CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » लाखौको थैलीले परीक्षामा हेराफेरी? ट्रिनिटी र लिभरपुल उमाविमा कपी काण्ड

लाखौको थैलीले परीक्षामा हेराफेरी? ट्रिनिटी र लिभरपुल उमाविमा कपी काण्ड

काठमाडांै। उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा १२ को नतिजा प्रकाशनमा टि्रनिटी इन्टर नेशनल उमावि डिल्लीवजार र ११ कक्षाको नतिजा प्रकाशनमा लिभरपुल उच्चमाविसँग आर्थिक लेनदेनका आधारमा नतिजा प्रकाशन भएको तथ्य अहिलेसम्म कारबाही प्रक्रियामा नपुगेको भन्दै परिषद्भित्र चर्को आवाज उठन थालेको छ। राष्ट्रिय सतर्कता केन्द्रले टि्रनिटीको अंग्रेजी विषयको उत्तरपुस्तिकामा २० अंकलाई ३५, २२ लाई पनि ३५ अंक कायम गरेको तथा चारपोका उत्तर पुस्तिकामध्ये कुल ४ सय ८४ थान उत्तर पुस्तिकालाई छानविनका क्रममा सिलबदी गरी राखेको अवस्थामा राष्ट्रिय अनुसन्धान केन्द्रले अनुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझाएको थियो। तर ती उत्तर पुस्तिकाको उजुरीमा अहिलेसम्म परिषद् तथा अख्तियारबाट कारवाही नभएकोमा आश्चर्य मानिएको छ।  
४ सय ८४ थान उत्तरपुस्तिका संपरीक्षण गर्दा संपरीक्षकले उत्तर पुस्तिका र मार्कस्लिपमा अंक थप्दा  प्रत्येक उत्तर पुस्तिकाको नम्बर अनुसार भित्र र परीक्षकले चढाएको मार्कस्लिपमा नै हरियो मसी प्रयोग भएको कलमले नै अंक थप्नु पर्ने तर त्यसो नभएर परीक्षकले चढाएका मार्कस्लिप गायव गराई अरु कोही व्यक्तिबाट परीक्षा महाशाखाले उत्तर पुस्तिका बाहिर मात्र अंक थप गराई मार्कस्लिपमा पुनः अंक चढाइएको आरोप लागेको छ । त्यसैगरी २०६९ जेठमा संचालित कक्षा ११ को गत मंसिर महिनाको अन्तिम सातामा प्रकाशित नतिजामा पनि अनियमितता भएको आरोप लागेको छ। लिभर पुल उ.मा.वि. नयाँ बानेश्वरको नतिजा आश्चर्यजनक रुपमा आएको भन्दै ललिपुरका उच्चमाविहरू विरोधमा उत्रिएका थिए। ती उच्चमाविले परिषदका उच्चपदस्थ कर्मचा
री तथा पदाधिकारीसँग आपत्ति पनि जनाएका थिए। उक्त उ.मा.वि.को नतिजा अनियमितता गराउन परीक्षा केन्द्र कायम गर्दादेखि नै चलखेल सुरु भएको आरोप छ ।  
लिभरपुलले पहिलो वर्ष पहिलो पटक विद्यार्थी भर्ना गरेको, जसमा एसएलसीमा ४० प्रतिशत सम्म अंक ल्याएका विद्यार्थीहरू ७०० भन्दा बढी भर्ना गरिएको थियो। तर, उक्त उमाविका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्दा टपटेन भित्र आठ जना विद्यार्थी तथा  ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी करिव ३०० भन्दा बढी हुनु र ९८ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन परिषदको परीक्षा महाशाखमा  व्यापक आर्थिक लेनदेन भएको भन्दै विरोध गरेका हुन। खिमानन्द अर्याल नामका शिक्षक बागमती बोर्डिङ उ.मा.वि.का पूर्व प्राचार्य हुन् र हाल उनी लिभरपुलका लगानीकर्ता हुन्। जसले बानेश्वरमा भएको लिभरपुल उमाविको केन्द्र बागमती बोर्डिङ उच्च माध्यमिक सुकेधारामा कायम गराउन भूमिका खेलेका थिए। परीक्षा महाशाखाका पदाधिकारीले टि्रनिटीबाट १५ लाख रुपैया र लिभरपुलबाट २० लाख रुपैयाँ बराबरको आर्थिक चलखेल भएको केही उच्चमाविहरूको आरोप छ। उनीहरू तथ्यसहित उजुरी हाल्न पनि तयार रहेको भन्दै परिषदका पदाधिकारीलाई जानकारी गराइसकेका थिए। तर कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालले उजुरीको सुनुवाई नै गर्न छाडेको गुनासो छ। अर्यालसहितको टोलीले ती दुई उच्चमाविको कापी जचाउँन गोप्य व्यवस्था मिलाएको परिषदका कर्मचारीले आरोप लगाउदै आएका छन।  
उत्तर पुस्तिका परीक्षण गर्दा अंग्रेजी, फिजिक्स, केमेस्ट्री, ऐच्छिक गणित, कम्प्युटर साइन्स, विजनेस म्याथ र एकाउन्ट आदि विषयहरूको परीक्षण गर्दा परीक्षकको नाम नामका लागि मात्र चढाएर उत्तर पुस्तिका जाँच्ने काम सम्बन्धित उच्च माध्यमिक विद्यालयका विषयगत शिक्षक र उक्त उच्च माध्यमिक विद्यालयका संचालकहरूले पठाएका शिक्षकहरूबाट परीक्षण गराई  उच्चमावि परिषदले आश्चर्यजनक नतिजा बनाउने गरेको केही उच्चमाविले आरोप लगाउदै आएका छन। उक्त कार्यको अनुसन्धान तथा तहकिकात गर्दा उक्त उमाविको अनुसारको विषयहरू परीक्षण गर्ने परीक्षकहरूको उत्तर पुस्तिका परीक्षण वितरण रजिष्टर (जसमा परीक्षकको नाम, पोका नम्बर, उत्तर पुस्तिका संख्या, अध्यापन गर्ने उमाविको नाम र परीक्षकको दस्तखत गरिएको हुन्छ।) कब्जामा लिइनु पर्ने, त्यसैगरी उपरोक्त विषयहरूको सम्पूर्ण पोका तथा प्रथम तथा द्वितीय मार्कस्लिप समेत कब्जामा लिनुपर्नेमा त्यसो नगरिएको बताइएको छ। यसरी कब्जामा लिएपछि उपरोक्त उच्च माध्यमिक विद्यालयको उपरोक्त अनुसारका विषयहरूको उत्तर पुस्तिका परीक्षण गर्ने परीक्षकबाट गोप्य रुपमा एकदेखि १० अंक र ब् देखि श् (स्मल र क्यापिटल दुवै) सम्मका अक्षरको हस्तलिपी लिई उनीहरूले परीक्षण गरेको पोकाको उत्तर पुस्तिकामा लेखिएको अंक र अक्षर भिडान गर्दा प्रष्ट रुपमा मेल नखाएको पनि अनुसन्धानमा भेटिएको थियो।  यसरी सम्पूर्ण मार्कस्लिपहरू कब्जामा लिई त्यसको सत्यतथ्य अनुसन्धान र   छानविन नसकिन्जेलसम्म अनियमितता गर्ने कामु परीक्षा नियन्त्रकलाई निलम्बन गर्नेमा अहिलेसम्म चुपचाप बसेको भन्दै परिषदका कर्मचारी पनि विरोधमा उत्रिएका छन। अनियमितताको प्रमाणहरू रातारात नष्ट गराउन सक्ने उनीहरूको तर्क छ। त्यसैगरी परिषद्, परीक्षा नियन्त्रण कार्यालयको उत्तर पुस्तिका परीक्षण गर्ने विषयगत शिक्षकहरूको रोष्टरबाट स्वतन्त्र रुपमा ३/३ जना विषयगत शिक्षकहरूको टोली बनाई विषयगत पोकाहरू नमुना परीक्षण गराउने र यसरी परीक्षण गराउँदा उत्तरपुस्तिकाको फोटोकपी गरी दिएको अंकलाई छोपी पुनः फोटोकपी गराई नमूना परीक्षण गराउँदा अनियमितता प्रष्ट देखिएको बताइएको छ। कतिपय उत्तरपुस्तिकाहरू विद्यार्थीले हल गरेको अंक भन्दा बढी नम्बर दिएको अनुसन्धानमा भेटिएको थियो। नमूना परीक्षण गराउँदा पूर्णांक १०० भएकोमा ३५ देखि ४० अंक ल्याउने विद्यार्थीहरूको उत्तर पुस्तिका र ७५ पूर्णांक हुने विषयको हकमा २७ देखि ३२ अंक ल्याउने विद्यार्थीको परीक्षण गर्दा झनै प्रष्ट खुल्ने दाबी कर्मचारीहरूको छ। 
अन्ततः गए अर्याल 
परिषदमा बसेर आर्थिक अनियमितता गरेको तथा शैक्ष्ािक योग्यता नै कम रहेका कामु परीक्षा नियन्त्रक अर्यालले सहसचिवमा प्रतिस्पर्धा गरेको भन्दै उनीमाथि परिषदभित्रै आरोप लाग्दै आएको थियो। अर्यालका अनियमित कार्य साँघु साप्ताहिकले पर्दाफास गर्न थालेपछि अर्याललाई परीक्षा महाशाखाबाट हटाइने भएको छ। पुस २४ गतेको परिषदको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। अर्यालकी छोरी ११ कक्षामा सेन्टमेरीजमा अध्ययनरत रहेका कारण पनि उनलाई परीक्षामा राख्न नहुने आवाज उठाईदै आएको थियो। तर,शक्तिकेन्द्रलाई दाहिना बनाएर बसिरहेका अर्याललाई २८गतेको कक्षा १२को मौका परीक्षा सकिएलगत्तै परीक्षा महाशाखाबाट हटाउने निर्णय भएको हो। बोर्ड बैठकले एकाघरको सन्तानले कक्षा ११ वा १२मा अध्ययरत रहेको अवस्थामा त्यस्तो कर्मचारीलाई परीक्षा महाशाखाको नियन्त्रक नबनाउने निर्णय गरेको छ। सो निर्णयसँगै अर्याल अन्य महाशाखामा जानै पर्ने भएको छ।  


--- साँघु 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis