११
असोज, अमेरिका । सन् २०१४ को इडिभीका लागि आउँदो साता फारम खुल्ने भएको छ ।
नेपाली समयअनुसार मंगलबार राती पौने दशबाट अमेरिकाको डाइभर्सिटी भिसा
कार्यक्रममा सहभागी हुन सकिनेछ । अक्टोबर २ मा सुरु हुने यो चिठ्ठा
कार्यक्रम नेपाली समयअनुसार सन् २०१२ नोभेम्बर ३ तारिख शनिबार राती राती
पौने दश समाप्त हुने अमेरिकी विदेश-विभाग
(स्टेट डिपार्टमेन्ट) ले जनाएको छ
। डिभीको आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो ।
डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार
विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार-प्राप्त ‘ग्रिनकार्ड’ पाउँछन्
। बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक,
इक्वेडर, एल साल्भाडोर, हैटी, भारत, जमाइका, मेक्सिको, पाकिस्तान, पेरू,
फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (नर्दर्न आयरल्यान्डबाहेक) तथा
यसका अधिनका भू-भाग र भियतनामका नागरिकले डिभीमा सहभागी हुन पाउँदैनन् ।
हङकङ, मकाउ र ताइवानमा जन्मेको व्यक्तिले डिभीमा सहभागी हुन पाउँछ ।
डिभीको परिणाम सन् २०१३ मे १ मा निस्कन
थाल्ने विभागले जनाएको छ । अमेरिकाको कंग्रेसले सन् १९९० मा डाइभर्जिटी
भिसा प्रोग्राम ल्याएको हो । योभन्दा सजिलो कुनै अरु उपायले अमेरिकाको
स्थायी बासिन्दा हुने आधार छैन । चिठ्ठाका लागि स्नातक तह मात्र पुरा भएको
हुनुपर्छ । विशेषज्ञता चाहिन्न । चिठ्ठा परे पनि अन्तर्वार्ता, उसको
पृष्ठभूमी र स्वास्थ्य हेरिन्छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !