CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बच्चा जन्माउने बालिकाको उमेर ९ होइन, १२-१३

बच्चा जन्माउने बालिकाको उमेर ९ होइन, १२-१३


मेक्सिको– मेक्सिकोमा गत साता बच्चा जन्माउने बालिकाको उमेर नौ वर्षीया भनिएकोमा उनको उमेर नौ वर्ष नभई कम्तीमा पनि १२ वा १३ वर्ष भएको चिकित्सकहरुले जनाएका छन् ।  उनले नौ वर्षकै उमेरमा बच्च जन्माएको प्रचार यसअघि आएको
थियो । सो कुराको जानकारी उनको परिवारले नै दिएको थियो । तर अनुसन्धानबाट उनको उमेर १२ वा १३ वर्ष रहेको पाइएको पछिल्लो समाचारमा जनाइएको छ ।
मेक्सिकोको जालिस्को राज्यकी ती बालिकाले अस्पतालमा छोरी जन्माएकी स्थानीय अधिकारीहरुले जनाएका छन् । गएको २७ जनवरीमा उनले स्थानीय अस्पतालमा छोरीको जन्म दिएकी हुन् ।   
ती बालिकाको श्रीमान भने १७ वर्षको रहेको भनी यसअघि बताइएकोमा त्यसो नभई उनलाई आफ्नै सौतेलो बुबाले गर्भवती बनाएका पनि सो अनुसन्धानबाट पत्ता लागेको छ ।   
जालिस्का जिल्लाका सरकारी वकिलले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् । सरकारी वकिल थोमस कोर्नाडोले भने, ‘उनका पतिको खोजी गर्ने क्रममा यो पत्ता लाग्यो कि उनलाई आफ्ना सौतेलो बुबाले नै गर्भवती बनाएका थिए ।’   डिएनए परीक्षणबाट सो कुरा पत्ता लागेको जानकारी उनले सो पत्रकार सम्मेलनमा दिए । उनीमाथि यौन शोषण भएको पनि पत्ता लागेको छ ।  
यसअघि ती बालिकाको श्रीमान १७ वर्षको रहेको भन्दै उसको खोजी भएको थियो । तरपनि उनको खोजीका क्रममा केही नयाँ तथ्य पत्ता नलागेपछि प्रहरीले उनको सौतेलो बुबाको डीएनए परीक्षण गरेको थियो ।  
उनीमाथिको यौन शोषणका बारेमा उनको ४४ वर्षीया पिताले आरोप स्वीकारिसकेका छन् । मेक्सिकोको कानुनअनुसार उनलाई १२ देखि २० वर्षसम्मको जेल सजाय हुनसक्छ ।   
हाल ती बालिका र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उनलाई एक संरक्षण गृहमा राखिएको पनि ती अधिकारीले बताए । रासस/एएफपी   
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis