CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » यौन तरंगमा नयाँ पुस्ता

यौन तरंगमा नयाँ पुस्ता

आँखामा आवेग, हातमा निला सिनेमा, शरीरमा उल्लास र खुट्टामा चञ्चलता- नयाँ पुस्ता आफ्नै शैलीको जीवनमा मस्त छ। सेक्स उसका लागि खेलमात्रै हो, सम्बन्ध शाररीक आवश्यकता। हामी जे सोच्दै छौँ, त्यो भन्दा बेग्लै छ नयाँ पुस्ताको व्यवहार। समाज सोचेभन्दा छिटो रूपान्तरित हुँदै छ। तर, यो रूपान्तरण कहाँ पुगेर टुंगिने हो, त्यसको पत्तो छैन। तन्नेरीहरूको यौनजीवनमा शुक्रवार टिमको ताँकझाँक- विवरण : 

केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप सार्वजनिक भएको थियो। यसमा युवा जोडीहरू 'किस कम्पिटिसन'मा थिए। कसले लामो समय किस खान सक्ने भन्दै केटाहरू केटीका ओठ चुसिरहेका थिए। यो भिडियो क्लिप हेरेर छक्क पर्नेहरूलाई यस्तै प्रतिस्पर्धा सेक्समा पनि हुन्छ भन्दा पत्यार नलाग्न सक्छ। तर, अहिले शहरका अल्लारेहरूले यसलाई नयाँ 'गेम' बनाएर प्रतिस्पर्धा गरिरहेका छन्।
नयाँ पुस्ता हरेक क्षेत्रमा 'प्रयोगवादी' हुँदै गइरहेको छ। सेक्सको मामलामा पनि उनीहरू पछि परेका छैनन्। प्रविधिसम्पन्न छन् उनीहरू। हरेक प्रकारका ग्याजेट बोक्छन्। मोबाइल त साधारण कुरा भइहाल्यो। सबैका मोबाइलमा नीला फिल्महरू टन्न भरिएका हुन्छन्। उनीहरू सामूहिक सेक्सका दृष्यलाई पछ्याई मात्रै रहेका छैनन्, सम्भोगका नयाँ-नयाँ तरिका पनि ट्राई गरिरहेका छन्। 
कक्षा १२ मा पढ्दै गरेका सविन राईको कथा सुन्ने हो भने सेक्सका मामिलामा नयाँ पुस्ताले कति छलाङ मारिसकेछ, जिब्रो टोक्नुपर्ने हुन्छ। यो बर्खे विदामा उनी र उनकै मिल्ने साथी विवेकले सुन्नेलाई अनौठो लाग्ने खालको यौनसम्बन्ध कायम गरे। बास्केटबल खेलाडी बताउने उनीहरूले सेक्सलाई पनि गेममै बदलिदिए। म्याच खेल्दा एउटै टिममा रहने यी दुई तन्नेरीले बाजी थापे- कसलाई धेरै आसनमा सेक्स गर्न आउँछ भनेर। आ-आफ्ना गर्लफ्रेन्डलाई फकाएर धुलिखेल पुर्‍याए। त्यसपछि एउटै रुममा दुई जोडीले विभिन्न तरिका अपनाउँदै यौन आनन्द लिए। सविन भन्छन्, 'सुरुमा अलि अप्ठेरो लाग्यो। तर, ग्रुपमा च्यालेन्ज दिएर मजा लिँदा निकै रमाइलो भयो।' 
सामूहिक सेक्समा रमाउने अर्को समूह पनि भेटेको थियो शुक्रवारले। यो ग्रुपले साप्ताहिक रूपमा नियमित सामूहिक यौन सम्बन्ध राख्छन्। बजारमा आएको नयाँ ब्लु फिल्म सिडी खरिद गरेर उनीहरू होटलमा पुग्छन्। बाँकी व्यवस्था होटेलले नै मिलाइदिएको हुन्छ। डेक सहितको २१ इन्चको रंगिन टेलिभिजनमा ब्लु फिल्म प्ले हुन थालेपछि साउन्ड म्युट गरेर उनीहरू मस्ती गर्न थाल्छन्। खानेकुरा कोठाभित्रै व्यवस्था गरिएको कोठामा ताल्चा मारिएको हुन्छ। 'टेस्ट इन टाउन' भन्दै उनीहरू आलोपालो फिल्ममा देखाइएजस्तै एकैपटक दुईजनाले एकजनालाई सेक्स गर्छन्। 
आधुनिकतासँगै यौन चाहना पूरा गर्ने माध्यम र तरिका पनि बदलिएका छन्। कोही हेरेर आनन्द लिने हुन्छन् त, कोही हेरेको कुरालाई व्यवहारमा उतारेर। 
कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दीपा आफ्नो सेक्स पार्टनरसँग सेक्स गर्दा यौनजन्य क्रियाकलापबारे खुलेर कुरा गर्छिन्। भन्छिन्, 'म मेरो ब्वाइफ्रेन्डसँग खुलेर यौनका कुरा गर्छु, सम्पर्कका बेला त झन् धेरै कुरा गर्न मन लाग्छ। कुरा गरिसकेपछि सेक्स गर्दा निकै मजा आउँछ।' सम्भोगका परम्परागत आसनमा आफूलाई त्यति आनन्द नआउने बताइन् उनले। यौनसम्पर्कअगाडि गरिने फोरप्लेलाई पनि उनले निकै महत्व दिने गरेकी छिन्। उनी यति उदार लाग्थिइन् कि उनको अनुहारमा लाजको कुनै रेखा देखिएन। उनकै साथी निशा भने यो मामिलामा फरक देखिइन्। एस/नो पारामा प्रश्नको उत्तर दिने उनलाई गोप्यतामै असली आनन्द लुकेको छ भन्ने लाग्छ। परम्परागत स्टाइलमै धेरै पटक ब्वाई फ्रेन्डसँग सम्पर्क राखेकी उनलाई पार्टनरले अन्य आसनको प्रयोग गर्न खोजे अप्ठ्यारो लाग्ने बताइन्।
सेक्सलाई दालभातजस्तै सामान्य रूपमा लिने २० वर्षीया सुषमा सेक्समा खुलेर कुरा गर्न नसक्नेहरू यौनकुण्ठित हुने ठोकुवा गर्छिन्। 'कुनै आसनमा केटालाई बढी आनन्द आउँछ होला, कुनैमा केटीलाई। त्यसैले कुरा त गर्नैपर्छ,' उनले भनिन्। प्रत्येक सम्पर्कमा फरक तरिका अपनाउनुपर्छ भन्ने सोच छ उनको। 'एउटै आसनमा मात्रै यौनसम्पर्क गर्नु सधैँ मम खानुजस्तै हो, के था नयाँ तरिकामा पिज्जाको पनि स्वाद हुन्छ कि?' उनले उदाहरणसहित बताइन्। परम्परागत आसन केटाको आनन्दका लागि मात्र भएको उनको दाबी थियो। उनीसँगै बसिरहेका उनका ब्वाईफ्रेन्ड मुस्कुराइरहेका थिए। नर्सिङ पढिरहेकी उनले सेक्सलाई शारीरीक सुन्दरता र स्वास्थ्यसँग पनि जोडेर हेरिन्। 
अठार वर्षीया रमिलालाई भने परम्परागत र आधुनिक दुवै तरिकाबाट सेक्स गर्न रमाइलो लाग्छ। उनको मनपर्ने आसन भने 'डगी' हो। उनी त्यसमा कम्फर्टेबल फिल गर्छिन्। उनी पोर्न मुभी हेर्न पनि रुचाउँछिन्। भन्छिन्, 'मेरो सेक्स पार्टनर पनि कुनै नयाँ मुभी आयो भने मलाई भन्ने गर्छ। दुवैलाई मन पर्‍यो भने त्यो स्टाइल पनि अपनाउन कुनै गाह्रो हुँदैन।' 
बाइस वर्षीया वन्दना भने आफ्नो सेक्स पार्टनरले मुखमैथुनबाट आनन्द आउने बताएका कारण यसलाई नै प्राथमिकता दिने गरेको बताउँछिन्। उनी भन्छिन्, 'उसले पनि फोरप्लेमा मलाई त्यसरी नै गर्ने गरेकाले मैले पनि उसलाई मनपर्ने मुखमैथुन गरिदिने गरेकी छु। यसको मतलब सेक्स नै हुँदैन भन्ने होइन,' उनी भन्छिन्, 'सुरुमा मलाई 'त्यसको' टेस्ट नै मन पर्दैनथ्यो, तर अहिले त मलाई पनि रमाइलो लाग्न थालेको छ।' 
एकपटक तीन जोडी एउटै रुममा बस्नुपरेको बेलाको रमाइलो कथा सुनाउँछिन्, सरु। 'म, मेरो ब्वाईफ्रेन्ड र अन्य दुई जोडी कक्षाकै साथीहरू घुम्न निस्किएका बेला साँझ फर्कन असाध्यै ढिलो भयो। त्यसैले सबैले मेरै ब्वाईफ्रेन्डको रुममा बस्ने निर्णय गर्‍यौँ। एउटा खाट अनि तीन जोडी, को कहाँ सुत्ने भनेर एकछिन त अलमल्ल परियो। पछि आइडिया निस्किहाल्यो नि। एउटै ठूलो ओछ्यान लगाउने अनि तीन जोडी एकै ठाउँमा सुत्ने।' उनका अनुसार जोडी बनेर सुतेका उनीहरू साथी छन् भन्ने महसुस नै नगरी आफ्नो जोडीसँग रमाइलो गर्न थाले। यसरी पहिलो पटक ग्रुपमा सेक्स भएको उनले बताइन्। 'त्यो दिन बाध्यता थियो,' उनले भनिन्, 'पछि चाहिँ कतिपटक योजना बनाएरै त्यसरी साथीकोमा बसियो।' 
कक्षा १२ मा पढ्ने सरिनाले अहिलेसम्म सेक्समा इन्भल्ब नभए पनि पोर्न मुभी हरेर आनन्द लिइरहेको बताइन्। उनले आफूमात्र नभई आफ्नो कक्षाको केटा वा केटी जुनसुकै साथीलाई पनि मोबाइलबाट देखाउने र उनीहरूले चाहेमा सेन्ड पनि गरिदिने गरेकी छिन्। 
काठमाडौं बागबजारका विकास कार्की (नाम परिवर्तन) ले एक वर्षअघि प्रेमिकासँग यौनसम्पर्क राखेका थिए। ११ कक्षामा प्रवेश गर्नासाथ सेक्सको स्वाद लिन मन लागेपछि प्रेमिकासँग उनले सम्बन्ध राखेका हुन्। भन्छन्, 'हामी नियमित रूपमा सेक्स गर्छौं।' भर्खर १८ वर्ष पुगेका कार्कीले कम्तीमा महिनामा एक पटक आफ्नी प्रेमिकासँग यौन सम्बन्ध राख्ने गरेका छन्। अरूबेला हस्तमैथुनको सहारा लिने गरेका छन्। पराम्परागत आसन नै उनका लागि आनन्ददायी हुने गरेको छ। 'विभिन्न आसनमा हामीले प्रयास गरेका छौँ तर अन्य आसन गाह्रो हुने भएकाले हामी समय मिलाएर कोठामै प्राकृतिक आसनको सेक्समा बढी सन्तुष्ट हुन्छौँ,' उनले भने। उनी प्रेमिकालाई मुखमैथुनका लागि राजी गराउँछन्। 
अमेरिकी अभिनेता स्टिभ मार्टिनकोे 'सेक्स त्यस्तो चीज हो जसलाई किनेर उपभोग गर्न सकिन्छ' भन्ने अभिव्यक्तिका पछाडि दौडने किशोरहरू पनि कम छैनन्। 'पहिलो अनुभव त सुन्धाराको गेस्टहाउसमा नै लिएको हो,' मित्रपार्क बस्ने १९ वर्षीय दीपक भन्छन्, 'अहिले त बानी परेर होला, ब्लु फिल्ममा देखाएको आसनमा सेक्स गरिएन भने आनन्द नै आउँदैन।' 
सेक्सलाई दैनिक उपभोग्य वस्तु ठान्ने किशोरकिशोरी थुप्रै छन्। तर, यसले निम्त्याउन सक्ने सम्भावित स्वास्थ्य तथा शारीरिक समस्याबारे भने उनीहरू सतर्क छैनन्। कुराकानीका क्रममा स्वास्थ्य समस्याबारे उनीहरू सजग रहेको पाइएन। सबैले सेक्सलाई रमाइलोको दृष्टिले लिए तर अपरिपक्व उमेरमा राखिने रिलेसनका कारण मानसिक असरसम्मको जोखिम हुने सेक्सोलोजिस्टहरू बताउँछन्। वरिष्ठ सेक्सोलोजिस्ट डा. सुबोधकुमार पोखरेल भन्छन्, 'सेक्सका समस्या यति धेरै आउने गर्छन् कि त्यसले मानसिक असर परेका किशोरकिशोरी पनि पाइएका छन्। त्यसबाहेक शारीरिक समस्या, यौनांगका समस्या भएका पनि उत्तिकै छन्।' उनका अनुसार नियमित हस्तमैथुन, नियमित र ज्यादा सेक्सुअल रिलेसन राख्ने किशोरकिशोरीहरू शारीरिक तथा मानसिक जोखिमबारे सचेत छैन्न्। भन्छन्, 'देशमा विभिन्न ठाउँमा यस्ता समस्या देखा परेका छन्। सेक्सलाई फरक हिसाबले आनन्दका रूपमा लिने आयातीत शैलीका कारण समस्या बढेका छन्।' 



(अञ्जान स्वीकृति र डी विनोदको सहयोगमा )
नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis