वरुणको सम्बन्ध विस्तारै दोस्ती हुँदै प्रेममा परिणत
हुँदै गएको बताइन्छ। हिजोआज यो जोडी इभेन्ट, पार्टी लगायतका विभिन्न अवसरमा एकसाथ देखिन्छन् भने उनीहरु एकअर्कासँग निकै सहज रुपमा प्रस्तुत भएका देखिन्छन्।
'स्टुडेण्ड अफ द इयर' को निर्माणको क्रममा वरुणको अरु कोही प्रेमीका रहेको भन्नेहल्ला
पनि नचलेको होइन तर त्यो हल्लामै सीमित भयो। 'स्टुडेण्ट अफ द इयर' सँगै फिल्मका मुख्य तीन कलाकार पनि उत्तिकै सफल हुन पुगे। नव कलाकार हुँदाहुँदै उनीहरुको काम दर्शकले खुब मन पराए भने 'बिग ब्यानर' समेत उनीहरुतर्फ आकिर्षत भए। त्यसैले त अहिले आलिया, वरुण अनि सिद्धार्थ, तीनै जना आफ्नो तेस्रो फिल्मको तयारमिा व्यस्त छन्। सिद्धार्थ मल्होत्रा पनि आलिया र वरुणको कोस्टार हुन्। 'स्टुडेण्ड अपफ द इयर' मा सिद्धार्थको अभियन झन् मन पराइएको थियो।
पहिलो फिल्मको सफलता पछि आलियाले 'टु स्टेट्स' र 'हाइवे' साइन गरेकी छिन्। ती दुई फिल्महरुले उनको करिअरलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ भने वरुणले 'चस्मे बद्धु' र 'मे तेरा हिरो' साइन गरिसककेका छन्। उता सिद्धार्थले पनि यशराज फिल्मसकको 'हँसी तो फसी' र एकता कपुरको 'भिलेन' साइन गरेका छन्। आशा गरौं एकसाथ करिअर शुरु गरेका यी तीन कलाकार सबैले सफलताको यात्रा गर्न पाउने छन् भने पहिलो फिल्मको सेटबाट सुरु भएको आलिया र वरुणको 'लभस्टोरी' प्याकअप हुन नपाओस् | एजेन्सी।
