बेइजिङ , आश्विन ७ - हाँस्नु स्वास्थ्य र व्यक्तित्वका लागि राम्रै भए पनि कहिलेकाहीं समस्यामा पनि परिन्छ । परिस्थितिको संवेदनशीलता र गम्भीरतालाई विचार नगरी मुस्कुराउँदा एक चिनियाँ सरकारी अधिकारीले जागिरै गुमाउनुपर्यो ।
चीनको सांक्सी प्रान्तमा भएको भयंकर सवारी दुर्घटना स्थलमा हाँस्दा सुरक्षा अधिकारी याङ डकाईले जागिर गुमाएका छन् । उनलाई सम्पूर्ण सरकारी जिम्मेदारीबाट मुक्त गरिएको छ । गत २६ अगस्टमा भएको यो दुर्घटनामा ३६ जनाको ज्यान गएको थियो ।
दुर्घटनास्थलमा मुस्कुराइरहेको उनको तस्बिर इन्टरनेटमा सार्वजनिक भएको छ । केही तस्बिरमा उनलाई महँगो घडी लगाएको देखेपछि नागरिक समाज झनै आक्रोशित बनेका हो । यो मामिलाको जाँच गरिरहेका सुरक्षा अधिकारीले डकाईको व्यवहारलाई अनुचित ठहर गरेका छन् । उनले यसअघि पनि यस्तो व्यवहार गरेको बारे पनि उनीहरूले छानविन गरिरहेका छन् । 'म भारी मनले दुर्घटनास्थल पुगेको थिएँ, जानकारी दिइरहेका कनिष्ठ अधिकारी नर्भस देखिएका थिए,' सर्वत्र आलोचित डकाईले भने, 'म उनीहरूलाई सामान्य बनाउन खोजिरहेको थिएँ, यस्तै कुनै क्षण म आरामको मुडमा आएर त्यस्तो हुन गएको हो ।' वैध आयले घडीहरू किन्ने गरेको उनले सफाइ दिएका छन् । उनले आफूसँग सबभन्दा महँगो घडी ५ हजार ५ सय ५० डलरको भएको बताएका छन् । यसअघि विश्व- विद्यालयका छात्रले प्रान्तीय वित्तीय सूचना विभागसँग डकाईको वाषिर्क आय सार्वजनिक गर्न माग गरेका थिए । यसलाई स्विरिएन । जे भए पनि संसारमै मुस्कुराएकै कारणले जागिर गुमाउने सम्भवतः डकाई पहिलो सरकारी कर्मचारी होलान् ।
एजेन्सी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !