एउटा सामान्य मानिस एकै रातमा राजा वा रानी भएको कुरा कथा र सपनामा मात्र सम्भव हुन्छ, वास्तविक जीवनमा त्यो असम्भव नै होला भन्ने हामी ठान्छौं। तर एकजना अफ्रिकी महिलाको जीवनमा यस्तै एउटा रात आएको थियो, जसले उनलाई सामान्य सचिवबाट रानी बनाइदियो।
सन् २००८ को एउटा गर्मी रातमा सुत्नुअघि पेग्गिलिन बर्टेल एकजना सामान्य कार्यालय सचिव थिइन्, जो वासिंगटन डिसीबाहिर एउटा मात्र शयनकक्ष भएको अपार्टमेन्टमा बसोबास गर्थिन्। तर केही घन्टापछि नै यी ५५ वर्षीया महिलाले आफू सामान्य व्यक्ति नभएको थाहा पाइन्। त्यही मध्यरात उनको कोठाको फोनको घन्टी बज्यो। बर्टेलको भाइ पर्नेले फोन गरेका थिए, जो घानाको तटीय क्षेत्रमा माछा मारेर जीवन गुजारिरहेका छन्। निकै रोमाञ्चित र नम्र भएर उनले आफ्नी दिदीलाई ओटुआमको नयाँ रानी घोषित भएकोमा बधाई दिए।
'मेरो कुरा सुन तिमी, यहाँ अमेरिकामा बिहानको ४ बज्दैछ र म निकै थकित छु। प्लिज मलाई सुत्न देऊ, तिमी' बार्टेल त्यो प्रत्युत्तरपूर्ण आफ्नो भनाइ सम्भि्कन्छिन्, 'मलाई लागेको थियो मेरो भाइ मसँग मजाक गर्दै थियो। तर त्यो मजाक थिएन, वास्तविकता थियो।'
ओटुआमका अघिल्ला राजा जो बार्टेलका मामा थिए, उनको भर्खरै निधन भएको थियो। गाउँका वृद्धवृद्धाले आफ्नी आमासँग मामाघर आउने बार्टेललाई सम्भि्कए र उनलाई नयाँ शासकमा नियुक्त गर्ने निर्णय गरे। लगत्तै बार्टेलले राजतन्त्र स्वीकार्ने निर्णय गरिन्। केही दिनमै उनी बुढी पेग्गिलिन बार्टेलबाट 'रानी पेग्गी' बनिन्। करिब तीन दशक अमेरिकास्थित घानाको दूतावासमा काम गरेकी पेग्गी अन्ततः सात हजार मानिस बसोबास गर्ने ओटुआमकी प्रथम महिला शासक बनिन्।
'मलाई कहिल्यै लागेको थिएन कि मेरो जीवनमा यस्तो पनि दिन आउनेछ,' २६ वर्षको उमेरमा अमेरिका पुगेकी बार्टेल भन्छिन्, 'मलाई लाग्यो पृथ्वीमा सबैको दिन फिर्ने रहेछ। हामी वश तयार भएर बस्नुपर्ने रहेछ, किनभने मैले मानिसहरूलाई सेवा गरेको फल पाएको रहेछु। मैले साँच्चै उनीहरूलाई सहयोग गरेको रहेछु। मैले त्यो फोन नउठाएको भए त यस्तो दिन नआउने रहेछ।' उनी अझै पनि घानाली दूतावासमा काम गर्छिन्, तर उनी हरेक वर्षको एक महिना पूरै ओटुआममा आएर बिदा मनाउँछिन्।
ओटुआमका शासकलाई राजाको पद दिइने चलन र आफूलाई 'रानी' भनेर सम्बोधन गर्दा निकै खुसी लाग्ने उनी बताउँछिन् किनभने यस्तो पुकारले आफूले केही हासिल गरेजस्तो लाग्छ उनलाई। 'राजाहरू खासगरी शक्तिमा बसेर प्रशासन चलाउँछन् भने रानीहरू देशका बालबालिकालाई चासो दिने र त्यसको जानकारी राजासम्म पुर्याउने काम गर्छन्,' उनी भन्छिन्, 'त्यसैले मलाई यो निकै मन पर्छ।'
रानी पेग्गीको जन्म दक्षिण घानाको टाकोराडीमा सन् १९५३ मा भएको थियो। अमेरिका जानुअघि उनले बेलायतमा अध्ययन गरेकी थिइन्। त्यसपछि सन् १९९७ मा उनले अमेरिकी नागरिकता लिइन्। मुकुट हस्तान्तरण भएपछि पनि बार्टेल दुई छुट्टाछुट्टै महादेशमा दुईवटा मह140वपूर्ण भूमिका निभाउँदै आएकी छन्। वासिंगटनमा उनी पत्र लेख्ने, फोन उठाउने र भेटघाट तय गर्नेलगायतका सचिवको काम गर्छिन्। आफ्नो अपार्टमेन्टमा शाही सुविधा र आराम छैन उनीसँग। 'जब म अमेरिकामा हुन्छु, मेरो सबै काम म आफैं गर्छु,' उनी भन्छिन्, 'म मेरो लुगा आफैं धुन्छु, आफैं पकाउँछु र कार आफैं हाँक्छु। बिहान सबेरै उठ्छु र आफैं चिया बसाल्छु।'
तर घानामा फर्कंदा चाहिँ उनी सुनौलो मुकुट लगाउँछिन्, हातमा छडी हुन्छ। ओटुआमका बासिन्दा उनलाई 'नाना' भनेर पुकार्छन्। 'जब म घर फर्कन्छु उनीहरू मलाई रानीलाई जस्तै सम्मान दिन्छन्,' सीएनएनसँग उनी भन्छिन्, 'उनीहरू मलाई खाना खुवाउन लालायित हुन्छन्, मलाई घुमाउन लैजान्छन् र मलाई सुरक्षा दिन्छन्। उनीहरू मेरा लागि जे पनि गर्न तयार हुन्छन्, तर म त्यसो नगर्न भन्छु...कहिलेकाहीँ म उनीहरूलाई मेरोसामु नझुक्न भन्छु। मसँग सहज व्यवहार गर्न भन्छु। तैपनि उनीहरू त्यसो गर्न चाहँदैनन्।'
तैपनि ओटुआम जस्तो गरिब स्थानमा राजा बन्नु निकै कठिन लाग्छ उनलाई। 'यहाँका बासिन्दाको दैनिकीलाई सुविधा सम्पन्न बनाउन मैले मेरो स्थानबाट पहल गरिरहेको हुन्छु।'
'अफ्रिकाको कुनै ठाउँको राजा वा रानी बन्नु युरोपमा जस्तो हुन्न, जहाँ उनीहरू सुनौलो र रवाफिलो दरबारमा बस्छन्,' उनी भन्छिन्, 'मैले मेरा जनताका लागि वास्तवमै कडा मेहनत गरेको छु। मैले उनीहरूलाई राम्रो जीवन दिनुछ।' पछिल्ला केही वर्षमा उनले केही गरिब परिवारका बालबालिकाको विद्यालय शुल्क तिरिदिएकी छन्। उनले उनीहरूका कक्षामा कम्प्युटर जडान गरिदिएकी छन्। अमेरिकको सहयोगमा ओटुआममा एउटा नयाँ एम्बुलेन्सको व्यवस्थासमेत भएको छ। अब त्यहाँ पनि सफा खानेपानीको व्यवस्था भएको छ। अब उनको प्राथमिकता भनेको सबै घरमा शौचालय निर्माण गर्नु हो। उनी घानामा नरहँदा पनि रानीको भूमिका भने जारी नै रहन्छ। उनी हरेक राति १ बजे उठ्छिन् र ओटुआमा फोन लगाउँछिन्, त्यहाँको जानकारी लिन्छिन्।
'म मेरा प्रतिनिधि र जान्नेबुझ्नेसँग कुराकानी गर्छु,' बार्टेल भन्छिन्, 'मैले जान्न चाहेको कुरा उनीहरू बताउँछन् र मैले भनेका कुरा उनीहरू राम्ररी सुन्छन्।' गत वर्ष इलेनर हेर्मानले रानी पेग्गीको जीवनी लेखेका थिए।
अब उनको जीवनीमाथि चलचित्रसमेत बन्ने भएको छ, जसको जिम्मा हलिउड स्टार विल स्मिथले लिँदैछन्। 'अर्को वर्ष हामीसँग एउटा चलचित्र हुनेछ,' पेग्गी भन्छिन्, 'संसारले थाहा पाउनेछ कि एकजना सामान्य सचिव रानी हुन सक्छिन् र जनतालाई सहयोग गर्न सक्छिन्। र, यसैकारण म निकै खुसी छु।'