CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » क–कसलाई घरको न घाटको बनायो कान्तिपुरले ?

क–कसलाई घरको न घाटको बनायो कान्तिपुरले ?


Kantipurlogoकाठमाडौं, फागुन १२ – व्यावसायिक पत्रकारिता र डेमोक्रेसीको आइकन भएको दाबी गर्ने कान्तिपुर मिडियाका भित्री गतिविधिहरूको थप शृंखला फेरि फेला परेको छ । जति खोज्यो त्यति धेरै पाइने कान्तिपुरका गोप्यताहरू कति विघ्न तल्लो स्तरका र आपराधिक खालका छन् भन्ने कुरा समाचार पढेपछि तपाईंले थाहा पाउनुहुनेछ ।

श्री डिस्ट्रिलरीका मालिक मथुरा मास्केसँग डिलिङ

लगभग १० वर्षअघि नै नवलपरासीको अरुणखोलामा रहेको चर्चित मदिरा उद्योग श्री डिस्ट्रिलरीले ८० करोड रुपैयाँ राज्यलाई कर तिर्नुपर्ने देखियो । उसबेला अन्तशुल्क नतिरी मदिरा बिक्री–वितरण गरेको पाइएपछि कारबाही भयो । यसरी श्री डिस्ट्रिलरी बन्द भएको समाचारले त्यसबेला चर्चासमेत पाएको थियो । रक्सी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्ने तर उत्पादन नदेखाउने गरेपछि त्यसमाथि छानबिन गर्दा उक्त उद्योगले कर छली गरेको तथ्य सार्वजनिक भएको थियो । तर पछि, माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला कान्तिपुरले विशेष महŒव दिँदै एक शनिबारको अंकमा हिजोका अर्बपति आजका रोडपति भन्दै मथुरा मास्के र श्री डिस्ट्रिलरीको समाचार प्रकाशित ग¥यो । उक्त समाचारमा विगतमा मथुराले एमाले महासचिव रहेका बेला माधव नेपाललाई एउटा ल्यान्ड क्रुजर गाडी उपहार दिएको समेत उल्लेख गरेको थियो । आम पाठकलाई भने उक्त समाचारलाई आधार बनाएर मथुरालाई लुट्ने योजनाको हिस्साको रूपमा समाचार प्रकाशित भएकोबारे जानकारी हुने कुरा नै भएन । कुरा के थियो भने केही अघिदेखि नै कैलाशले मथुरालाई भेटेर आफूले उद्योग सञ्चालनको वातावरण बनाइदिने तर त्यसबापत उद्योगको ६० प्रतिशत हिस्सा दिनुपर्ने माग गरिरहेका थिए । ‘सबै नाश हुनुभन्दा बरु आधा नै नाश होस्’ भन्ने सोचेर कैलाशको माग दाबीमा सहमत बन्ने तर्खरमा रहेकै बेला कान्तिपुरमा समाचार छापियो । यसको उद्देश्य मथुरालाई दबाबमा राख्ने र माधवकुमार नेपाललाई सहयोगका लागि तयार बनाउने थियो । हातमा कान्तिपुर बोकेर कैलाश मथुरा निवास नक्साल पुगे र वातावरण बन्न लागेकाले मन्त्रीदेखि ब्युरोक्रेसीसम्मलाई मनाउन १० करोड खर्च गर्नुपर्ने भन्दै २ करोड रुपैयाँ मागे । लगभग ६ अर्बको सम्पत्ति फुकुवा हुन्छ भने लौन त भन्दै कैलाशको हातमा २ करोेड दिएका मथुराले त्यसयता कान्तिपुर टेलिभिजन पर्दामा बाहेक कैलाशलाई हेर्नसमेत नपाएको स्रोत बताउँछ । यसरी ‘मुर्दामाथि कात्रो’ थपेझैं भएर २ करोड एड्भान्स दिएको रकमको अत्तो न पत्तो भएपछि मथुरामा मात्र छट्पटाहट बढेको छैन ।

ल्हाक्र्याल लामा प्रकरण

larkel-lamaउता, ल्हाक्र्याल लामालाई उछितो काड्ने समाचार छापेझैं गरेर पनि कान्तिपुरले त्यस्तै ठगीको खेती गरेको थियो । नागरिकता र पासपोर्टसम्बन्धी मुद्दा निकै चर्को गरी उठाएर कैलाशले उनलाई दबाबमा राखे र पछि ५ करोड रुपैयाँमा सबै मुद्दा मिलाइदिने जिम्मा लिए । यसका सूत्रधारका रूपमा फोटो पत्रकारका रूपमा कान्तिपुरमा छिरेर क्राइम रिपोर्टर भएका केदार ओझा थिए । ओझाले एड्भान्सका रूपमा १ करोड रुपैयाँ ल्हाक्र्यालबाट लिए र त्यो कैलाशलाई दिए तर ल्हाक्र्यालको कुनै काम भएन । अन्ततः आफ्नो काम नभएकाले पैसा फिर्ता माग्दै उनी कैलाशको तीनकुने च्याम्बरमै पुगे । तर, कैलाशले उल्टै केको पैसा ? कहिलेको पैसा ? कस्तो पैसा ? भनेपछि उनी निराश भए । आफूले पैसा दिएको केदारलाई तर कैलाशले १ करोड पचाउन त्यसअघि नै कान्तिपुरबाट केदारलाई हटाएको थाहा पाएपछि भने उनी विकल्पहीन बनेका छन् ।
यसैबीच, कान्तिपुर मिडियाको तीनकुनेस्थित हेडक्वार्टरमा जनआह्वान, जनआस्था, र साँघुजस्ता चर्चित साप्ताहिक पत्रिका नल्याउनु भन्दै कैलाशले ठाडो आदेश दिएको पनि स्रोतले बताएको छ । स्मरण रहोस्, यी साप्ताहिकहरूले व्यावसायिकताको नाममा कान्तिपुरको ठगी धन्दा सार्वजनिक गर्दै आइरहेका छन् ।

साभार : अनलाईनग्रेटवे 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis