CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सहरको बीचमै हेलिकप्टर खस्यो, २ को मृत्यु

सहरको बीचमै हेलिकप्टर खस्यो, २ को मृत्यु

London
काठमाडौ, माघ ३ - लण्डनको निर्माणाधिन एक अग्लोघर माथिको क्रेनमा हेलिकप्टर ठोक्किंदा पाइलटसहित दुई जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । बाक्लो हुस्सुका कारण मध्य लण्डनको निर्माणाधिन सेन्ट जर्ज वार्फ टावरमाथि राखिएको क्रेनमा बुधबार बिहान हेलिकप्टर ठोक्किएको हो ।
स्थानीय समयअनुसार बिहान ८ बजे हेलिकप्टर क्षतिग्रस्त भई भुँईमा बजारिएको थियो । ससेक्सथिस्त एयरपोर्टबाट उडेको
केहीबेरमै हेलिकप्टर दुर्घटना भएको हो ।
लण्डन प्रहरीले दुर्घटनाको कारक हुस्सुलाई मानेको छ । क्षतिग्रस्ट हेलिकप्टरको पाटपूर्जाको ठक्करबाट दुईवटा कारमा क्षति पुगेको छ । दुर्घटना भएको स्थान लण्डनको व्यस्त केन्द्र हो । हेलिकप्टर ठोक्किएको क्रेन पनि ढल्ने अवस्थामा भएकाले दुर्घटना क्षेत्र वरपर प्रहरीले सतर्कता बढाएको छ ।
 
हेलिकप्टर ठोक्किएको क्रेन । स्रोत : डेली मेल


प्रकाशित मिति: २०६९ माघ ३ ०४:५१ 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis