थिए। यही विषयलाई लिएर सन्नी कानुनी प्रक्रियामा पुगेकी हुन्।
'कमालको उक्त नक्कली ट्वीटले दाबीले सन्नी मानसिक र भावनात्मक रुपमा विचलित छिन्, कमालले सन्नीको नाममा ट्वीटर चलाई यस्तो गलत प्रतिक्रिया दिइरहेका छन्,' सन्नीका वकिल रिजवान सिद्दिकीले भने, 'कमालको यो कदमदेखि सन्नी एकदम उदास छिन् र मिडियासँग ठिक किसिमले बोल्न पनि सकेकी छैनन्।'
उनका अनुसार कमालविरुद्ध दफा ५००, ५०४, ५०९ र सूचनाप्रविधि ऐनको दफा ६६ एमा व्यवस्था भएबमोजिम मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता भर्सोभा प्रहरीमा सोमबार गरिएको थियो। 'प्रहरीले चाँडोभन्दा चाँडो छानबिन गर्ने बताएका छन्,' वकिल रिजवानले भने।
यसअघि कमालका प्रतिक्रियाविरुद्ध सन्नीले फेबु्रअरी ४ मा साइबर क्राइम अनुसन्धान सेलमा उजुरी गरेकी थिइन्। तैपनि कमालले सन्नीको नाममा विभिन्न उच्छृंखल ट्वीट गर्दै आएका थिए। सन्नीको मुद्दा दर्ता भएपछि कमाल पक्राउ पर्ने सम्भावना बढेको छ।
