खुलाईको छैन। समितिभेज अस्पतालको सिसियुमा डा. राजीव शाही पुग्नासाथ अरुलाई भेट्न नदिइएकोे घटना अर्को रहस्यमय बनेको छ। डा. राजीवले पनि पारसको अवस्थाबारे केहि बोल्न नचाहेको जानकारहरुको भनाई छ। यसअघि नेपाली दूतावासमा भारतीय सुरक्षा निकायबाट थ्रेट महसुस भएको जानकारी दिएका पारस पछिल्लो समयमा दिक्दारी(डिप्रेसन)मा रहेको मात्र बताउने गरिएको थियो। कतिपयले पारसलाई लागुऔषधको लत छुटाउन सुधार गृहमा राखिएको बताइएको थियो। बैकक प्रहरीले उहाँका निकट व्यक्तिहरुका साथै उहाँले प्रयोग गरेका खाद्य पदार्थहरुको पनि परीक्षणगर्ने सूचना निर्मल निवासलाई दिएको बताइएको छ। पारसका परिवारका सदस्यहरु बैकक पुग्ने वितिकै अन्य नेपालीहरुलाई अस्पतालमा रेखदेख गनर्बबाट रोकिएको छ। सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले उहीबाट अन्य ब्यक्तिहरुमार्फत मात्र सोधखोज गरिरहेको तर बैङकक गएर आफ्ना एक्ला छोराको अबस्थाबारे सोधखोज र उपचार गराउने चासो नदेखाएकोमा धेरैले आश्चर्य ब्यक्तगरेका छन्। आउँदो १५ गते पिता महेन्द्रको श्राद्ध परेकाले भोली १४ गते पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ। पूर्ब राजा केही जग्गा सम्बन्धी बिबाद मिलाउन सिमरामा बस्दै आउनु भएको छ। पारसप्रति निर्मल निवासले गरेको बेवास्ता धेरैका लागि रहस्यको बिषय बनेको छ--
स्रोत: देशप्रेम
