CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » एनसेलसँग सबै* दङ्ग ( * = ग्राहक बाहेक ???)

एनसेलसँग सबै* दङ्ग ( * = ग्राहक बाहेक ???)


मदनमणि अधिकारी-

एनसेल, सीम बिक्री संख्याको दृष्टिले देशको सबै भन्दा ठूलो जीएसएम मोबाइल सेवा प्रदायक हो। राज्यको लगानी रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भन्दा धेरै ग्राहक आधार छ एनसेलसँग। दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन सूचना रिपोर्टले पनि नेपाल टेलिकम भन्दा एनसेलको ग्राहक आधार धेरै रहेको देखाएको छ। तर यस्तो ठूलो कम्पनीले घोषणा गरेको पुरस्कार भने विश्वसनीय छैन। एनसेलको उपहार योजनाको विशेषता धेरै छन्। एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइराला एनसेलले घोषणा गरेको सबै पुरस्कारको राशी जति हो त्यति नै विजेताले पाउने बताउँछिन्। पुरस्कार बापत सरकारलाई तिर्नुपर्ने कर एनसेलले नै तिरिदिन्छ। त्यो सँगैको एनसेलको उपहार योजनाको महत्वपूर्ण विशेषता हो त्यो कसैले पनि नपाउन सक्छ। किनभने यस भन्दा अगाडिको बम्पर पुरस्कार हुण्डाइको कार पनि कसैले पाएको थिएन।
नपाउन पनि सकिन्छ
भदौ ३१ बाट लागु हुने गरि एनसेलले १० साताको लागि नयाँ उपहार योजना र्सार्वजनिक गरेको छ। यसको विवरण यहाँ हेर्नुहोला। एनसेलले यस भन्दा अगाडि पनि साप्ताहिक ५० रुपैंया खर्च गर्नेका लागि बम्पर उपहार कार, १० लाख र मोटरसाइकल पर्ने गरि ‘एनसेलसँग सबै दंग’ उपहार योजना ल्याएको थियो। फेब्रुअरी २६ देखी अप्रिल १४ सम्म चलेको योजनामा सात साता सम्म लक्की ड्र भए। एनसेलले राखेका उपहारहरु विभिन्न नम्बरलाई परे। तर साँच्चिकै ती उपहार पाउने र बोक्ने हात भने निक्कै कम थिए। बानेश्वरको एरभेष्ट होटलमा गरिएको लक्की ड्रका क्रममा केहीले उपहार पाए। तर सोल्टी होटलमा धुमधडाकासँग खोलिएको बम्पर उपहार भने कसैको हात परेन। वैशाख ४ गते एनसेलले बम्पर पुरस्कार घोषणा गरेको थियो। लक्की ड्र गरेर घोषणा गरिएको बम्पर पुरस्कार पाउने नम्बर ०७००६१६६२९० थियो। जसले एनसेलले राखेको दँग पर्ने उपहार हुण्डाइ कार पाउनेवाला थियो। त्यस्तै ०७००३४९८९४२ नम्बर भएकाले मोटरसाइकल र ०७००१७२४४६६ ले १० लाख। तर एनसेलले घोषणा गरेको बम्पर पुरस्कार कसैले पाएन। एकलाख, एलसीडी टिभी, आइप्याड, ब्ल्याकबेरी फोन परेको विज्ञापनहरु पत्रिकामा देखिए। तर लामो समय सम्म पनि एनसेलले बम्पर पुरस्कार परेकाहरुलाई न पुरस्कार हस्तान्तरण गरेको गर्‍यो। न पत्रिकाहरुले नै कसलाई पर्‍यो भनेर नै फलोअप गरे।
त्यतिखेर एनसेलले सात साता सातामा ५० रुपैंया खर्च गर्ने ग्राहकलाई एसएमएस मार्फ एक विशेष नम्बर दिने गरेको थियो। जसलाई लक्की ड्र गरेर विजेता बनाउने नियम थियो। ६ साता सम्म एनसेलले लक्की ड्र गरेर नगद एक लाख, एलसीडी टेलिभिजन, आइप्याड, ब्ल्याकबेरी स्मार्टफोन साथै पाँचसय जनालाई मेन ब्यालेन्स एक हजार दिने गरेको थियो। तर बम्पर पुरस्कार परेको न कसैले दाबी गर्‍यो न एनसेलले नै पत्ता लगाएर बोलाउने चेष्टा नै। दँग पार्ने भनेको उपहार साँच्चि नै दँग पार्दै ‘खरायोको सिङ’ भयो।
के भन्छ एनसेल?
एनसेलले सँधै र सबै उपहार योजनामा एउटा सर्त राखेको हुन्छ, त्यो हो आफ्नै नाममा रजिस्टर भएको सिम हुनुपर्ने। दँग पार्ने योजनामा पनि एनसेलले उपहार पाउनका लागि आफ्नै नाममा रजिस्टर भएको सिम हुनुपर्ने बताएको थियो। सायद त्यही कारणले होला उपहार दाबी गर्न नै कोही आएन भन्छिन् एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइराला। ‘सायद उहाँले अरुको नाममा रजिस्टर भएको सिम चलाउनु भएको थियो होला, त्यसैले दाबी गर्न आउनुभएन।’ उनले कोही पनि उपहार दाबी गर्न नआएका कारण बम्पर उपहारको कार कसैलाई नदिएको बताइन्। यस अघि आफ्नो ग्राहकसंख्या ७० लाख पुगेको अवसरमा एनसेलले ७ भाग्यशाली ग्राहकहरुलाई जनही १० लाखका दरले ७० लाख पुरस्कार प्रदान गरेको थियो। त्यसमा श्याम कुमारी चौधरी, किशोर रोक्का, रामचन्द्र मण्डल, भिम कुमारी, परमान्द चौधरी, तुलमाया तामाङ र दुर्गाबहादुर लामाले १० दश लाख पाएका थिए।
कसैले छोड्छ कार पुरस्कार?
हुण्डाइ कारलाई कम्तिमा पनि १६ १७ लाख त पर्ला नै। एनसेलमा कार पर्ने मानिसले आफ्नो नाममा सिम छैन रहेछ भने पनि कारका लागि जसको नाममा सिम छ त्यसलाई त खोजेर ल्याउँथ्यो होला। तपाइँहरु आफै भन्नुस त्यत्रो कार नै परेपछि अरुको सिम चलाएको भन्दै मानिस घरमा बस्थ्यो होला?






By mysansar, on September 17th, 2012-

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis