै म्यानेजर वा माथिल्ला तहका सेफ बन्न कहीँ सम्भव छैन।
लग्जरी होटल चेन रचि काल्र्टनमा म्यानेजर स्तरको काम गर्न स्नातकोत्तर अनिवार्य छ। तर, त्यो डिग्री नभएको तर क्षमता भएको मानिस उसकै तल्लो तहमा छ भने उसले रातारात विशेष कक्षामार्फत कर्नेल विश्वविद्यालयको स्नातकोत्तर डिग्री लिने व्यवस्था मिलाउँछ। राम्रा कम्पनीले दक्षता र क्षमताको मूल्य बुझेका हुन्छन्। त्यसैले दुई वर्ष खर्चनुभन्दा केही बढी पैसा खर्चनु मूल्यवान् ठान्छन्।
सबै साहित्यकार चिन्तक हुँदैनन् र हुनु पनि पर्दैन। हामीकहाँ कसलाई 'दक्ष' भन्ने परभिाषा नै गलत छ। भान्सामा सानो समस्या हुँदा कोही भेटिँदैन। तर, सडकमा बेरोजगार मास्टर्स फालाफाल छन्। कसैसँग होटल म्यानेजमेन्टको मास्टर्स छ तर वेटर गर्न पनि आउँदैन भने त्यो 'डिग्री' नभएर बेरोजगारीको प्रमाणपत्र हो।
विश्वविद्यालयबाट फस्ट डिभिजनको प्रमाणपत्र हात पर्दैमा कोही 'मास्टर्स' हुँदैन। कार्यक्षेत्रमा आफूलाई प्रमाणित गरेपछि बल्ल उसको मास्टर्स पूर्ण हुन्छ। स्वीस घडी रोलेक्समा काम गर्ने थुप्रैसँग विश्वविद्यालयको मास्टर्स डिग्री हँुदैन। तर, कमाइ वा सामाजिक आत्मसम्मानका दृष्टिले हावर्ड वा एमआईटी ग्रयाजुयटभन्दा
कम मानिन्नन्।
ठूलो बन्ने नाममा हामी आफ्ना बालबालिकालाई साना संस्कार सिकाउन चुकिरहेका छौँ। त्यसै कारण सम्पन्न र सफल घराना पनि केही पुस्ताकै अन्तरमा सडकमा आउँछन्। लाखौँ डलर तलब खानेहरू भ्रष्टाचारमा मुछिन्छन्। सन्तानलाई दिगो सरलतासँग अभ्यस्त नगराउने हो भने तीन पुस्तामा पुरानै ठाउँमा पुगिन्छ। कसैको पाँचतारे होटल छ भने सन्तानलाई संसारमा सयौँ पाँचतारे होटलवालालाई पछ्याउन सिकाउनु जरुरी छ। धनी हुनु भनेको समाजप्रति जिम्मेवारी बढ्नु पनि हो। नत्र किन बिल गेट्सले समेत आफ्नो कमाइको ठूलो हिस्स्ाा च्यारटिीमा खर्चिन्थे?
सन् २००२ मा दुबई जाँदाको एउटा प्रसंग छ। त्यहाँका ट् याक्सी ड्राइभर आफ्ना निर्माणाधीन सहरहरूको बखान गरेर थाक्दैनथे। नभन्दै सन् २००५ मै दुबई विश्वकै राम्रो सपिङ गन्तव्यका रूपमा विकास भयो। नेपालमा भने एयरपोर्टबाट ट्याक्सी चढ्यो भने होटल पुग्दासम्म ड्राइभरले देशका सबै दुर्गुणको बखान गरेर सक्छ। हामी सगरमाथा र लुम्बिनीका कुरा गर्वसाथ गछौर्ं। तर, हाम्रो एयरपोर्टमा आफ्नो लगेज लिन पनि तीन घन्टा कुर्नुपर्छ।
पाँचतारे होटलबाट निस्कने पर्यटकले मिटरमा जानु त परै जाओस्, अचाक्ली भाडा तिर्नुपर्छ। उसले केही बढी डलर तिर्न अवश्य सक्छ। तर, पर्यटन उद्योगमा ठग्न खोज्ने प्रवृत्ति र मानसिकताको दुष्प्रभाव ज्यादै खतरनाक हुन्छ। एक अध्ययनले के देखाएको छ भने एउटा पर्यटक खुसी भए उसले थप २६ जनालाई सुझाउँछ।
१ सय ५० वर्षअगाडि स्वीट्जरल्यान्डका बारेमा प्रसिद्ध बेलायती पर्यटन व्यवसायी थोमस कुकले लेखेका थिए, 'यहाँ मानिस सौहार्द छैनन्, खाना रोचक छैन, पूर्वाधार कमजोर भएको यस्तो ठाउँमा पर्यटन विकास हुँदैन।' त्यसपछि त्यहाँ युरोपकै पहिलो होटल व्यवसायीको संगठन खुल्यो, पर्यटनको व्यापक अध्ययन सुरु भयो। हामी १ सय ५० वर्षअगाडिको स्वीट्जरल्यान्डभन्दा त पक्कै अगाडि छौँ। तर, देश बन्ने त्यसरी नै हो।
(लकाई पर्यटन उद्यमी हुन् ।)
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !