उज्यालो तथा भ्रातृत्वको पर्व तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा फलफूल, काजु, पेस्ता, बदाम आदि मसला दिन्छन्। तिहारमा भाइमसला भ्रातृत्वको स्वागत एवं दाजुभाइप्रतिको प्रेम
दर्शाउन प्रदान गरिने विदुषी शान्ति सुवेदी बताउँछिन्। यमुनाले आफ्ना दाइ यमराजलाई टीका लगाएर पान-मसला आदि सामग्री दिएर पूजा गरेदेखि नै तिहारको परम्परा चलेको हो।मसलाका फाइदा
काजु
तिहारमा दाजुभाइलाई सगुनका रूपमा काजु दिइन्छ। यसमा प्रशस्त मात्रामा मिनरल, अाइरन, प्रोटिन, म्याग्नेसियम, फस्फोरसजस्ता तत्व पाइन्छन्। काजु हरेक उमेरका मानिसका लागि लाभदायक छ। मधुमेह तथा मधुमेहको लक्षण देखिएका मानिसका लागि पनि यो निकै फाइदाजनक साबित हुन्छ। यसले गलस्टोनको रिस्क पनि कम गर्छ। यसमा भएको रसायनले ब्याक्टेरिया नष्ट गरी दाँत दुख्ने, कीरा लाग्ने आदि समस्याबाट छुटकारा दिलाउँछ। काजुले केश तथा छालालाई चाहिने पौष्टिकतत्व पनि पूरा गर्छ ।
ओखर
पेस्ता
पेस्तामा भिटामिन ई पाइन्छ। यसले छालामा युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्छ भने छालाको क्यान्सरबाट पनि जोगाउँछ। पेस्ता उमेरअघि नै देखिने चाउरीपन हटाउन पनि सहयोगी हुन्छ। यसमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ। यो हेमोग्लोबिन निर्माणका लागि आवश्यक हुन्छ। पेस्तामा प्रशस्त मात्रामा एन्टी अक्सिड हुन्छ। यसमा स्वास्थ्यका लागि आवश्यक फाइबर पनि पाइन्छ। पेस्ता नियमित रूपमा सेवन गरे मस्तिष्क तेजिलो हुनुका साथै शरीरमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुन्छ। यसको नियमित सेवनले हर्टएट्याकबाट बचाउँछ।
हाडे बदाम
हाडे बदाममा सन्तुलित मात्रामा फोलेट पाइन्छ। गर्भवती तथा सुत्केरी महिलाका लागि यो निकै लाभदायक हुन्छ। बदामले गलस्टोनबाट जोगाउँछ। बदाममा मुड रेगुलेसन गर्न सक्ने पदार्थ समावेश भएकाले डिप्रेसनबाट बचाउँछ। यसबाट बी ३ प्राप्त हुने भएकाले स्मरण शक्ति पनि बढ्छ। तौल बढी भएकाहरूले यसको नियमित सेवन गरे तौल कम हुन्छ। बदामले मुटु रोग तथा क्यान्सरबाट पनि जोगाउँछ।
ल्वाङ
यसको बढी प्रयोग दाँतसम्बन्धी समस्यामा हुन्छ। यसको तेलले प्राकृतिक रूपमा पीडा कम गर्छ। दाँत दुखेको बेलामा यसको तेल हाल्दा पीडाबाट छुटकारा प्राप्त गर्न सकिन्छ। यसमा भएको एन्टी सेप्टिकले दाँतसम्बन्धी विभिन्न रोगबाट मुक्ति प्रदान गर्छ। यसको प्रयोग मुख सफा गर्न तथा मञ्जनका लागि भएको पाइन्छ। यसले मुखको दुर्गन्ध हटाई माउथ फ्रेसनरको काम गर्छ। ल्वाङमा भएको एन्टी फंगल तथा एन्टी ब्याक्टेरियल क्षमताले विभिन्न किसिमका इन्फेक्सनमा राहत दिन्छ। पेटको पीडाबाट छुटकारा पाउन चिनीका साथमा ल्वाङ सेवन गर्नुपर्छ। यसले एसिडिटीबाट पनि छुटकारा दिलाउँछ। चिसो मौसम तथा रुघाखोकी लागेको बेला ल्वाङ मुखमा राखे फाइदा हुन्छ। ल्वाङलाई तरकारी, पुलाउ तथा चियामा स्वाद र स्वास्थ्य दुवै दृष्टिले प्रयोग गर्न सकिन्छ।
अन्जिर
अन्जिरमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ। यसको सेवनले रगतलाई सन्तुलित राख्छ। यसले कब्जियतबाट पनि राहत प्रदान गर्छ। यो फाइबरयुक्त हुन्छ। फलस्वरूप यसले तौल सन्तुलित राख्न सघाउ पुर्याउँछ। यसमा उच्च फाइबर भएकाले पाचन क्रियालाई सुस्त बनाई भोक लाग्न कम हुन्छ। यसले गर्दा बढ्दो वजन कम गर्न सकिन्छ। विश्वमै ठूलो समस्याका रूपमा देखिएको स्तन क्यान्सरबाट जोगिने राम्रो स्रोत पनि हो अन्जिर। स्तन क्यान्सरको सुरुको अवस्था छ भने अन्जिरको नियमित सेवनले फाइदा पुग्छ। यसबाट क्याल्सियम तथा पोटासियम पनि प्राप्त हुन्छ। यो हड्डीको विकासमा उपयोगी हुन्छ। यसको सेवनबाट मुटु रोगबाट पनि बच्न सकिन्छ। अन्जिरमा एन्टी डाइबिटिजको गुण पनि हुन्छ।
कटुस
यसमा प्रशस्त मात्रामा पौष्टिक तत्व हुन्छ। १ सय ग्राम कटुसमा ६ सय २८ क्यालोरी हुन्छ। यसमा भएको मोनोस्याचुरेटेड फ्याटी एसिडले कोलस्ट्रोलको मात्रा सन्तुलन राख्न सघाउ पुर्याउँछ। कटुसमा फोलेट पाइने भएकाले रक्तअल्पताबाट जोगिन सकिन्छ। यसमा पर्याप्त भिटामिन ई पाइन्छ जसले गर्दा शरीरमा ऊर्जा प्राप्त हुन्छ। कटुसमा एस्ट्रिजेन्टको गुण हुने भएकाले छालालाई सुख्खा हुन दिँदैन। यसको तेल खानामा प्रयोग गर्न सकिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, कपर, आइरन, सेलेनियम आदि विभिन्न मिनरल पाइन्छन् जुन शरीरका लागि फलदायक हुन्छन्।
सुकमेल
अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ। सुकमेल खाए सास गन्हाउने समस्या कम हुन्छ। यसले मुखमा भएका कीटाणु नाश गरी सासलाई ताजा बनाउँछ। सुकमेलको धूलो चियामा हालेर पिउँदा डिप्रेसनबाट जोगिन सकिन्छ। यसले अपच हुने, टाउको दुख्ने आदि समस्याबाट राहत प्रदान गर्छ। पिसाबको इन्फेक्सन भएका बेला सुकमेलको धूलो, केराको पात एवं अमलाको जुस मिसाएर सेवन गरे फाइदा हुन्छ। मुखको इन्फेक्सन अर्थात् टन्सिल भएको बेला सुकमेलको धूलो मनतातो पानीमा हालेर कुल्ला गर्नुपर्छ।
नरिवल
किसमिस
साभार : नारी

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !