CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पारसलाई डिप्रेसन, हिमानी निरास

पारसलाई डिप्रेसन, हिमानी निरास


२९ माघ, काठमाण्डौं । थाइल्यान्डको बैंककमा एक्लो जीवन विताइरहेका पूर्वयुवराज पारस शाहलाई विस्तारै ‘डिप्रेसन’ले सताउन थालेको छ । तर पनि परिवारले पारसलाई काठमाण्डौं बोलाएको छैन् ।
भावी राजाको भूमिकाबाट बञ्चित पारस आफ्नै बुबाको राजनीतिक कदमबाट
असन्तुष्ट छन् । पहिलादेखि नै गाँजालगायतका लागु औषध सेवन गर्दै आएका उनलाई पछिल्लो समयमा परिवारबाटै पूरै एक्लिएपछि डिप्रेसनले सताउन थालेको उनका साथीहरुको भनाई छ । गाँजासहित समातिएपछि उनी थाइल्यान्डमा सुधारगृहको निगरानीमा छन् ।
९० केजीका पारस अहिले तौल घटेर ६५ केजी पुगेका छन् । उनमा छाएको निराशाको संकेत साथीहरुले ज्ञानेन्द्र र हिमालीलाई सुनाईसकेपनि कसैले फोन पनि गरेको छैन् ।
हिमानी पनि निराश
सार्वजनिक कार्यक्रममा सँधै हँसिली देखिने पूर्वयुवराज्ञी हिमानी यतिखेर निराश भएर निवासभित्रै सीमित भएकी छिन् । पति पूर्वयुवराज पारस गत बर्ष ११ भदौमा बैंक गएदेखि हिमानी एक्लो जीवन विताइरहेकी छन् ।
करिब ६ महिनायता हिमानी र पारसबीच फोनसम्पर्क समेत हुन छाडेको छ । हिमानील्े कसरी जीवन विताईरहेकी छिन्, उनको चाहाना के के छन्, पारसले मतलब गर्न छाडेको खबर नयाँ पत्रिकाले छापेको छ ।
अहिले हिमानी र पारस एक्ला एक्लै छन् । स्रोतका अनुसार पारसबिनाको एक्लो जीवन बिताउँदा हिमानी मानसिक रुपमा असन्तुष्ट छिन् ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis