केदार थपलिया, ४३, हेर्दा पाकेटमारजस्ता
पटक्कै थिएनन्। अधबैँसै र भद्र व्यक्तित्व। गफ गर्दै जाँदा उनी बारम्बार आफू पूर्ण रूपमा सुधि्रने दोहोर्याउँथे। उनले यस्तो कसम धेरैपटक खाइसकेका रहेछन्। नाम चलेका पत्रकार, प्रहरी, सेनाका व्यक्तिहरू आफ्नो नातेदार रहेछन् उनका। सोधियो, सम्पन्न परिवारको मान्छे किन पाकेट मार्दै हिँडेको त? "मति बिगि्रएर," उनले भने, "सबैले हेलाँ गरेकाले चटक्क छाड्न सकेको छैन।" लाग्थ्यो, उनी आफन्त र समाजका कारण पाकेटमार बनेका हुन्। १२ वर्षमा खोलो त फर्किन्छ भन्छन् भने पाकेटमार सुधि्रँदैन कसरी भन्नू ? - नेपाल
