टोलीलाई अन्तिम समयमा विजयी गोल गरेपछि उनले मैदानभित्रै नाजी
शैलीमा दर्शकलाई अभिवादन गरे । तर, गि्रस फुटबल संघलाई जियोर्गोसको शैली पटक्कै मन परेन । जसकारण संघले उनलाई राष्ट्रिय टोलीमा आजीवन प्रतिबन्ध निर्णय सुनाइयो ।
यू-१९ टोलीका कप्तानसमेत रहेका २० वर्षीय जियोर्गोस मिडिफिल्डर हुन् । गि्रसको फुटबल संघले जियोर्गोसले नाजीको अत्याचारबाट सिकार भएका व्यक्तिलाई पीडित बनाएको निर्णय सुनाएको छ । 'उनको शैलीले नाजीबाट सिकार व्यक्तिहरूको अपमान भएको छ,' संघले जारी गरेको स्टेटमेन्टमा छ ।
यता, जियोर्गोसले नाजी शैलीमा अभिवादन नगरेको दाबी गरेका छन् । आफूलाई नाजी शैली कस्तो हो भन्ने थाहा नभएको उनले बताए । संघको निर्णयबाट स्तब्ध भएका जियोर्गोसले भने, 'म कुनै फाँसीवादी मानिस हैन, मलाई यसको अर्थ थाहा छैन, यदि थाहा भएको भए, यस्तो काम गर्ने थिइनँ ।'
जितको खुसी मनाउन आफू केवल दर्शकदीर्घामा रहेका साथीलाई इसारा गर्न हात उठाएको उनको दाबी छ । 'दर्शकदीर्घामा केही साथी थिए, उनीहरूलाई गोलको खुसी बाँड्न हात उठाएर इसारा मात्र गरेको हुँ,' उनले भने । एइकेका प्रशिक्षक इवाल्ड लिनेनले मिडफिल्डर जियोर्गोसको समर्थन गरेका छन् । प्रशिक्षक लिनेनले भने, 'जियोर्गोस एक युवक हुन, उनलाई राजनीतिसम्बन्धी ज्ञानै छैन ।
