CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नोटको सट्टा पानी झार्ने ‘एटिएम’

नोटको सट्टा पानी झार्ने ‘एटिएम’

Sundhara logoदुई दशकअघिसम्म पनि ‘पानी बेच्ने’ कुरा असंभव लाग्थ्यो हामीलाई। धत्, पानी पनि बेच्छन्? कसले किन्छ ? यस्तै सोच्थे मानिसहरु। धार्मिक कारणले पनि पानी बेच्न हुन्न, प्यास लागेकालाई सित्तैमा दिनुपर्छ भन्ने मान्यता थियो शायद्। तर यो बीचमा जनसंख्या यति धेरै बढ्यो सहरहरुमा कि पानीको आपूर्ति पर्याप्त हुनै सकेन। अनि सुरु भयो प्लास्टिकका
बोतलमा पानी बेच्ने काम। एक बोतलको १५ रुपियाँ भए पनि मानिसले किनेरै खाए। अहिले त जारको पानी झन् सस्तो छ। ५/६ रुपियाँमा पाइने, १५ रुपियाँमा बेच्न पाइने भएपछि बेच्नेहरु पनि दङ। 
Sundhara-Concept
निजी ब्याङ्कहरुको बढ्दो संख्यासँगै काठमाडौँ उपत्यकामा एटिएमको संख्या बढ्दो छ। तर यहाँ भेन्डिङ मेसिन अर्थात् सिक्का खसालेपछि सामान खस्ने मेसिनहरु भने खासै प्रयोगमा आउन सकेको देखिएको छैन। यस्तै कुनै ‘एटिएम’ मा पैसा तिरेपछि शुद्ध पानी आउने स्थिति बन्यो भने कसो होला त ?
एउटा समूह काठमाडौँ उपत्यकामा त्यही प्रयोग गर्न खोज्दैछ। उनीहरुको योजना छ- काठमाडौँका मुख्य मुख्य स्थानमा यस्तो मेसिन राख्ने। लोडसेडिङको कुरा पनि छ। त्यसैले उनीहरु यसलाई सोलार पावर बनाउने योजनामा छन्।
त्यसमा सिक्का घुसाउनुको साटो मोबाइल पेमेन्ट सिस्टम उपयोग गर्ने उनीहरुको योजना छ। एसएमएस पठाएर पैसा तिर्ने अनि एटिएमबाट पानी लिने। यसका लागि स्मार्टफोन एप्सहरु पनि बनाइनेछ।
स्टार्टअप परियोजनाहरु राखिने F6S मा अहिले यसको परिचय राखिएको छ। एलेन बैलोचन तुलाधर, नैरिशा श्रेष्ठ र सोनिका मानन्धरलाई टिम सदस्यका रुपमा चिनाइएको छ। तुलाधर माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालका कन्ट्री डाइरेक्टर हुन्। यो परियोजनाका लागि माइक्रोसफ्टको समेत सहयोग जुटाउने प्रयास उनीहरुले गरिरहेका छन्।
पानी शुद्ध कसरी पारिन्छ र प्लास्टिकको बोतलको साटो कसरी पानी वितरण गरिन्छ भन्ने चाहिँ परिचयमा खुलाइएको छैन।
तपाईँलाई के लाग्छ, के यो परियोजना काठमाडौँवासीका लागि उपयुक्त होला ?
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis