काठमाडौं। नेपाली पपगीत र सिनेमा संगीतमा छुट्टै पहिचान बनाउन सफल सुगम पोखरेल लागूऔषध प्रयोगकर्तासँगै समातिएपछि यो घटनाले नेपाली संगीत क्षेत्रमा खैलाबैला मच्चाएको छ।
'मेरो संसार तिमी नै हौं' बोलको गीतबाट एकाएक चर्चामा आएका सुगमलाई शुक्रबार अन्य ६ जना लागूऔषध सेवनकर्तासँगै प्रहरीले सेतोपुलबाट पक्राउ गरेको थियो। गायनसँगसँगै सगरमाथा एफएमका आरजेसमेत रहेका गायक सुगमका साथ प्रहरीले
कुनै लागूऔषध फेला नपारे पनि कारोबारी र दुर्व्यसनीसँगै रहेकाले उनी पनि 'ड्रग्स एडिक्ट' हुनसक्ने आशंका गरिएको छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
गायक सुगम कलाकार सुनिल पोखरेलका भाइ हुन्। केही समययता उनी नेपाली चलचित्रमा संगीत दिन व्यस्त रहँदै आएका थिए। सुगम पक्राउ परेसँगै लागूऔषध प्रयोग गर्ने गायक–गायिकामा भुइँचालो गएको हो। धेरै शिक्षित, सुपठित र सुसंस्कृत परिवारका सदस्य रहेका सुगम लागूऔषध प्रयोगकर्ता भए नेपाली संगीत क्षेत्रमा उनी जस्ता अन्य थुप्रै कलाकार हुनसक्ने प्रहरीको दाबी छ। यदि लागूऔषध प्रयोगकर्ता भए सुगमलाई दुर्व्यसनी सुधार केन्द्रमा पठाइने प्रहरीले जनाएको छ। नेपाली संगीत क्षेत्रमा अन्धाधुन्ध युवापुस्ताको प्रवेशले यो क्षेत्रको बद्नाम हुँदै गएकोमा वरिष्ठ कलाकर्मीले चिन्ता व्यक्त गरेका छन्।