CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पारसको अवस्था अत्यन्तै नाजुक, पेटमा रक्तश्राव

पारसको अवस्था अत्यन्तै नाजुक, पेटमा रक्तश्राव


paras shah१२ फागुन, काठमाडौं । हृदयघातपछि चार दिनदेखि उपचाररत पूर्व युवराज पारस शाहको आन्तरिक रक्तश्राव भएपछि अवस्था थप जटिल बनेको छ।  बैंककस्थित अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारसको अवस्था अन्त्यन्तै गम्भीर बनेको डाक्टरहरुले जनाएका छन् । शाहको पेटमा रक्तश्राव भएको छ र उनको पेटको
इन्डोस्कोपी गरिएको छ ।
शाहको उपचार भइरहेको समितिभेज अस्पतालले शनिबार बेलुका दोस्रोपटक प्रेस विज्ञिप्त जारी गरेर पारसको अवस्था अत्यन्त गम्भीर बनेको बताएको हो ।
चारजना डाक्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ-’उनको स्वास्थ्य अवस्था धेरै गम्भीर बनेको छ ।’ अस्स्पतालले शनिबार बिहान जारी गरेको पहिलो वक्तव्यमा भने उनको स्वास्थावस्था गम्भीर तर स्थिर रहेको जनाइएको थियो ।


उपचाररत समितिभेज अस्पतालका अनुसार उनको पेटबाट रक्तश्राव भएको हो। उनको इन्डोस्कोपी गरी आवश्यक उपचार प्रक्रिया जारी रहेको अस्तालले जनाएको छ। अस्पतालका अनुसार उनको अवस्था अत्यन्त नाजुक छ। करिब दुई वर्षदेर्खि बैंककमा रहेका पारसलाई चार दिन अगाडि हृदयघात भएको थियो। अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि सीसीयुमा राखेर उपचार भइरहेको छ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis