CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दिल्लीको बलात्कार र नेपाली बलात्कार फरक फरक

दिल्लीको बलात्कार र नेपाली बलात्कार फरक फरक


दि्ल्लीकी ‘दामिनी’ र हामी नेपाली


१६ डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो, सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए। मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा अवाज उठ्यो। एक प्रहरी हवल्दार र एक पत्रकार ले ज्यान गुमाउनु पर्यो । प्रधानमन्त्री मनमोहन सिंहले जनतालाई संयमता अपनाउनका लागी सम्बोधन गर्नु पर्यो। चर्चित खेलाडी देखि अमिताभ बच्चन, सलमान खान जस्ता कलाकारले समेत दोषीहरुलाई मृत्युदण्ड र जेलमै पिटी पिटी मार्नु पर्ने जस्तो अभिव्यक्ति दिए। यतिले नपुगेर तिहार जेलमा समेत यी पशुहरुमध्ये एकलाई त्यहाका अरु कैदीहरुले पिटेर “मलमुत्र” खान बाध्य पारे जसले गर्दा प्रशाशनले तिनीहरुलाई अर्कै “सेल” मा सार्न बाध्य भए। ती युवतीको उपचार हुँदाहुँदै सिंगापुरको अस्पतालमा मृत्यु भएपछि दिल्लीका साथै अरु सहरहरुमा पनि सर्वसाधारण आन्दोलनमा सरिक हुदैछन। यतिको व्यापक र “आक्रोशित ” जनसहभागिता वावजुद आन्दोलन शान्तिपूर्ण रहनु भनेको सो आन्दोलन कुनै राजनैतिक पार्टीको स्वार्थको लागी नभएर विसुद्ध नागरिक समाजको अगुवाइमा आम जनता स्वस्फुर्त उर्लेर आएको आन्दोलनको रुपमा लिन सकिन्छ। एउटा कुरा के प्रष्ट छ भने अब भारतीयहरु यस्ता अपराधलाई “अर्को तथ्यांक” को रुपमा स्विकार्न कदापि तयार छैनन्। 

यो प्रकरणमा न्यायपालिकाले विगत जस्तो अपराधीलाई फेभर गर्ने किसिमको केहि बर्षको कारागार सजाय मात्र तोक्न सजिलो पक्कै हुने छैन। अहिले सबैजना अदालतले के निर्णय गर्छ र सोको लागी सहजिकरण गर्न सरकारले वा संसदले कानूनमा कस्तो संशोधन लेराउछ- सोको व्यग्र प्रतिक्षामा छन । यदि मृत्युदण्ड फैसला भएमा त्यसको विरुद्दमा बोल्न वा पुनरावेदनमा जान कुनै मानव अधिकार आयोग वा अरु निकाय जनताको “रौद्र” मुड छिछोलेर अगाडी आउने सम्भावना न्यून छ। यौन हिंसाका घटनालाइ महिलाहरुको अशोभनीय “लवाई” संग जोडेर हेर्ने र बलात्कार हुँदा महिलालाई बढी दोष दिने समाजले यसपाली भने यस्तो बेतुकको तर्क गर्ने हिम्मत गर्न सकेका छैनन् ।
यसो भनिरहदा मलाई भोजपुरका यौन-हिंसा पिडित दुइवटा युवतीहरुको प्रसङ्ग सम्झना आयो र याहा उल्लेख गर्न मन लाग्यो । एउटा त यो दामिनी केस संग संगै एयरपोर्ट का “जनता सेवा गर्न बसेका” कर्मचारी र “जनताको सुरक्षा” गर्न तत्पर प्रहरी जवान बाट आर्थिक र यौन सोषण मा परेकी युवति भईन जसको चर्चा दिनहु पत्र-पत्रिका, फेसबुक आदिमा चलिरहेको छ । तरपनि भारतमा जस्तो आम नेपालीले यसलाई त्यति चासो दिएका छैनन्। महिला अधिकारवादी भनाउदाहरुले कुनै आन्दोलन गरेको थाहा छैन- बाहेक फोम्यालिटि पुरा गर्ने – “ओइ हेर न मेरो हिजो को प्रोटेस्ट को स्न्याप्सट आएछ नि!” भन्ने खालको घन्टे “फ़्यासनेबल आन्दोलन”। एउटा कुखुरा मर्दा सडक जाम गर्ने, एउटा आवारा ट्यापे बिरामी बोकेको गाडिमुनि आएर मर्दा अय्म्बुलेंस फुटाल्ने, एउटा राजनैतिक संरक्ष्ण पाएको अपराधी जेल मा मर्दा २ दिन बजार ठप्प पार्ने , गिनिज बुकमा नाम लेखाउनको लागी प्रशाशन ले अनुमति दिएको भएर सो क्रम मा जलेर मरेको लाइ सहिद भनि लेखाउन प्रशाशन घेराउ गर्ने जनतालाइ एउटा निरक्षर परिबन्धमा परेर विदेशिएकी चेलीको अस्मिता लुटिएको समाचारले खासै छोएन- छुदैन रहेछ!
अब दोश्रो भोजपुरे युवतीको प्रसङ्ग। यो आजभन्दा झन्डै ६ महिना अघि भोजपुरमा घटेको घटना हो र त्यति हाइलाइट नगरिएकोले हामीमध्ये धेरैलाई सो घटनाको सम्झना छैन होला । भोजपुर घर भै काठमाडौँको एक गुम्बामा भिक्षुणी भै बसेकी ति युवतीलाई संखुवासभा आइपुग्दा सबैजसो यात्रु ओर्लिसकेपछि बसका चालक र सहचालक सहित ४ जनाले पाशविक तरिकाले बलात्कार गरे र साथै उनीसंग भएको केहि पैसा पनि लुटे। ति अभियुक्तहरु समातिए, एक दुइ दिन हंगामा भयो, बसलाइ स्थानीयबासीले कब्जामा लिई प्रशाशन मा बुझाए र बसधनि ले क्षतिपूर्ति नदिएसम्म बस नछोड्ने भनियो। तर लगत्तै बस व्यवसायीहरुले आन्दोलन गरे- बस नछोडेसम्म २ दिन भोजपुर बन्द गरे- जनजीवन ठप्प भो। उल्टो प्रशाशन ले गाडी छोड्नु पर्यो । जातिय हित, मुक्तिको लागी संघर्ष गर्ने र हप्तौ आफ्नो “कन्ट्रोल”मा रहेका जिल्ला हरु ठप्प पार्न सक्ने कथित जातिय संगठन हरु पनि यो बेला निरिह भए।( तर किन?) । जातीय मुद्दामा रगत उमालेर बोल्ने अंग-काजि-शेर्पा-जिउ ले पनि अरु कुरा छोडेर ति भिक्षुणीलाइ फेरी गुम्बामा फर्काउन मिल्ने कि नमिल्ने कुरा मा ” लब्बिंग” गर्न थाले। ति भिक्षुणीलाइ भने अवस्था नाजुक भएर सिलगुडी अस्पतालबाट टिचिङ्ग रिफर गरियो। ति अभियुक्तहरुलाई १२ वर्ष मात्र जेल भयो। दुइ जना त १७ १८ बर्सको थिए, सायद तिनीहरुलाई कम भयो होला। अब तिनीहरु छुटेर निस्किदा बढीमा २५ २६ बर्ष हुन्छन। के अपराध अनुसारको दण्ड यहि हो? भिक्षुणी ले त सायद आफ्नो धर्म र आस्था अनुसार तिनीहरुलाई माफी दिय़िन पनि होला , तर ति जातीय संगठन, स्थानीयवासी, पढे-लेखेका , बुझेका नेपालीहरुले यो घटनालाई किन सजिलै लिए बुझ्न सकेको छैन। यो घटनाबारे ” य़ुट्युब” मा कुनै अपलोड छैन र यो स्कूप पोस्ट भाको नेपाली साइटहरु भने प्रतिक्रियाबिहिन। जबकि एउटा नेताले झापड खाएको घटनामा भने युट्युब र ब्लगसाइटहरु अनेक कमेन्टहरुले भरिभराउ हुन्छन। यो घटना भएको धेरै दिनसम्म सडकमा कोहि ओर्लेनन , सवारी साधन निर्वाध चले र एक महिनापछि एउटा कथित युवा संघले ताइ न तुइ को १० बजेसम्मको आन्दोलनको नाममा केहि कार्यकर्ता उतारे, तर अर्कै विषयमा!
यौन हिँसा मौलाउनुमा गृह प्रशाशनको कमजोरी र फितलो कानूनलाइ पक्कै दोष दिन मिल्छ तर हाम्रो उदासिनताले भने झन् ठुलो भूमिका खेल्छ। के सहरको कुनै उच्च मध्यम वर्गीय परिवार वा उच्च परिवारको छोरी/बुहारी यस्तो घटनामा नपरेसम्म हामि चुप लागेर बस्ने? के यहि अवस्था कुरिरहेका छौ हामि? कौशल्टारको बाटो छेउ बलात्कार हुन्छ तर सो बाटो हिड्ने गाडी/ मोटरसाइकल देखे नदेखे झैँ पास हुन्छन ; ( यो हप्ताको “नेपाल” अंक , आवरण कथा)। बाउबाट छोरी बलात्कृत हुन्छे, परिवारले कुरा लुकाउछ; बसमा बाटोमा युवतीको स्तन च्याप्प समाएर गिजोलिन्छ, नितम्ब समाइन्छ, बाटो हिड्नेहरु वा बसका सहयात्रीहरु हासेर मसला थप्छन ; होलीमा केटीहरुलाई लोला हान्न बाउले छोरालाई उक्साउछ। के हामि आफै दोषी छैनौ? हाम्रो संस्कार हाम्रो समाज दोषी छैन?
हाम्रो सरकारले महिला हिँसा बिरुद्द (स्वफूर्त:!) कडा कानून लेराउने सम्भावना ज्यादै न्युन छ – अरब मुलुक जस्तो सार्वजनिक कोर्रा हान्ने त परै जाओस । यो पुरुषकेन्द्रित समाज जहाँ महिलाले आफुलाई बलात्कार भएको २४ घन्टाभित्र बलात्कारीलाई आवेशमा आई हत्या गरे मुद्दा नलाग्ने भन्दा त ” भोलि मेरो स्वास्नीले मलाइ फसाइ भने?” भन्ने ठाउँमा धेरै आशा त के राख्नु ? त्यसैले सरकार नजागुन्जेल आफै जागेर केहि गर्ने अवस्था आइसकेको छ !!
केहि दिन अघि मैले यु ट्युबमा एक अल्लाहबाद्की युवतीले आफुलाई जिस्काउने eve-teaser को मोटरसाइकल आगो सल्काइदेको भिडिओ हेरेको थिए। त्यसको राप नेपाल कैलेसम्म आउने हो हेर्न बाकि छ। तर सुरुवात यस्तै सानो कुरा हरु बाट हुनु पर्छ। बसमा , कार्यालयमा वा अरु सार्वजनिक ठाउमा यौन दुर्व्यवहार वा जिस्काउने मात्र भयो भने पनि महिलाहरु मिलेर त्यस्ता अवराहरुको हात खुट्टा भाचिने वा आखा फुट्ने गरि धुलाई दिनुपर्छ। त्यस्तै बलात्कार जस्तो जघन्य अपराध भएको खण्डमा यदि अभियुक्तको पुस्टि भैसकेको छ भने त्यसलाई पुलिस न आउदै सकिन्छ भने कुटी कुटी घाइते बनेको बेश! ताकि भविस्यमा कसैले यस्तो कृत्य गर्नु अघि १०० पल्ट सोचोस्।
मृत्युदण्ड र जेलमा “थर्ड-डिग्री” को विपक्षमा बोल्नेहरुको तर्क छ जेल भनेको अपराधि हरुलाई सुधारेर एउटा जिम्मेवार मान्छेमा परिवर्तन गर्ने ठाउँ हो र मृत्युदण्ड मा कहिले काही निर्दोषले सजाय पाउन सक्छ। होला, ज्यान मुद्दा खेप्ने हरुमध्ये कसैले अन्याय सहन नसकी वा अरु कारणले पनि सो काम गरेको हुन सक्छ तर “यौन” हिँसा गर्नेहरु संग कुनै त्यस्तो बाध्यता पक्कै हुन्न। यौन दुराचारी “दानव” हरुलाई मानवको दर्जामा राखेर सजाय दिन अलि मानविय देखिदैन। यो कुरा हाम्रो नागरिक समाज, न्याय क्षेत्रमा काम गर्ने सरोकारवाला, सरकार र मानव अधिकारवादी हरु पनि छिट्टै बुझुन र यौन हिँसाको विरुद्द रौँ काप्ने कडा भन्दा कडा सजाय को व्यवस्था होस् ताकि नेपालमा कुनै “दामिनी” को लागी यस्तो “मुटु चस्काउने हरफ” लेखिनु नपरोस-
“सोच रहा हुँ माँ, क्या मेरे शहर में लडकी होके जीना पाप है?;
ये कैसा अभिसाप है माँ, येह कैसा अभिसाप है? ”


By mysansar, on December 31st, 2012
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis