सुरुमा कुन भिआइपीको सवारी हो भनी अन्योलमा परेका शिवसेनाका कार्यकर्ता प्रचण्ड भन्ने थाहा पाएपछि राजतन्त्रको पक्षमा नाराबाजी गर्न थालेका थिए । त्यतिबेला पूर्व राजाको गाडी अगाडी हुँइकिसकेको थियो । तर, प्रचण्डको गाडी बीचमा परेपछि उनलाई क्रस गराउन सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको खबर सौर्य दैनिकले छापेको छ । उनको सुरक्षार्थ खटेका सुरक्षाकर्मीले गाडीबाट ओर्लेर नै व्यवस्थापन गर्नुपरेको थियो ।
प्रचण्ड कास्कीको अन्तुडाँडा स्थित पिस ड्रागन लजमा बसेका थिए । उनको पोखरा भ्रमणको उद्देश्य भने खुल्न सेकेको छैन् ।
--online khabar

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !