CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » चन्द्रमामा कलोनी बनाउन चाहने अर्बपति

चन्द्रमामा कलोनी बनाउन चाहने अर्बपति

richard
काठमाडौ, फाल्गुन १२ - भर्जिन समूहका संस्थापक रिचर्ड ब्रान्सनको विश्वभरमा चार सयभन्दा बढी कम्पनी छन् । सन् १९५० मा बेलायतमा जन्मेका उनको पूरा नाम रिचर्ड चाल्र्स निकोलस ब्रान्सन हो । उनले सरको उपाधि भने पछि पाएका हुन् ।
बहुराष्ट्रिय व्यापारका यी उद्यमीले हात नहालेका क्षेत्र बिरलै छन् । उनको व्यापारमा हवाई सेवा, होटल तथा पर्यटन व्यवसायदेखि अन्तरिक्ष पर्यटनसम्म छन् । त्यस्तै उनले अतिरिक्त ऊर्जा, परिधान, पेय पदार्थ, पुस्तक प्रकाशन, क्यासिनो, स्वास्थ्य,
दूरसञ्चार, वित्तीय कारोबार, रेडियो, टेलिभिजन, सिनेमालगायत क्षेत्रमा पनि हात हालेका छन् । उनले हात हालेका सबै व्यवसायको सूची लामो बन्छ । धेरै व्यवसायमा हात हालेर सफल हुने चामत्कारिक व्यक्ति पनि हुन् उनी ।
ब्रान्सनको गुगलसँग मिलेर चन्द्रमामा कोलोनी बनाउने योजनासमेत छ, जसलाई 'भर्गल' नाम दिइएको छ । कतिपयले यो योजनालाई 'अपि्रल फुल जोक' नामसमेत दिएर उनीमाथि व्यंग्यसमेत गरेका छन् । तर ब्रान्सन सपना देख्ने र त्यसलाई साकार पार्ने व्यक्तिका रूपमा पचिरित छन् ।
प्रायः अनौपचारिक पोसाकमा देखिने ब्रान्सन सन् २०१२ को फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा बेलायतको चौथो र विश्वको २ सय ५५ औं अर्बपतिका रूपमा दरिएका छन् । उनको खुद सम्पत्ति ४ अर्ब २० करोड अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ ।
रिचर्ड ब्रान्सनको चर्चित पुस्तक 'बिजनेस स्टि्रप्ड बेयर' ले आँखा खुला राखेर चनाखो भएर परिस्थितिअनुसार काम गर्न र खतरा मोल्न सिकाएको छ । खतरा मोल्ने उनको स्वभावका कारण उनले व्यवसायमा धेरै तलमाथि बेहोरेका छन् । हाल ६३ वर्ष पुगेको ब्रान्सनले १६ वर्षको विद्यार्थी उमेरमै द स्टुडेन्ट नामक म्यागेजिन चलाएका थिए । उक्त म्यागेजिन उनको पहिलो व्यवसाय थियो, जसले छोटो समयमा नसोचेको सफलता पायो ।
१० मार्च १९१८ मा जन्मेका ब्रान्सनले विभिन्न प्रकारका सामान व्यापार गरे । सन् १९७१ मा उनले रेकर्डिङ स्टुडियो पनि खोले । खासमा तुलनात्मक रूपमा कम मूल्यमा पाइने भर्जिन मोबाइल पनि ब्रान्सनकै हो । भर्जिन ब्रान्डका मोबाइल मात्र होइन हवाई सेवादेखि थुप्रै उत्पादन छन् । अनुभव नभएका युवाहरूले सुरु गरेको कम्पनी भएकाले उनको कम्पनीको नाम भर्जिन ग्रुप राखिएको हो ।
सन् २००४ मा भर्जिन ग्यालेक्टिक कम्पनी खोली उनले अन्तरिक्ष पर्यटनमा हात हालेका हुन् । त्यस्तै उनले भर्जिन फ्युल नामक ऊर्जा कम्पनी खोल्ने योजना बनाएका छन्, जुन कम्पनीको लक्ष्य सस्तोमा इन्धन उपलब्ध गराउनु र तापक्रम वृद्धिको समस्याबाट पृथ्वीलाई जोगाउनु रहेको छ । उनले लेखक दीपक चोपडा, फिल्म निर्माता शेखर कपुर र उद्यमी शरद देवराजन तथा गोथम चोपडासँग मिलेर भर्जिन कमिक्स पनि चलाएका छन्, जसले एनिमेसन गरिएको चित्रयुक्त कथा प्रकाशित गरेर मनोरञ्जन दिन्छ ।
ब्रान्सनले विभिन्न कीर्तिमान पनि राखेका छन् । उनले सन् १९८५ मा एटलान्टिक महासागर डुंगाबाट सबैभन्दा छिटो पार गर्ने कीर्तिमान राखे भने त्यसको केही वर्ष पछि बेलुनबाट उक्त महासागर पार गरे । सन् १९९१ मा उनले बेलुनबाटै प्रशान्त महासागर पार गरे । उक्त बेलुनले प्रतिघन्टा ३९४ किलोमिटरको गतिमा प्रशान्त महासागरमाथि जापानदेखि क्यानडासम्मको १० हजार ८ सय किलोमिटर दूरी पार गरेर कीर्तिमान राखेको थियो । ब्रान्सनले व्यावसायिक सफलताका कारण दर्जनौं प्रतिष्ठित पुरस्कार र सम्मान पाएका छन् । कलाकारसमेत रहेका उनी हाल लन्डनमा बस्छन् । उनका श्रीमती र २ सन्तान छन् ।
स्रोत: एजेन्सी कान्तिपुर

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis