CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » म्यागी काण्डबाट पाठ सिक्नुस! बच्चाले धिक्कार्ला नत्र |

म्यागी काण्डबाट पाठ सिक्नुस! बच्चाले धिक्कार्ला नत्र |


Image result for noodles in Nepal indiaछिमेकी देश भारतमा अहिले म्यागी चाउचाउमा एमएसजी र लिड भेटिएको भन्दै हङ्गामा मच्चिरहेको छ। यसै मेसोमा नेपालले पनि बिहीबारदेखि म्यागी चाउचाउ आयात गर्न र बेच्न प्रतिबन्ध लगाइसक्यो। तर नेपालमा बेचिने अरु चाउचाउ पनि स्वास्थ्यको हिसाबले कति उचित छ? भर्खरै भूकम्पपछि राहत भनेकै चाउचाउ हो जस्तोसमेत गरियो। चाउचाउ कति हानिकारक छ भन्नेबारे प्रज्ज्वल चापागाइँको ब्लगबाट साभार गरिएको उनले तयार पारेको रिपोर्ट-

२०५७ सालको कुरा हो। बहिनी शालिनी पराजुलीलाई बिबिएस अनर्स भर्ना गर्न उनी, सानीआमासहित यो पंक्तिकार गोरखपुरको रेलमार्ग हुँदै नयाँ दिल्ली पुगेको थियो। काठमाण्डौको लिटिल एञ्जेल्स विद्ध्यालयमा पढेकी बहिनि शालिनीले बाटाका लागि एक कार्टुन वाईवाई चाउचाउ बोकेकी थिइन। उनी जतिबेला पनि चाउचाउ मात्र खान रुचाउँथिन। उनको चाउचाउ मोह देखेर मलाई यस बिषयमा रिपोर्ट तयार गर्न मन लाग्यो।
त्यसबेला म नेपाल टेलिविजनमा कार्यरत थिएँ। मैले यसबारे दृश्यसहितको रिपोर्ट तयार पारेँ। अन्तिम समयमा आएर नेपाल लिविजनले प्रसारण गरेन। किनभने उसको विज्ञापनको एउटा प्रमुख श्रोत चाउचाउ नै थियो। केहि समय पछि मैले नेपाल टेलिविजन छोडें र थप अनुसन्धान गरेर रिपोर्ट लेखें। त्यसपछी यसलाई नेपाल साप्ताहिकमा पठाएँ। सम्पादकले ‘अलि एक्टीविस्टको जस्तो भो’ भनेर पन्छाए। क्रमश: हिमाल खबरपत्रिका र समयमा पठाएँ, तीनले पनि छाप्न रुचि देखाएनन। कुरो विज्ञापनकै थियो। अन्ततः नेपाल वातावरण पत्रकार समुहद्वारा प्रकाशित हुने हाका-हाकीले यो रिपोर्ट छाप्यो। यसले चाउचाउ खान अभ्यस्त भैसकेको नयाँ पीढीको स्वास्थ्यको लागि यो कतिको हानिकारक छ भन्ने कुरामा प्रकाश पार्न खोजेको छ।
+++++++++++++++++++++++++++
डरलाग्दो चाउचाउ
maggi_mast_masalaउकालोतिर लम्किरहेका भरिया हुन् या उच्चपदस्थ, उनीहरुको हातमा नछुट्ने तत्व बनिसकेको छ, तयारि चाउचाउ। परम्परागत खाजा चिउरा-तरकारी, मकै-भटमास-गुन्द्रुक, रोटी, सातु, उसिनेको आलु वा पिंडालुजस्ता खाजाको सट्टा तयारी खाजा चाउचाउ खाने प्रचलन बढ्दो छ। भोजपुर ट्याम्के डाँडा छेउछाउका मात्र होइन, दोधारा चाँदनीका नेपालीहरु पनि तयारी खाजाहरुमध्ये चाउचाउ नै खान रुचाउछन, पकाएर वा नपकाई। स्पष्टै छ हाम्रा घरेलु खाजाहरु क्रमश: विस्थापित हुँदैछन।
तर बजारमा उपलब्ध चाउचाउमा के के हालिएको हुन्छ ? गुणस्तर कस्तो छ ? र, तयारी चाउचाउ नियमित खाँदा स्वास्थ्यलाई के असर पर्छ ? यी प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न हाम्रा खाद्यविज्ञहरुले गरेको देखिंदैन।
खासगरी चाउचाउमा हालिने विभिन्न पदार्थमध्ये ‘मनोसोडियम गुल्टामेट’ (मासु, च्याउको जस्तो बास्ना र स्वाद बढाउने नुन जस्तो देखिने सेतो पदार्थ जसलाई अजिनोमोटो पनि भनिन्छ ) को विषयमा अहिले बिश्वब्यापी चर्चा र विवाद बढ्दो छ। हुनत आधुनिक खाध्यबिज्ञानको इतिहासमा खानेकुराको स्वाद बढाउने मनोसोडियम गुल्टामेट (एमएसजी) जति अन्य स्वाद बढाउने पदार्थ वा तत्वले विश्वको ध्यान खिचेको छैन।
१९ औं शताब्दीको सुरुवातमा मनोसोडियम गुल्टामेट समुन्द्री घाँस र अन्य बोटबिरुवाबाट निकालिन्थ्यो। अहिले विश्वका धेरै देशहरुमा यो पदार्थ उखु, मकै, आलु र सखरखण्डजस्ता वस्तुहरुलाई लामो समय भण्डारण गरेर बनाइन्छ। कतिपय मानिसलाई चाउचाउमा हालिएको एमसजी असह्य हुनसक्छ। तर बहुसंख्यक मानिसलाई यसको मात्र मिलाएर खाँदा खासै फरक नपर्ने अन्तरास्ट्रिय खाध्यविज्ञहरुको राय छ। इन्टरनेसनल फुड इन्फर्मेसन काउन्सिल फाउन्डेसनका अनुसार एक व्यक्तिले अमेरिका, बेलायत, ताइवान,, कोरिया, जापान र इटालीमा क्रमश: ०.५५, ०.५५, ३.०, २.३, १.६ र ०.४ ग्राम एमएसजी प्रतिदिन उपभोग गर्छ।
तर नेपालमा भने नेपाल खाध्य वैज्ञानिक तथा प्रविधि संघले प्रकाशित गरेको ‘फुड नेपाल’ जर्नलमा अजिनोमोटो सम्बन्धी खोजमुलुक दुई लेखहरु प्रकाशित छन्। तिनमा अजिनोमोटो के हो ? यसप्रतिको संबेदनशीलता, गर्भवती महिला र बालवालिकालाई पर्ने असर, अन्तरास्ट्रिय दृष्टीकोण विषाक्ततासम्बन्धी अध्ययनजस्ता विविध पक्षमा जानकारी दिइएको छ। तथापि ती लेखमा नेपालमा यसको उपभोग कसरी हुँदैछ।, यससम्बन्धी जनचेतना कस्तो छ ?, यसको बढ्दो प्रयोगले नेपालीको स्वास्थ्यमा असर पारेको छ की छैन ? जस्ता प्रश्नहरुको जवाफ दिने प्रयत्न भने गरिएको छैन।
स्वास्थ्य सुरक्षित खानाको वकालत गरिने विकशित रास्ट्रहरुमा एमएसजीको विपक्षमा कैयौ तर्क, आशंका र प्रमाण प्रस्तुत गरिएका खोजहरु भएका छन्। कतिपय मानिसलाई एमएसजी सैह्य नहुने प्रमाणिक पुष्टि भने डा. हो म्यान कोकले सन् १९६९ मै गरेका थिए। डा. कोकले एमएसजीका कारण पर्ने असरलाई ‘चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम’ नामाकरण गर्दै पुष्टि गरे, ” एमएसजी हालिएको खाना खाएपछि दाँत-बन्गारा कस्सिने, घाँटी, छाती र हातहरु चिसा कडा हुने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, निदाउरो हुने, बेहोस हुने, अनुहार र पेटमा चिटचिट पसिना आउने हुन्छ। तर उता ‘नो एमएसजी’ नामक संस्थाले एमएसजीको बिरुद्धमा युद्ध छेडेको बताउँदै यो नियमित र बढी खाएमा ३२ किसिमका रोगहरु लाग्ने दाबी गरेको छ।
त्यसो त, जापानको ओहायो, ोलेडोका अवकाशप्राप्त चिकित्सक इआन मर्फिको ‘साइन्स न्यूज’ को ४ सेप्टेम्बर १९९९ मा प्रकाशित सम्पादकलाई पत्रमा अजिनोमोटोको असरका बारेमा उल्लेख गरेका छन्। ‘साइन्स न्यूज’ को सम्पादकलाई चिट्ठीमा डा. मर्फी लेख्छन, “मैले ६० को दशकमा युवाहरुमा डाइवेटिज रोग खासै भेटिन जतिबेला मैले चिकित्सा अभ्यास सुरु गरेको थिएँ। तर १९९९ मा जब म अवकाश प्राप्त भएँ युवाहरुमा डाइवेटिज देखिनु मामुली कुरा भयो। मेरो बिश्वास छ मनोसोडियम गुल्टामेट नै यसको प्रमुख कारण हो।”
एकातिर जापानका अवकाशप्राप्त चिकित्सक मर्फी त्यस्तो दाबी गर्छन भने अर्कोतिर थाइल्याण्डबाट प्रकाशित हुने ‘बैंकक पोष्ट’ले ६ मार्च २००३ मा प्रकाशित गरेको समाचारपनि उदाहरणीय छ। बैंकक पोष्टको शिर्षक छ, “विद्ध्यालयमा उपलब्ध गराइने खानाहरुमा मनोसोडियम गुल्टामेट प्रयोग गर्न प्रतिबन्ध लगाइने।” सो शिर्षकको समाचारमा भनिएको छ, “थाइल्याण्डको शिक्षा मन्त्रालयले खाने कुराको स्वाद बढाउने मनोसोडियम गुल्टामेट वा अन्य हानिकारक स्वाद बृद्धी गर्ने पदार्थ भएको खाना खान बिद्ध्यालयमा प्रतिबन्ध लगाइएको छ।” थाइल्याण्डका तत्कालिन उप-शिक्षामन्त्री सिरिकोन मनिरिनका अनुसार आउँदो सेप्टेम्बरदेखि कुनै पनि कम्पनीले मनोसोडियम गुल्टामेट प्रयोग गरिएको खानेकुरा विद्ध्यालयमा वितरण गरे वा बेचे कानुनि कारवाही हुन् सक्छ। सो समाचारमा उल्लेख गरिएको छ।
त्यसैगरी संयुक्त राज्य अमेरिकाको ‘द नेसनल ईन्सटीच्युट अफ हेल्थ’ ले मनोसोडियम गुल्टामेटको प्रयोगले नशा लाग्ने, उच्च रक्तचाप, हृदयघात, अल्जाइमर, ब्रेन टयुमर, स्नायुसम्बन्धी दुखाई, उतेजना र उदासीपन जस्ता रोगका लागि कारक हुन सक्ने कुरा पत्ता लगाएको छ।
अजिनोमोटोको असर र यसबारेमा अन्तरास्ट्रिय विवाद जे जति भए पनि नेपालमा अहिले तयारी चाउचाउ उत्पादन गर्ने १८ वटा उद्ध्योघरु छन्। तर तीमध्ये कतिवटा संचालित छन् र तिनले कतिवटा ब्राण्ड उत्पादन गर्छन ? तिनको आधिकारिक तथ्यांक न उद्द्योघ मन्त्रालय न त खाद्धय प्रविधि तथा गुणस्तर नियन्त्रण विभागसंग नै छ।
चाउचाउको बढ्दो उपभोग र चिन्ताजनक गुणस्तरको सन्दर्भमा त्रिविवि पद्मकन्या क्याम्पसका खाद्यविज्ञ इन्दिरा शर्मा भन्छिन, “तयारी चाउचाउको गुणस्तर नियमित जाँच नगर्दा तिनको गुणस्तर कसरी राम्रो होला र ?”
बच्चा, केटाकेटी र चाउचाउ 
एमएसजी हालिएको चाउचाउ बच्चाहरुलाई खुवाउनु हुँदैन भनेर अन्तरास्ट्रिय खाद्द्य बिशेश्ग्यहरुले भन्दै आएका छन्। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका निर्देशक डा. टीकाबहादुर कार्कीको भनाइमा एक बर्षमुनिका बच्चालाइ एमएसजी मिश्रित चाउचाउ खान दिनु हुँदैन। खुवाएमा क्यान्सरजस्तो भयानक रोग लाग्न सक्ने सम्भावना छ।
त्यसैले खाद्य ऐन २०२३ अन्तर्गत खाद्यवस्तुको गुणस्तर निर्धारणसम्बन्धी २०५७ मा प्रकाशित राजपत्रमा, १२ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि बनाइएको चाउचाउ भएमा एमएसजी अनुपस्थित हुनुपर्ने उल्लेख छ। त्यसमाथि एमएसजी हालिएको चाउचाउको लेवलमा चाहिं सो पदार्थ हालिएको हुनाले १२ महिना भन्दा कम उमेरका बच्चाले खानुहुँदैन भनेर लेख्नु पर्ने प्रावधान छ।
उपयुक्त प्रावधानअनुरुप कतिपय नाम चलेका चाउचाउ कम्पनीले सो जानकारी लेबलमा उल्लेख गरेको देखिन्छ तर ती जानकारी उपभोक्ताको नजर नपर्नेगरी अत्यन्तै साना अक्षरमा अंग्रेजीमा लेखिएको पाइन्छ। धेरै जसो चाउचाउको लेबलहरुमा एमएसजी भएको उल्लेख छ तर कति मात्रामा एमएसजी हालिएको छ भन्ने उल्लेख गरिएको छैन। “नियमले नपाउने भए पनि तयारी चाउचाउको लेबलमा सबैकुरा उल्लेख नगरेर ‘ट्रेड सेक्रेट’ गर्ने गरेका छन्।”, खाद्य अनुसन्धान अधिकृत उर्मिला जोशी बताउँछिन।
बच्चाको स्वास्थ्यका लागि अत्यन्त प्रतिकुल हुनसक्ने एमएसजीको सन्दर्भमा उपभोक्ता मंच र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग अहिलेसम्म उदासिन भएको स्पष्ट देखिन्छ। तर त्यसको परिणाम कस्तो हुने हो अनुमान गर्न पनि गार्हो छ।
अनुसन्धान र परिणाम
त्यसो त खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले प्रकाशित गरेको वार्षिक बुलेटिनमा (२०५८-२०५९) तयारी चाउचाउका नमुना संकलन गरिएका ७१ प्याकेटहरुमध्ये १४ प्याकेट गुणस्तरहीन भएको बताइएको छ। ती गुणस्तरहीन चाउचाउका प्याकेटहरुमा प्रोटिनको मात्रा अत्यन्त न्यून र चिस्यान (पानी) को मात्रा अत्याधिक भएको पाइएको थियो। यद्धपि सो अनुसन्धानका क्रममा एमएसजी परीक्षण गरीए/नगरिएको भने बताइएको छैन।
त्यसैगरी चाउचाउको लेबलहरु ऐनअनुरुप भए/नभएको जाँच्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले गरेको अनुसन्धानमा बजारमा उपलब्ध ४३ वटा फरक-फरक चाउचाउका लेबलहरुमध्ये १३ वटा चाउचाउका लेबलहरु ऐन नियम अनुसार नभएको बताइएको छ। तर तिनलाई कानुनि कारबाही गरिएको सन्दर्भमा केहि उल्लेख्ख गरिएको छैन। किनभने सोहि विभागका कानुन अधिकृत गोविन्द केसी गतवर्ष न्यू मयूर चाउचाउ र हिमालय स्न्याक्स एण्ड नुडल्स मात्र तिनको लेबल र गुणस्तरको कमिको कारण कारबाहीका लागि मुद्दा चलाइएको बताउँछन्। तर अरुको हकमा कानुनि कारबाही के गरियो त भन्ने प्रश्नको जवाफ भने विभागसंग छैन।
खाद्द्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले खाद्य उद्ध्योग स्थापना, सिफारिस र अनुज्ञापत्र लिँदा अपनाउनुपर्ने कार्यविधि र समय सीमा निर्धारण गरेको छ। तर सो कार्यविधि अनुसार केबल ९ वटा तयारी चाउचाउ उद्ध्योगहरुले मात्र अनुज्ञापत्र प्राप्त गरेका छन्। अनुज्ञापत्र प्राप्त नगर्ने र तिनलाई बेवास्ता गर्ने कैयौं उद्ध्योगहरु छन्। तिनलाई कानुनि कारबाही गर्ने कुरा त परे छाडौं कारबाहीको प्रक्रियासमेत अगाडी बढाइएको छैन।
त्यतिमात्र होइन, तयारी चाउचाउको गुणस्तर परिक्षण गर्दा सो विभागको खाद्य निरीक्षकले बजारबाट कहिलेकाहीं रयानडमलि चाउचाउको नमुना संकलन गरेर ल्याउछन र तिनको मात्रै गुणस्तर परिक्षण गरिन्छ। यसरी अनियमित र रयानडमलि चाउचाउको गुणस्तर जाँच गरे स्वास्थ्यबर्द्धक चाउचाउ पाउन गार्हो पर्ने धारणा खाद्यविज्ञ इन्दिरा शर्माको छ।
खाँचो: दबाब र चासोको 
हुनत खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागमा तयारी चाउचाउको एमएसजी परिक्षण गरिने गरेको बताइन्छ। तर सो विभागका गुणस्तर नियन्त्रण प्रमुख गंगाप्रसाद मानन्धर भने प्रयोगशालामा एमएसजी भए/नभएको हेरिने गरे पनि त्यसको मात्रा भने परिक्षण नगरिएको बताउँछन्। उनको भनाइमा, “एमएसजीको गुणस्तर मात्र परिक्षण गरिन्छ। तर मात्राको परिक्षण गरिएको छैन।” त्यतिमात्र होइन, तयारी चाउचाउको लेबलमा इन्ग्रीडेन्टलगायत १२ महिना मुनिका बच्चाले खान नहुने जानकारी समेत अंग्रेजी भाषामा नै लेखिने गरेको छ। तर न्यून साक्षरता र अंग्रेजी भाषामाथिको पहुँच कम भएको नेपालमा ती चाउचाउ लेबलहरु पढेर उपभोक्ताले कति नै बुझ्लान र। उपभोक्ता मंच नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ चाउचाउको लेबलमा नेपाली र अंग्रेजी दुवै भाषामा सबै कुरा उल्लेख गर्नुपर्ने आवश्यकता औल्याउञ्छन। फलतः स्वदेश वा बिदेशी सबैलाई आफुले उपभोग गर्ने चाउचाउको इन्ग्रीडेन्टका बिषयमा जानकारी होस्।
सबै खाद्यविज्ञहरु उपभोक्ताको सशक्त अनुगमन, दबाब, सुविधा सम्पन्न प्रयोगशालाको अभावमा तयारी चाउचाउ उद्ध्योगहरुको मनपरी कायम रहने बताउँछन्। तर उपभोक्ता संरक्षण ऐन २०५५ र खाध्य गुणस्तर ऐन २०२३ को कार्यान्वयन नभएर यस्तो स्थिति उत्पन्न भएको राय कतिपय कानुनविद्हरुको छ। ती ऐनअनुसार गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने र आफ्ना उत्पादन तयार पारेर तिनको पूर्ण जानकारी लेबलमार्फत नदिने उद्ध्योगहरुलाई सजायस्वरूप जरिवाना र क्षतिपूर्ति तिराउन सकिन्छ।
उपभोक्ता संरक्षण ऐन अनुरुप ७५ जिल्लामा क्षतिपूर्ति समितिको संयोजक प्रमुख जिल्ला अधिकारि र सदस्यहरु नागरिक समाजका प्रतिनिधि रहने व्यवस्था गरेपनि यसखालको समिति कहिँ पनि अस्तित्वमा नरहेको उपभोक्तामंचको दाबी छ। मंचका अध्यक्ष्य श्रेष्ठ भन्छन, “उपभोक्ता संरक्षण ऐन २०५५ मा उपभोक्ता अदालतको व्यवस्था नभएसम्म तयारी खाद्य उद्ध्योगहरुको स्वेछाचारिता जारी रहनेछ।
उसो त खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका निर्देशक डा टिकाबहादुर कार्कीको विचारमा, “एमएसजीको नियमित उपयोगले साना नानीहरूमा त्यसको लत लाग्ने, चाउचाउ बाहेक अन्य खाजा खान मन नलाग्ने र लामो समयको नियमित प्रयोगले नानीहरूमा कुपोषणको कारण उत्पन्न हुने रोग लाग्न सक्छ।”
भनिन्छ, रोगको उपचार गर्नुभन्दा रोग रोग लाग्न नदिनु निको। तयारि चाउचाउमा हालिएको एमएसजीका कारण कष्टसाध्य बिरामी भएर उपचार गराउनुभन्दा केटाकेटीलाई अजिनोमोटो नभएको तयारी खाजा खुवाएर दीर्घजीवी बनाउन जाती हुने सुझाव खाद्यविज्ञहरुको छ।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis