होटललाई यौन क्रियाकलापको थलो बनाएको आरोपमा प्रबन्धक दिपक न्यौपानेलाई पनि पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले जानकारी दिए । उनीहरुलाई केही सार्वजनिक अपराध मुद्दा चलाउने उनले बताए । कास्की प्रहरीले दुई दिनअघि मात्रै सामाजिक अपराध नियन्त्रणका लागि चलाएको विशेष अप्रेसनका क्रममा जुवातास, अनैतिक क्रियाकलाप र गुण्डागर्दीमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो ।
जाल्पा रोड स्थित मुस्ताङ खाजाघरमा अनैतिक क्रिया कलाप गर्ने एक जोडी र होटल सञ्चालक पक्राउ परेका छन् । यस्तै विद्यालय पोसाकमा पोखरा–१३ भद्रकाली मन्दिर नजिकै जंगलमा अनैतिक क्रियाकलाप गर्दागर्दै एक जोडी छात्रछात्रा पक्राउ परेको प्रहरीले जनाएको छ ।
अप्रेसन जलकुम्भी अन्तर्गत गुण्डागर्दी गर्ने लेखनाथ–२ का पूर्णबहादुर गुरुङ र रामबहादुर गुरुङ पक्राउ परेका हुन् । यस्तै जुवातास खेल्ने पोखरा–८ का रामबहादुर तामाङ, लक्षमण खत्री, विशाल खत्री, बिनोद रानाभाट र चक्रबहादुर गुरुङ नगद २० हजार १ सय ५० सहित पक्राउ परेका छन् ।
