अस्पताल भर्ना गरिएको बैंककमा रहेको स्रोतले स्वीकार गरे पनि मंगलबार रातिसम्म उनको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको
छैन । थाई महिला मित्र कन्निका चाइसान र केही नेपाली सहयोगीसहित पुरनताउँमा बस्दै आएका पारसलाई हृदयाघात भएपछि चाइसनले अस्पताल पुर्याएकी थिइन्।
थाइल्याण्डमा बस्दै आएका पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आफ्नी आमा कोमलको नेपालमा ६३ औं जन्म दिवस मनाइएको भोलिपल्ट पारसलाई थाइल्याण्डमा हृदयाघात भएको हो ।
नाजुक अवस्थामा अस्पताल पुर्याइएका पारसलाई आइसियुमा उपचार थालिए पनि सुधार नआएपछि सिसियु सारिएको छ। चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताउँदै परिवारका सदस्यलाई खबर गर्न आग्रह गरेपछि बैंककमा रहेका नेपालीले निर्मल निवासमा खबर गरेका छन्। स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानीलगायतको टोली बुधबार बैंकक जाँदैछ।
पुनका अनुसार सहयोगीले पारसलाई हृदयघात भएको जानकारी गराएलगत्तै गैरआवासीय नेपाली संघ, बैंककका पदाधिकारी सुनिल खड्कासहितका नेपाली अस्पताल पुगेका थिए।
'हामी अस्पताल पुग्दा आइसियुमा भर्ना गरिएको थियो,' पुनले नागरिकसँग भने, 'अवस्था नसुध्रिएपछि सिसियुमा सारिएको छ।'
स्रोतका अनुसार अस्पतालले उपचार सुरु गर्नुअगाडि एक लाख २५ हजार थाई भाट धरौटी मागेको थियो। तर, पारस र उनका सहयोगीसँग त्यत्रो रकम थिएन। त्यहीँ रहेका एक नेपाली बुधबार बिहान रकम जम्मा गरिदिने ग्यारेन्टी बसेपछि मात्र अस्पतालले उपचार अगाडि बढाएको थियो।
पारसलाई यसअघि पनि हृदयाघात भएको थियो। २०६४ भदौ २० मा पारसलाई 'माइल्ड हर्ट एट्याक्ट' भएको थियो। छातीमा पीडा भएपछि सुरुमा सैनिक अस्पताल र पछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ५० मिनेट लामो शल्यक्रियाबाट अवरुद्ध धमिनी खोल्न ब्यालुन एन्जिओप्लास्टी गरिएको थियो।
नेपालका केही टेलिभिजन च्यानलहरुले पारसलाई थाइल्याण्डको समिटीभेज अस्पतालमा भर्ना गरिएको र बुधबार पत्नी हिमानी बैंकक जान लागेको समाचार प्रसारण गरेका छन् ।
नेपालका केही टेलिभिजन च्यानलहरुले पारसलाई थाइल्याण्डको समिटीभेज अस्पतालमा भर्ना गरिएको र बुधबार पत्नी हिमानी बैंकक जान लागेको समाचार प्रसारण गरेका छन् ।
