पार्क भ्यु होटलमा देखाएको तान्डव हो यो। र, यसलाई होटलको सिसिटिभीले खिचेको हो। कम्ता उपद्रो मच्चाएका हैनन् उनले। माथिको फोटोमा उनले क्रिकेट ब्याटले होटलमा तोडफोड मच्चाउँदै गरेको देखिएको छ।
मदिराले मात्तिएका पन्त फेरि होटलमा क्रिकेट ब्याट लिएर छिर्छ। २५ वर्षका पन्तलाई केको रिस उठेको हो कुन्नि। ब्याटले हिर्काएर फेरि टेबलको शिशा फुटाउँछ। होटलका कर्मचारी थर्कमान। ब्याट लिएर भित्र छिर्दा कर्मचारी कतै देखिँदैनन्।
त्यसपछि आफैले फुटाएको टेबलको एउटा ठूलो शिशाको टुक्रा हातले बोकेर होटलबाहिर सडकमा निस्कन्छ। बाहिर पनि उसको ‘वीरता’ देखाउने क्रम जारी हुन्छ। बाहिर सडकमा रहेको पुलिसको गस्तीमा हिँड्ने गाडी तोडफोड गर्छ।
पख्नुस्, त्यतिले उसको ‘वीरता’ यात्रा टुङ्गिँदैन। ऊ नजिकैको पुलिस चौकीभित्रसमेत छिर्छ। चौकीभित्र बसिरहेका दुई प्रहरीको अगाडि त्यो होटलबाट बोकेर लगेको ठूलो शिशाको टुक्रा बजार्छ।
उसलाई अहिले प्रहरीले गिरफ्तार गरेको छ र अस्ट्रेलियाबाट निकाला गर्न लागेको छ।
हेरौँ अस्ट्रेलियाको नाइन न्युजमा प्रसारित समाचारको भिडियो-
By Salokya, on February 11th, 2013
