निर्देशक बेन एफ्लेकद्वारा निर्देशित फिल्म ‘अर्गो’ सन् २०१३ को ओस्कारमा बेस्ट फिल्म घोषित भएको छ ।८५ औं ओस्कार अवार्ड समारोहमा सर्वश्रेष्ठ अभिनेता ड्यानियल डे लुइस र जेनिफर लरेन्सले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार हात पारे ।
ड्यानियलको यो तेस्रो बेस्ट एक्टर अवार्ड हो
भने २२ वर्षीया जेनिफरको पहिलो । जेनिफरले ‘सिल्भर लाइनिङ प्लेबुक’का लागि
यो अवार्ड हात पारेकी हुन् । त्यसैगरी स्टेभेन स्पिलबर्गको फिल्म ‘लिंकन’ का लागि ड्यानियलले बेष्ट एक्टर घोषित भएका हुन् ।भने २२ वर्षीया जेनिफरको पहिलो । जेनिफरले ‘सिल्भर लाइनिङ प्लेबुक’का लागि
त्यसैगरी क्रिस्टोफर वाल्ट्जले ज्याङ्गो अनचेन्डका लागि सर्वश्रेष्ठ सह अभिनेताको पुरस्कार पाए भने सर्वश्रेष्ठ सह अभिनेतृ ‘लेस् मिजरेबल’की एन्नी हाथवेले प्राप्त गरिन् ।
फिल्म ‘लाइफ अफ पाइ’का लागि आंग लीले सर्वश्रेष्ठ निर्देशकको अवार्ड जिते । भारतीय कलाकारहरु संलग्न चर्चित फिल्म ‘लाइफ अफ् पाइ’ले सिनेमेटोग्राफी र भिजुअल इफेक्ट समेत गरी तीनवटा ओस्कार हात पारेको छ ।
त्यसैगरी विदेशी भाषामा निर्मित सर्वश्रेष्ठ फिल्मको अवार्ड अस्ट्रियाको फिल्म ‘अमोर’लाई दिइएको छ ।
सोमबार , १४ फागुन २०६९ १:०१ पम
साभार ;सञ्जीव शर्मा, हिमाल खबर