CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » साबधान ! सङ्केत चिहृन हेरेरमात्रै खाना खान बस्नुहोला

साबधान ! सङ्केत चिहृन हेरेरमात्रै खाना खान बस्नुहोला


४ माघ, काठमाण्डौ । तपाईं देशका प्रमुख राजमार्ग हुँदै यात्रामा निस्कनुभएको छ भने दायाँ बायाँ रहेका स-सना होटल, भोजनालय तथा रेस्टुरेन्टहरुमा सङ्केत चिहृन छ कि छैन हेरेरमात्र खाना अथवा खाजा खान बस्नुहोला । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलोपटक नौबिसेदेखि नारायणगढसम्मका राजमार्गमा दायाँ बायाँ रहेका होटल, भोजनालय तथा रेस्टुरेन्टहरुमा सङ्केत चिहृन वितरणकार्य सुरु गरेको छ ।
 बिक्री-वितरण गरिने खाद्यवस्तुहरुको गुणस्तर निरीक्षण गरी रातो, पँहेलो, हरियो गरी तीन किसिमका सङ्केत
चिहृन वितरण कार्य सुरु गरेको विभागका महानिर्देशक जीवनप्रभा लामाले जानकारी दिनुभयो । विभागले पहिलो चरणमा मुग्लिङ क्षेत्रका ४८ वटा होटल, भोजनालय तथा रेस्टुरेन्टहरुका खानाको स्वच्छता तथा गुणस्तरसम्बन्धी परीक्षण गरी ती सङ्केत चिहृन वितरण गरिसकेको छ ।
 उहाँले भन्नुभयो, “पहिलो चरणमा वितरण गरिएको ती होटल, भोजनालय तथा रेस्टुरेन्टहरुको अनुगमन कार्य पनि गरिराखेका छौँ, साथै अन्य क्षेत्रमा पनि चिहृन वितरण कार्यलाई अगाडि बढिरहेको छ ।”विभागले राजमार्गका दायाँ बाँयाका होटल, भोजनालय तथा रेस्टुरेन्टहरुबाट बिक्री-वितरण गरिने खाद्यपदार्थको गुणस्तरसम्बन्धी निर्देशिका तयार गरी सङ्केत चिहृन वितरणकार्य सुरु गरेको हो ।
 विभागले दिएको जानकारीअनुसार होटल, भोजनालय तथा रेस्टुरेन्टबाट बिक्री-वितरणका लागि तयारी अवस्थामा रहेका खाद्यपदार्थका सात दिनसम्म स्वच्छतासम्बन्धी अनुगमन तथा परीक्षण गरेरमात्र तीन किसिमका सङ्केत चिहृन वितरण गरिएको थियो । विभागले तयार गरेको खाद्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिकाका बारेमा पनि ती क्षेत्रका व्यवसायीलाई जानकारी गराएको छ । निर्देशिकाविपरीत खाद्यवस्तु बिक्री गर्नेमाथि कारबाही गर्ने पनि विभागले जनाएको छ । सङ्केत चिहृन वितरणकार्य प्रमुख सहरी क्षेत्रमा पनि लागू गर्ने नीति विभागले बनाएको छ । रासस
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis