CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एनसेलको केन्द्रीय कार्यालयमा मोहन वैद्य पक्षका मजदुरहरुको तोडफोड

एनसेलको केन्द्रीय कार्यालयमा मोहन वैद्य पक्षका मजदुरहरुको तोडफोड

६ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एनसेलको कार्यालयमा मोहन वैद्य पक्षका मजदुर कार्यकर्ताहरुले आक्रमण गरेका छन् । आक्रमणबाट कार्यालयका सिसा फुटेका छन् । 
ncell-todfodमोहन वैद्यपक्षीय अखिल नेपाल टे्रड युनियन महासंख र अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरुले मंगलबार दिउँसो कार्यालयमा आक्रमण गरी तोडफोड गरेका हुन् । करिब ३०/३५ जनाको संख्यामा कार्यालय अगाडि भेला भएका
वैद्य निकट मजदुरहरुले कार्यलयमा आक्रमण गरेका थिए ।प्रदर्शनकारीले कार्यालकभित्र पसेर कम्युटर, एनसेल डिभाइस र एफटीबी समेत तोडफोड गरेका छन् ।
आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरिहरेका बेला प्रहरीले हस्तक्षेप गर्दा आक्रोशित कार्यकर्ता तोडफेडमा उत्रिएको छापाखाना मजदुर नेता जन्मदेब जैसीले अनलाइनखबरलाई बताए । ‘हामी शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौं, प्रहरीले लाठी प्रहार गरेपछि यस्तो भयो ।’ जैसीले भने । एनसेलले ८७ जना कामदारहरुलाई नियमविपरीत सेवाबाट हटाएपछि व्यवस्थापनविरुद्ध आन्दोलन गरिएको उनले बताए । तोडफोडपछि कार्यकर्ताहरु भागेको र टीका थापालगायत केही कार्यकर्तालाई प्रहरीले पक्राऊ गरेको उनले बताए । घटनापछि कृष्णटावरअगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ । साभार - अन्लाईन खाबर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis