CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » टाढा, झन्-झन् टाढा पारस र परिवार

टाढा, झन्-झन् टाढा पारस र परिवार

  • परिवारले नस्वीकारेका कारण चार वर्षपछि स्वदेश र्फकेका पूर्वयुवराज पारस शाह पुनः विदेशिने सोचमा

बैंककबाट १९ चैतमा काठमाडौँ र्फकंदा पूर्वयुवराज पारस शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दर्जनौँ शुभेच्छुक उपस्थित थिए। तर, चार वर्षपछि परदेशबाट र्फकेका उनलाई 'रििसभ' गर्न जो जो हुनुपर्ने हो, उनीहरूचाहिँ थिएनन्। न  पत्नी  हिमानी थिइन्, न बाबुआमा, न त निर्मल निवासका कुनै सहयोगी नै। पारसका लागि विमानस्थलबाट निस्कन गाडी पठाउनसमेत आवश्यक ठानेन, निर्मल निवासले। उनका कारण परविारले बेहोर्नुपरेको हैरानी र बदनामीप्रति निर्मल निवासले जनाएको  प्रतिक्रिया
 थियो, सायद यो।

काठमाडौँ ओर्लिसकेपछि पारस र निर्मल निवासबीच रमाइलो सवाल-जवाफ चलिरहेछ। तर, बातचितद्वारा होइन, व्यवहारद्वारा। जस्तो ः पत्नी हिमानीलगायत परविारका कुनै सदस्य उनलाई लिन विमानस्थल गएनन्, पारस पनि अहिलेसम्म परविारजनलाई  भेट्न  निर्मल निवास गएका छैनन्। बरू नजिकै रहेको कुण्डलिनी क्लबमा मुकाम जमाएका छन्। हिमानी पनि के कम ! पति पारस नेपाल र्फकेको चार दिनसम्म पनि भेट्दै नभेटी एक महिनाका लागि २२ चैतमा नयाँदिल्लीतिर उडिन्।

हुन त, हिमानी पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको दिल्ली भ्रमणको तयारीका लागि २२ चैतमा नयाँदिल्ली गएको निर्मल निवासको तर्क छ। र, उनले गरेको तयारीपछि पूर्वराजारानी २७ चैतमा नयाँदिल्ली पुगिसकेका छन्। दरबार हत्याकाण्डका बेला लागेको गो  लीको छर्राबाट छातीमा सिर्जित समस्याको उपचारका लागि उनीहरू नयाँदिल्ली पुगेका हुन्। तर, पूर्वराजारानी तथा हिमानीको नयाँदिल्ली जाने कार्यक्रममा जसरी हेरफेर गरयिो, त्यसले देखाउँछ कि पूर्वराजपरविारका मुख्य सदस्यहरू पारससँग नजिक हुन  होइन,  बरू टाढा हुन वा निश्चित दूरी राख्न खोजिरहेका छन्।

खासमा पारस नेपाल नर्फकंदै पूर्वराजारानी र हिमानीको नयाँदिल्ली जाने र एक महिना उतै रहने कार्यक्रम तय भइसकेको थियो। तर, अहिलेजस्तो गरी होइन। पूर्वराजारानी २२ चैतमै जाने र त्यसपछि २८ चैतमा मात्र हिमानी केटाकेटीसहित नयाँदिल्ली जाने   कार्यक्रम तय थियो। तर, पारस आएपछि कार्यक्रम परविर्तन गरयिो। र, हिमानी ६ दिनअगावै नयाँदिल्लीतर्फ लागिन्। स्रोतहरूको दाबी के छ भने पारसलाई भेट्न नपरोस् भनेरै हिमानीको भारत जाने कार्यक्रम अचानक परविर्तन गरएिको थियो। किनभने, पारस  ने पाल र्फकेको १० दिन हुँदासमेत पतिसँग भेटै नगरी नयाँदिल्लीतर्फ लाग्दा आलोचनाको तीर हिमानीतिर सोझिन सक्थ्यो। यसबाट बच्ने सहज उपाय पहिल्यै हिँडिदिनु नै थियो। यसो गर्दा सासूससुरा -पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल)को भारत भ्रमणको   तयारीका लागि भन्ने कारण दिन सजिलो पनि हुने भयो। नत्र, तयारीका लागि पूर्वनिर्धारति कार्यक्रम परविर्तन गरेर हिमानी नै पहिले जानुपर्ने त्यस्तो कुनै कारण थिएन।

स्रोतका अनुसार पारविारकि र राजनीतिक अभीष्टका कारण पूर्वराजा ज्ञानेन्द्र पनि पारसप्रति आफू नरम रहेको देखाउन चाहिरहेका छैनन्। अन्त्य भएको राजतन्त्र पुनःस्थापना उनको एक मात्र राजनीतिक अभीष्ट हो भन्ने कुरा अब लुकेको विषय रहेन।  पारसप्रति  थोरै पनि नरम देखिँदा राजनीतिक दलहरूको असफलताबाट पाउने फाइदा नआउन सक्ने उनको आकलन त छँदै छ, बुहारी हिमानीले पनि चित्त दुखाउन सक्छिन्। त्यसमाथि बाबुछोराबीच पारविारकि एवं राजनीतिक मामिलामा पटक्कै मतैक्य छैन।

पूर्वराजा चाहन्थे, पारस केही समय थाइल्यान्डमा नै रहून्। चाहे त्यो पुनःस्थापना केन्द्र होस् वा जेलमा। त्यसैले उनको रहिाइका लागि आवश्यक पर्ने जरविानाबापतको रकम पनि ढिलो व्यवस्था गरएिको थियो। जरविाना रकम बुझाउन गरएिको ढिलाइकै  कारण  पारस भान्जा पार्थवको १४ चैतको व्रतबन्ध सामारोहमा उपस्थित हुन सकेनन्। व्रतबन्धको पाँच दिनपछि १९ चैतमा मात्र काठमाडौँ आएका उनको आगमनको 'रेस्पोन्स' नै गरििदएन परविारले। स्रोतका अनुसार आफू साँच्चिकै सुध्रेको विश्वास  जनमानसमा  दिलाउन नसकेसम्म निर्मल निवासले पारसप्रति यस्तै व्यवहार प्रदर्शन गररिहनेछ।

परविार र पूर्वयुवराज पारसको सम्बन्ध झन् झन् टाढा हुँदै गएको छ। हुन त यो सम्बन्धमा कटुता राजतन्त्र छँदै आइसकेको थियो। जस्तो कि, राजाका रूपमा नारायणहिटी बस्न थालेपछि पिता ज्ञानेन्द्र र पुत्र पारस विरलै मात्र एकै घरमा बसेका छन्। राजा  बने पछि ज्ञानेन्द्र नारायणहिटी राजदरबार सरेपछि लामो समय पारस नै निर्मल निवासका हर्ताकर्ता रहे। गणतन्त्र स्थापनापछि २९ जेठ ०६५ मा नारायणहिटी छाडेको दिन पनि ज्ञानेन्द्र निर्मल निवास गएनन्। नागार्जुनतिर लागे। जब पारस सिंगापुर गए, तब मात्र  ज्ञाने न्द्र नागार्जुनबाट निर्मल निवास झरेका हुन्। सिंगापुरबाट पारस कहिलेकाहीँ नेपाल आउँदा ज्ञानेन्द्र नागार्जुन गइदिन्थे, ताकि पारसको निर्मल निवास बसाइ सहज होस्।

पारस यसपटक नेपाल आउँदाको स्थिति भने फरक रह्यो। ज्ञानेन्द्र नागार्जुनतर्फ लागेनन्। बरू २२ चैतमा नयाँदिल्ली जाने कार्यक्रम भए पनि २८ चैतमा सारििदए। हिमानीलाई एक साताअघि नै पठाइदिए। पारस निर्मल निवास नआऊन् भनेरै यस्तो गरएिको  हुन  सक्ने बताउँछन्, निर्मल निवास निकटस्थहरू। शाही-हिन्दु संस्कार अनुसार विदेशबाट र्फकेपछि पारस बाबु-आमाको दर्शनका लागि जानुपर्ने हो। तर, आफूप्रति गरएिको व्यवहार बुझेर पारस कम्तीमा पनि आफ्ना बाबुआमालाई भेट्ने गरी निर्मल निवास  गएका छै नन्।

परविारप्रति पारसको वितृष्णा भान्जा पार्थव सिंहको व्रतबन्धको उपलक्ष्यमा सोल्टी होटलमा आयोजित जमघटमा सामेल नभएबाटै पनि देखिन्छ। सुरुमा १४ चैतको व्रतबन्धको भोज भोलिपल्ट १५ चैतमै गर्ने योजना थियो। तर, पारस आउन नसक्ने भएपछि २१   चैतका लागि राखियो। तर, १९ चैतमै काठमाडौँ आइसकेका पारस भोजमा सरकि भएनन्।

पारसले आफ्ना भावी योजनाबारे आफू निकटस्थलाई केही बताएका छैनन्। लामो समयपछि नेपाल र्फकेकाले यहाँको माहोलमा अभ्यस्त हुन चाहिरहेको बताउँछन्, पारसका निकट सहयोगी प्रभञ्जनबहादुर सिंह। उनका अनुसार केही दिनपछि पत्रकार सम्मे लन वा  त्यस्तै कुनै सार्वजनिक कार्यक्रममार्फत आफ्नो भावी योजना सुनाउने मुडमा छन् पारस। तर, उनी यहीँ रहलान् वा फिर्ता होलान् ! जे जस्तो भए पनि पारस यहीँ रहनुपर्ने बताउने सिंह पनि उनका आगामी योजनाबारे आकलन गर्न सक्ने स्थितिमा  छैनन्। भन्छन्,  "हाम्रो दायित्व उहाँलाई सकेको सहयोग गर्ने हो। के गर्ने भन्ने त उहाँले निर्णय गर्ने हो।"

कसैलाई केही नभने पनि पारस भने लगभग फेर िविदेशिने टुंगोमा पुगेका छन्। काठमाडौँमा आफ्नो उपस्थितिलाई परविारले सहज रूपमा लिइदिए यहीँ रहने योजनामा छन् उनी। सहयोगीहरूले पनि उनलाई नेपालमै रहन सुझाव दिइरहेका छन्। तर,  पारविारकि  बेवास्ताका कारण उनी फेर िथाइल्यान्ड वा अन्यत्र कतै र्फकने सोचाइमा छन्। पारस निकट राष्ट्रिय सरोकार मञ्च, जसले २३ चैतमा उनको विभिन्न धार्मिक मठ भ्रमण कार्यक्रमको संयोजन गरेको थियो, का अध्यक्ष सोमविक्रम सिंह भन्छन्, "ने पालमै रहने कि  फेर िविदेश जाने भन्ने निधो त भइसकेको छैन। तर, अब केही दिनपछि उहाँ विदेश र्फकनुहोला।"

१९ चैत

चार वर्ष लामो थाइल्यान्ड बसाइपछि काठमाडौँमा, कुण्डलिनी क्लबमा बसोवास सुरु ।

२१ चैत

भान्जा पार्थव सिंहको व्रतबन्धको उपलक्ष्यमा आयोजित भोजमा अनुपस्थित ।

२२ चैत

पति पारसलाई भेट्दै नभेटी हिमानी शाह नयाँदिल्ली प्रस्थान ।

२३ चैत

गुह्येश्वरीलगायत काठमाडौँका विभिन्न मठमन्दिरमा पूजाआजा ।

२७ चैत

छोरालाई नभेटी पूर्वराजारानी नयाँदिल्ली प्रस्थान ।

साभार  : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis