CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लाखौंलाई ठग्ने हर्वोको अर्को धन्दा

लाखौंलाई ठग्ने हर्वोको अर्को धन्दा

काठमाडौं। नेटवर्किङका माध्यमबाट जनसाधारणलाई विभिन्न हर्वल उत्पादन चर्को मूल्यमा बिक्री गर्दैआएको हर्बो इन्टरनेशनल सरकारले बन्द गरेपछि सहकारी संस्थाको आवरणमा हर्वोका संचालकहरू पुनः उपभोक्ता ठग्न थालेका छन्। नेटवर्किङका नाममा नयाँ र आधुनिक मोडलको ठगी धन्दा चलाउँदै आएको हर्वो इन्टरनेसनल कम्पनी रातारात करोडपति बनाउने सपना बाँड्दाबाँड्दै कानुनी कारबाहीमा परेपछि त्यसका संचालकहरूले ललितपुर सहकारी डिभिजन कार्यालयमा आकर्षक उपभोक्ता सहकारी संस्था लिमिटेड दर्ता गरी नाममा अर्गानिक ग्रिनटी, एकोल एलोन निम हर्बल साबुन लगायतका उत्पादनको कारोबार हर्वोकै शैलीमा सुरु गरेका छन्। 
एकाएक रोडबाट करोडपति बन्ने सपना बाँड्दै दुनियाँलाई मालामा उनेर भुट्दै आफू धनी बनेकाहरू रातारात भूमिगत भएको भनिए पनि उनीहरू सहकारीको आवरणमा ठगीधन्दालाई निरन्तरता दिन लागेका छन्। हर्वोका संचालकहरू कतिपय प्रहरीका अनुसन्धानमा
छन्। युनिटी लाइफ इन्टरनेशनलले सहकारीको आवरणमा ठगी गरेजस्तै हर्वोका संचालकहरू सहकारीको आवरणमा चर्को मूल्यमा साबुन र चियाको कारोबारमा उत्रिएका छन्।  
हर्बो इन्टरनेसनल नामक कम्पनीबाट उत्पादित सामानलाई उच्च मूल्यमा विक्री गरी मालामाल बन्नेहरूको समूह अहिले सहकारीमा प्रवेश गरेको पाइएको छ। राजधानीमा हर्वोमार्फत विक्री गर्ने गरेका स्टक सामान र त्यही कम्पनीका उत्पादनहरू कतिपय पुरानै लेवलमा र कतिपय नयाँ लेवलमा यो सहकारीमार्फत् विक्री सुरु भएको खुलासा भएको छ। ललितपुरको ग्वार्कोमा रहेको उक्त सहकारीमार्फत हर्बोका यी सामानहरू विक्री हुने गरेको पाइएको छ। सहकारीले हर्बोको नेटवर्क मार्केटिङलाई सञ्चालन गर्न लागेको जानकारी सहकारी सम्बद्ध निकायहरूलाई पनि भइसकेको जानकारी प्राप्त भएको छ। डिभिजन सहकारी कार्यालय ललितपुरमा आ.ब.२०६८–०६९ मा दर्ता भएको उक्त सहकारीको दर्ता नम्बर ९३९ हो।  
अर्गानिक ग्रीन टी र आयुर्वेदिक सावुनलाई ललितपुरको एक सहकारीले आफ्नो लेवल राखेर विक्री सुरु गरेको छ। आफ्नो उत्पादन सहकारीका सदस्यहरूलाई मात्रै सीमित राख्नुपर्नेमा व्यापक प्रचार प्रसार गरेर शेयर बापत पनि रकम संकलन गर्ने र हर्बो साबुन र ग्रीन लिफ टी बेच्ने यो अभियान सुरु गरेको हो आकर्षक उपभोक्ता सहकारी संस्था लिमिटेडले कार्यालय अस्पष्ट राखेर ललितपुर मात्रै ठेगाना राखी आफ्ना बजार प्रतिनिधिहरूमार्फत ती उत्पादनहरूको विक्री गरिरहेको छ यो सहकारीले।  
सहकारीका मुख्य योजनाकार हर्बोका ललितपुर कोअर्डिनेटर दिपक घिमिरे हुन्। उनले लगनखेलमा हर्बोको कार्यालय नै राखेका थिए। हर्बोलाई सरकारले बन्द गराउने तयारी गरेपछि उनी करिब ३ महिना भूमीगत जस्तै थिए। तर पनि युनिटीका सञ्चालन तथा प्रतिनिधिहरूलाई जस्तो समस्या नपर्ने देखिएपछि उनी सतहमा आएर नयाँ स्वरुपको विजनेस प्लान बनाइएरहेका थिए। उनको यो धन्दालाई नर्का पनि नसक्ने र जस्ताको तस्तै स्वीकार्न पनि नसक्ने उनका केही सहकारीकर्मी साथीहरूको सुझावमा उनीहरूले नयाँ सहकारी सँस्था सञ्चालनको सोचाइ ल्याएका हुन्।  
हर्बोको तत्कालीन ग्रुपका ललितपुरमा रहेका अधिकांश एजेन्टहरू अहिले यो सहकारीमार्फत हर्बोमा उत्पादनहरूलाई आफ्नो लेवलमा राखेर विक्री गरिरहेका छन्। गुणस्तर परीक्षण नगराइएको र आफ्नै उद्योगसमेत नभइकन सहकारीको लेवलमा राखिएका उत्पादनले सहकारीमार्फत् ठगी भएको सन्देश जाने खतरा रहेको सहकारीकर्मीले गुनासो गर्न थालेका छन्। सहकारीका आफ्नै उत्पादनहरूमा समस्या देखिन लागेको समयमा हर्बोको नेटवर्क मार्केटिंगलाई सहकारीकरण गरिएपछि ललितपुरका सहकारीमा समेत समस्या देखिन सक्ने सम्भावना भएको एक सहकारीकर्मीले बताए। रेडियोथेरापी र केमो थेरापी गराइरहेका क्यान्सरका विरामीहरूलाई समेत उपयोगी भनी व्यापक प्रचार प्रसार गरी पर्चा समेत बाँड्न थालिएको सहकारीकै एक सदस्यले बताएका छन्। उनले भने यो हर्बोको मार्केटिङ नभएको बताए। सबै हर्बोको टीम सँलग्न भएकोलाइ भने उनले समेत स्वीकारेका छन्। यसबारेमा उक्त सहकारीको फोन नम्बर ५५५०९७० मा पुस २९ गते पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन। 


















. साँघु
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis