CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पूर्वराजाले हात जोड्दै भने- 'छोराका लागि अझै प्रार्थना गरिदिनुहोस्'

पूर्वराजाले हात जोड्दै भने- 'छोराका लागि अझै प्रार्थना गरिदिनुहोस्'

Gyanendra
काठमाडौं, वैशाख ८ - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको प्रार्थनाका कारण छोरा पारसको उपचार सफल भएको बताएका छन् ।
हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छोरा पारस भेटेर आइतबार फर्केका पूर्वराजाले भने, 'अझै प्रार्थना गरिदिनुहोस्, छोरालाई राम्रो
होस् ।'
'नेपाली जनता र थाई चिकित्सकको अथक प्रयासले छोराको स्वास्थ्यमा धेरै सुधार आउको छ, अझै केही न केही सुधार आवश्यक छ,' हात जोड्दै त्रिभूवन विमानस्थलमा पूर्वराजाले भने, 'नेपाली जनताको प्रार्थना, सदभावना र तपाईंहरु (पत्रकार)को जिज्ञासाले छोराको स्वास्थ्यमा सुधार आएको छ, प्रार्थना अझै गरिदिनुहोस् राम्रो होस् ।'
ज्ञानेन्द्रले पारस अझै केही दिन बैंककमै रहने जानकारी दिए । 'मैले उसलाई रिहृयाब सेन्टरमा राखेर आएको छु,' उनले भने, 'अझै केही हप्ताका लागि बस्नुपर्छ ।'
नेपालमा राजतन्त्र अन्त्यपछि बैंकक बस्दै आएका पूर्वयुवराज पारस शाह गत फागुन ८ गते हृदयघात भएपछि अस्पताल भर्ना भएका थिए । पारसलाई हृदयघात हुँदा बाराको सिमरामामा रहेका पूर्वराजा फागुन १६ गते पत्नी कोमलसहित बैंकक गएका थिए ।
गम्भीर अवस्थाको हृदयघात भएका पारसको स्वास्थ्य सुधार भएको छ । यद्यपी उनी अहिले बैंककस्थित पुनःस्थापना केन्द्रमा छन् ।
पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनातिना पनि आइतबार नै थाई एयरबाट स्वदेश फर्किएका छन् । पूर्वराजाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा राजावादी उपस्थित थिए ।
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis