CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » आफु बोल्ड सिन दिने अनि बहिनीको बोल्ड सिनप्रति चाहिं असन्तुष्ट

आफु बोल्ड सिन दिने अनि बहिनीको बोल्ड सिनप्रति चाहिं असन्तुष्ट

आफैं ग्ल्यामर सिन दिनमा माहिर बलिउड स्टार सैफ अलि खानले आफ्नी बहिनीको बोल्ड सिन प्रति भने असन्तुष्टी जनाएका छन् ।

सोहा अली खानले चलचित्र ‘साहब, बिबी और ग्यांग्स्टार रिटर्न्स’ मा इरफान खानसँग बोल्ड सिन दिएपछि दाजु सैफले आपत्ति
जनाएका हुन् ।
तिग्मांशु धुलियाद्वारा निर्मित यसै चलचित्रको पहिलो भाग ‘साहब, बिबी और ग्यांगस्टारमा’ धुलियाले माही गिललाई पनि बोल्ड सिनमा प्रस्तुत गरेका थिए र बोल्ड सिनका कारण
पनि त्यो चलचित्रले चर्चा पायो । अहिले त्यसकै सिक्वेलका रुपमा आएको ‘साहब, बिबी और ग्यांग्स्टार रिटर्नस’ मा पनि बोल्ड सिनका कारण सोहाले चर्चा पाउने भएकी छन् ।
प्राप्त जानकारी अनुसार तिग्मांशुले बुलेट राजा नामक चलचित्रको सुटिंगका बेला सैफलाई साहब, बिबी और ग्यांग्स्टार रिटर्न्सका केही सिन देखाएका थिए । जसमा आफ्नी बहिनीले इरफान खानसँग दिएको केही अन्तरंग दृश्यहरु उनलाई मन परेन ।
‘साहब, बिबी और ग्यांग्स्टार रिटर्न्स’ मा जिमी शेरगिल, माही गिल, इरफान र सोहा प्रमुख भूमिकामा देखिने छन् । यो चलचित्र ८ मार्चमा रिलिज हुँदैछ ।

एजेन्सी
- हिमाल खबर 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis