CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » चिहानमा बास बस्नेले भने - यहाँ छिमेकीले हल्ला गर्दैनन्

चिहानमा बास बस्नेले भने - यहाँ छिमेकीले हल्ला गर्दैनन्

सर्बिया, फागुन ४ (एजेन्सी)- भनिन्छ जीवित हुँदा मान्छे जति ठूलो महलमा बसे पनि मृत्युपछि २ गजको चिहानमा सुत्ने हो। तर एकजना मान्छे चिहानमै बस्दै आएका छन् भन्दा तपाइँलाई कस्तो लाग्छ ? हो मन्दीका कारण घर गुमाएपछि सर्बियाका ब्राटिस्लेव स्टोजेनोविक १५ वर्षदेखि
चिनहान मुनि बस्दै आएका छन्।


स्टोजेनोविकको चिहान मुनिको बासको कथा उनको घरसँग जोडिएको छ। १५ वर्षअघि मन्दीका कारण घर गुमाएपछि उनी बासस्थान खोज्दै थिए यही बेला उनले १ सय वर्ष पुरानो यो चिहान भेटे। यो चिहान कुन परिवारले बनाएको थियो त्यसको आधिकारिक जानकारी खुलेको छैन। स्टोजेनोविकले मृत परिवारलाई धन्यवाद दिए र त्यहीँ सुत्न थाले। अहिले उनलाई खुला चउर र गल्लीमा सुत्नुभन्दा यहाँ बस्न निकै आरामदायी लाग्छ।
सुरुमा चिहानमा सुत्दा उनलाई डर लाग्थ्यो। तर अब बानी परिसक्यो। र डरको मनोविज्ञान पनि बदलिइ सक्यो। अहिले उनलाई मुर्दाभन्दा बढी जिउँदा मान्छेसँग डर लाग्छ। 'रातको जब घुम्न मन लाग्छ तब पहिला जाँच गर्छु वरपर कोही छ छैन। ता कि मलाई देखेर कसैको सातो नउडोस्।'
स्टोजेनिकका अनुसार उनी राति मैनबत्ती बाल्छन्। मसान बढो शान्त रहन्छ। यहाँ छिमेकीले हल्ला गर्दैनन्। पहिला चिहानमा मान्छेहरु मैनबत्ती बाल्थे। स्टोजेनोविक तिनै मैनबत्तीले आफ्नो घरलाई उज्यालो बनाउथे। अब मान्छेहरु यहाँ मैनबत्ती बाल्दैनन्। उनी दिउँसो सडकका 'डस्टबिन'तिर खानाको खोजी गर्छन्। यहाँका स्थानीय बासिन्दा निकै सहृदयी छन् उनीहरु स्टोजेनिकलाई खाना र कहिले कहीँ नयाँ लुगा पनि दिन्छन्। चुरोट पिउने उनको सोख छ। धुमपान तलतल लागेपछि उनी रेलवे लाइनको किनारमा खसेका चुरोटका ठुटा जम्मा पार्न जान्छन्। र राति घरमा पिउँछन्।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis